समाचार

देश र जनतालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त

देश र जनतालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त

मकवानपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा उम्मेदवारी दिएका एक नेताले आफ्नो राजनीतिक प्राथमिकता देश र जनता रहेको बताएका छन्। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र ९ मा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर राजनीति गर्ने अडान दोहोर्‍याए। “पहिलो प्राथमिकता देश र जनता हुन्, त्यसपछि मात्रै पार्टी,” भन्ने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो। उक्त अवसरमा जनविश्वास कायम राख्ने गरी इमानदार, उत्तरदायी र विकासमुखी राजनीति अघि बढाउने प्रतिबद्धता जनाइएको छ। क्षेत्रको समग्र विकासका लागि दृढतापूर्वक काम गर्ने बताइएको थियो। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका पदाधिकारी, महिला संगठनका प्रतिनिधि…
Read More
हेटौंडामा संकास्पद वस्तु फेला, सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय

हेटौंडामा संकास्पद वस्तु फेला, सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय

मकवानपुर — मकवानपुर जिल्लामा आज बिहान एक संकास्पद वस्तु फेला परेपछि केही समय क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीस्थित धरान–चतरा सडकखण्डको बीच भागमा सेतो कपडाले बेरिएको र बाहिर ‘खतरा’ लेखिएको वस्तु भेटिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५:१५ बजे अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले नियमित गस्तीका क्रममा उक्त वस्तु देखेपछि तत्काल सतर्कता अपनाएको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाली सेनासँग समन्वय गरी बम डिस्पोजल टोली घटनास्थलमा बोलाइएको थियो। सेनाको टोली बिहान ८:१० बजे घटनास्थलमा पुगेर संकास्पद वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय बनाएको प्रहरीले जनाएको छ। घटनापछि केही समय सडक क्षेत्रमा आवागमनमा सावधानी…
Read More
भूमि अधिकार मञ्च मकवानपुरद्वारा उम्मेदवार विष्टलाई लालपुर्जा नपाएको भन्दै ध्यानाकर्षण पत्र

भूमि अधिकार मञ्च मकवानपुरद्वारा उम्मेदवार विष्टलाई लालपुर्जा नपाएको भन्दै ध्यानाकर्षण पत्र

हेटौंडा । हेटौंडा उगमहानगरपालिका ११ स्थित मकवानपुर जिल्ला भूमि अधिकार मञ्चले नेकपाका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लवशेर बिष्टलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा अहिलेसम्म नापी नगरेर समस्या खडा गर्दै हालसम्मका सरकारले गरिबहरूमाथि थिचोमिचो गर्दै आएकोले अब बन्ने सरकारले हेटौंडावासीको समस्या समाधान गर्न पहल गरून् भनेर मकवानपुर जिल्ला भूमि अधिकार मञ्च का सदस्य विकास तितुङले ध्यानाकर्षण पत्र बुझाएका हुन् । मञ्चले बुझाएको भूमि सम्बन्धी ध्यानाकर्षण पत्रलाई आत्मसात गर्दै उम्मेदवार बिष्टले आफूले जितेर गएपछि सिमलटार लगाएतको भूमि सम्बन्धी समस्यालाई पहिलो…
Read More
मन्त्रीमण्डलमाथि ‘रास्वपा कब्जा’को आरोप

मन्त्रीमण्डलमाथि ‘रास्वपा कब्जा’को आरोप

हेटौँडा — नेत्रबिक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको मन्त्रीमण्डलमाथि गम्भीर आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभावमा सरकार चलेको दाबी गर्नुभएको छ। हेटौँडामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेत्रबिक्रम चन्द ले मन्त्रीमण्डलमा एनजिओ पृष्ठभूमिका व्यक्तिहरूको बाहुल्य रहेको र ती व्यक्तिहरू रास्वपाको हित अनुकूल क्रियाशील रहेको आरोप लगाउनुभयो। आफ्नै अनुकूल नियम–कानुन निर्माण गरी मन्त्री पदबाट राजीनामा दिएर रास्वपाबाट चुनाव लड्ने वातावरण बनाइएको उहाँको टिप्पणी थियो। उहाँले हालका मन्त्रीहरू निष्पक्ष नभएको र आगामी चुनावमा रास्वपालाई सहयोग गर्ने उद्देश्यले सक्रिय रहेको दाबी गर्नुभयो। वर्तमान सरकारले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन नसक्ने जिकिर गर्दै उहाँले चुनाव गराउने वैधानिक आधार र अधिकारसमेत सरकारसँग नरहेको…
Read More
बालक विरुद्ध हुने यौन हिंसाबारे प्रदेशस्तरीय छलफल सम्पन्न

बालक विरुद्ध हुने यौन हिंसाबारे प्रदेशस्तरीय छलफल सम्पन्न

हेटौँडा । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित बालक विरुद्ध हुने यौन हिंसा, विद्यमान कानुनी प्रावधान र रोकथाम सम्बन्धी बागमती प्रदेशस्तरीय छलफल कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ। द भोइस अफ चिल्ड्रेन र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा र OAK Foundation र Family for Every Child को सहयोगमा आयोजित कार्यक्रममा बालअधिकार सुनिश्चितताका लागि बाल न्याय प्रवर्द्धनमा बागमती प्रदेशमा भइरहेका प्रयास र विद्यमान चुनौतीबारे छलफल गरिएको थियो। कार्यक्रममा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले बालअधिकार सुनिश्चितताका लागी बाल न्याय प्रवर्धनमा बागमती प्रदेशमा भईरहेको प्रयास र चुनौतीहरु प्रस्तुतीकरण दिनुभयो । यस्तै, बालअधिकार समिति बागमती प्रदेशका सदस्य प्रकाश खतिवडाले बागमती प्रदेशमा बाल…
Read More
मकवानपुरमा नारायण देउलासहित नेस्वमयु र ANTUF सम्बद्ध नेताहरू नेकपामा प्रवेश

मकवानपुरमा नारायण देउलासहित नेस्वमयु र ANTUF सम्बद्ध नेताहरू नेकपामा प्रवेश

हेटौँडा । मकवानपुरमा एमाले निकट मजदुर संगठन नेस्वमयु मकवानपुरका संस्थापक अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) का केन्द्रीय उपाध्यक्ष भइसकेका नारायण देउलासहित बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसिकला विश्वकर्मा, गंगा विश्वकर्मा, ममता नेपाली, सोममाया लामा र मनिता कार्की नेकपामा प्रवेश गरेका छन्। उनीहरूलाई आयोजित एक कार्यक्रममा नेकपाका केन्द्रिय तथा जिल्ला तहका नेताहरूले पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले नेकपाको नीति, सिद्धान्त र नेतृत्वबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको बताएका छन्। कार्यक्रममा नेकपा मकवानपुरका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीको संगठन मजबुत बनाउन सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै श्रमिक वर्ग, महिला तथा युवाहरूको हकहितका लागि पार्टीले निरन्तर संघर्ष गर्दै…
Read More
लालपुर्जा नपाएको भन्दै मनहरीमा उम्मेदवारलाई ध्यानाकर्षण पत्र

लालपुर्जा नपाएको भन्दै मनहरीमा उम्मेदवारलाई ध्यानाकर्षण पत्र

हेटौंडा/मनहरी गाउँपालिकास्थित भूमि अधिकार मञ्चले नेकपा (मकवानपुर क्षेत्र नम्बर २) का प्रतिनिधिसभा उम्मेदवार लवशेर बिष्टलाई लालपुर्जा नपाएको विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ। पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा बफर जोन तथा आरक्षण क्षेत्रभित्र पर्ने भन्दै हालसम्म नापी नभएको र त्यसका कारण समस्या उत्पन्न भएको मञ्चले जनाएको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान हुन नसकेको भन्दै हालसम्मका सरकारले गरिबमाथि थिचोमिचो गरेको आरोप पनि मञ्चले लगाएको छ। अब बन्ने सरकारले मनहरीवासीको समस्या समाधानका लागि पहल गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएको मनहरी गाउँपालिका मञ्चका अध्यक्ष सूर्यबहादुर सापकोटाले जानकारी दिए। मञ्चले बुझाएको भूमि सम्बन्धी ध्यानाकर्षण पत्रलाई आत्मसात गर्दै उम्मेदवार बिष्टले आफू…
Read More
एमाले त्यागेर कान्छालाल वाइबा नेकपामा प्रवेश

एमाले त्यागेर कान्छालाल वाइबा नेकपामा प्रवेश

बकैया । मकवानपुरको बकैया गाउँपालिका–१ मा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। मकवानपुर क्षेत्र नम्बर–१ केन्द्रित चुनावी अभियानअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमकै अवसरमा २०४६ सालदेखि नेकपा एमालेमा सक्रिय रहँदै आएका कान्छालाल वाइबाले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। आयोजकका अनुसार सोही दिन गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियानसमेत सञ्चालन गरिएको थियो। कार्यक्रममा बोल्दै नेकपाका उम्मेदवार विजय गौतमले मकवानपुरको पूर्वी क्षेत्रमा अव्यवस्थित बसोबास तथा लालपुर्जासम्बन्धी समस्या जटिल रूपमा रहेको बताए। भूमिहीन दलित तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि लालपुर्जा वितरण प्रक्रिया अघि बढे पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको…
Read More
बकैयाको भमरा र खोबिल्टोमा नेकपाको चुनावी अभियान तीव्र

बकैयाको भमरा र खोबिल्टोमा नेकपाको चुनावी अभियान तीव्र

बकैया । मकवानपुरको बकैया गाउँपालिका–२ धियाल भमरामा नेकपाले अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरेको छ। जिल्ला क्षेत्र नम्बर–१ केन्द्रित चुनावी अभियानअन्तर्गत आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमसँगै गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई पनि तीव्रता दिइएको पार्टीले जनाएको छ। घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीले आफ्ना नीति, कार्यक्रम र चुनावी एजेन्डा प्रस्तुत गरिरहेको छ। भेलामा सहभागी नेताहरूले यस क्षेत्रको विकास, स्थानीय अधिकार, अव्यवस्थित बसोबासको व्यवस्थापन, धार्मिक तथा सामाजिक संरचनाको संरक्षण, खेलमैदान निर्माण र सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले निर्वाचनलाई स्थानीय मुद्दा र जनअधिकारसँग जोडिएको राजनीतिक अवसरका रूपमा…
Read More
सिवीनद्वारा हेटौंडा–११ का विपन्न परिवारलाई खाद्यान्न सहयोग

सिवीनद्वारा हेटौंडा–११ का विपन्न परिवारलाई खाद्यान्न सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडास्थित सिवीन बाल हेल्पलाइन संस्थाले विपन्न बालबालिकाका परिवारलाई खाद्यान्न सहयोग गरेको छ। सिवीनले हेटौंडा–११ का तीन विपन्न परिवारलाई वडा कार्यालयमा पुगेर खाद्यान्न सहयोग गरेको हो। संस्थाले सजिना रुम्बा, रचिता बजगाईं र गौरव पुडासैनीका परिवारलाई एक महिनाका लागि पुग्ने चामल, दाल, तेल, नुन, चना, केराउ, नुहाउने साबुनलगायतका सामग्री उपलब्ध गराएको सिवीनकी सामाजिक परिचालिका पलिना अर्यालले जानकारी दिइन्। उक्त खाद्यान्न वडा अध्यक्ष जुना दाहाल र वडा सदस्य गोपिनी सापकोटाको हातबाट वितरण गरिएको थियो। सिवीन बाल हेल्पलाइनले हेटौंडा–११ का १० जना बालबालिकालाई संरक्षणमा राखी उनीहरूको पठनपाठन खर्च व्यहोर्दै आएको छ। साथै, अभिभावकलाई आयआर्जनमूलक सहयोग र समस्या परेका अतिविपन्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.