समाचार

हेटौँडाका ८ वडामा कानुनी शिक्षा अनुशिक्षण सम्पन्न

हेटौँडाका ८ वडामा कानुनी शिक्षा अनुशिक्षण सम्पन्न

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा उपमहानगरपालिकाको ८ वडाहरुमा स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोग एवं समन्वयमा विभिन्न वडाहरुमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत बिहिवार हेटौंडा ८ नम्बर वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, टोल विकास…
Read More
हेटौंडा-९ मा समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम

हेटौंडा-९ मा समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा-९ नं वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायीक समितीको सहयोगमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नं वडा अध्यक्ष सुकराम केसी, न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, ९ नं वडा सदस्य कमला पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका, उपाध्यक्ष…
Read More
नेपाल तामाङ संघ मकवानपुरको अधिवेशन पुस २६ गते हेटौंडामा हुने

नेपाल तामाङ संघ मकवानपुरको अधिवेशन पुस २६ गते हेटौंडामा हुने

मकवानपुर । नेपाली काँग्रेसको जातीय भातृ संगठन नेपाल तामाङ संघ मकवानपुरको अधिवेशनको तयारी पूरा भएको छ । यही पुष २६ गते हेटौंडामा हुने संघको दोस्रो अधिवेशनको तयारी पूरा भएको हो । संघले पुष ६ मा अधिवेशनको तयारी बारे छलफलका लागि बैठक बसेर अधिवेशन मिति तय गरेको थियो । हेटौंडा–१३ पदमपोखरी पार्टी प्यालेसमा हुने अधिवेशनमा जिल्लाको १० वटै स्थानीय तहका नेता तथा कार्यकर्ता सहभागी रहने संघका हेटौंडा उपमहानगरपालिका नगर समिती सभापति रोशन गोले तामाङले जानकारी दिए । उनका अनुसार, अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिने छ। बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा बागमती…
Read More
हेटौँडामा संचारकर्मीलाई सम्मान

हेटौँडामा संचारकर्मीलाई सम्मान

मकवानपुर । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको ११ औं वार्षिक साधारणसभामा संचारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ।सहकारी संघको मंगलबार सम्पन्न ११ औं वार्षिक साधारण सभा मार्फत संचारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको हो। सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा रिद्धिसिद्धी सिमेन्ट प्रालि, सर्वोत्तम सञ्चिति बचत तथा ऋण सहकारी संस्था, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, किसान कल्याण बहुउद्देश्यीय संस्था, जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई सम्मान गरिएको हो। त्यसैगरी सरकारीको गतिविधिलाई संचारमाध्यम मार्फत जनतामाझ पुर्याउन सहयोग गरेको भन्दै पत्रकार सुनिल शिवाकोटी नगद सहित दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो। त्यसैगरी नियमित…
Read More
हेटौँडामा समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न

हेटौँडामा समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४ र ५ नम्बर वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नं वडा अध्यक्ष सुशील घिमिरे न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, ५ नम्बर वडा सदस्यहरु रन्जिता सिलवाल र रामबहादुर राई,…
Read More
हेटौँडाका सामुदायिक विद्यालयमा इन्द्रसरोवरबाट शैक्षिक भ्रमण

हेटौँडाका सामुदायिक विद्यालयमा इन्द्रसरोवरबाट शैक्षिक भ्रमण

मकवानपुर । हेटौंडा -४ मा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालयको इन्द्रसरोवर गाउँपालिकाको प्रध्यानध्यापक तथा शिक्षा शाखाको टिमले भ्रमण गरेका छन । इन्द्रसरोवर गाउँपालिका सातवटा सामुदायिक बिद्यालयका प्रअ र शिक्षा शाखाका कर्मचारीले हेटौंडाका चारवटा सामुदायिक बिद्यालयकाे अध्ययन अवलोकन तथा भ्रमण गरेका हुन । यहाँको सामुदायिक बिद्यालयमा भएका असल अभ्यास, शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक भ्रमण गरिएको इन्द्रसरोवर-१ मार्खु स्थित सरस्वती वालबोधिनी माविका रामशरण दाहालले जानकारी दिए । भ्रमण टोलीले हेटौंडा ४ मा रहेको भुटनदेवि मावि, हटिया १६ मा रहेको जनप्रिय मावि, हेटौंडा ९ पशुपतिनगरमा रहेको प्रगति मावि र हेटौंडा ५ पिप्लेमा रहेको बाल ज्योति माविको अध्ययन अवलोकन गरेका हुन । भ्रमण…
Read More
प्रदेशले गरेका कामहरुको स्वमुल्याङ्कन गर्न जोड

प्रदेशले गरेका कामहरुको स्वमुल्याङ्कन गर्न जोड

हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिगत र चालु बर्षमा गरेका कामहरूको स्वमुल्याङ्कन हुनु आवश्यक रहेको बताउनु भएको छ । उपलब्धी बस्तुगतरूपमा मापन गर्न सकियो भने त्यो उच्चतम हुने बताउनुहुँदै आफूले सम्पादन गरेका कार्यहरू गर्व गर्न लायक होस भनेर लागिपर्न उहाँले प्रेरित गर्नुभयो । सोमबार काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । संविधानको धारा २२० अनुसार गठन हुने जिल्ला समन्वय समितिले राज्यका तीनै तहसङ्ग समन्वयकारी भूमिका खेल्ने जिम्मेवारी दिएको उल्लेख गर्नुहुदै देवकोटाले विकास निर्माण अनुगमन, संयोजन, प्रकोप तथा विपत व्यवस्थापन समन्वय, सल्लाह, सुझाव, निर्देशनजस्ता अहम् भूमिका जिल्ला समन्वय समितिको रहेको…
Read More
हेटौँडामा भूकम्पको झट्का, हेटौँडावासीमा त्रास

हेटौँडामा भूकम्पको झट्का, हेटौँडावासीमा त्रास

मकवानपुर । हेटौँडामा बिहान ठूलो भूकम्पको धक्का महसुस गरिएको छ। बिहान करिब ६ बजेर ५७ मिनेटमा हेटौँडामा ठूलो भूकम्पको धक्का महसुस भएको हो। भूकम्प २५ देखि ३० सेकेण्डसम्म महसुस भएको छ। भूकम्पको धक्का महसुस भएसँगै हेटौँडावासीहरु घरबाहिर सडकमा निस्किएका थिए । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु पनि क्याम्पसबाहिर खुला चौरमा निस्किएको सहप्राध्यापक सुरेश श्रेष्ठले जानकारी दिएका छन् । भूकम्पको मापनको सन्दर्भमा थप विवरण आउन बाँकी छ।
Read More
बकैया कप फुटबल प्रतियोगिताको तयारी पुरा

बकैया कप फुटबल प्रतियोगिताको तयारी पुरा

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पर्सि बुधबारदेखि सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले जानकारी दिए । बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन हुने प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा सिनियरतर्फको वडा नम्बर ३ र ७ बिच प्रतिस्पर्धा हुने भएको छ । उद्घाटन खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दोस्रो दिन २५ गते वडा नम्बर ४ र १० बीच तथा वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै २७ गते वडा नम्बर…
Read More
नेकपा (माओवादी केन्द्र) भिमफेदीको अध्यक्षमा बद्रीबहादुर स्याङ्तान

नेकपा (माओवादी केन्द्र) भिमफेदीको अध्यक्षमा बद्रीबहादुर स्याङ्तान

मकवानपुर । नेकपा (माओवादी केन्द्र) भिमफेदीको अध्यक्षमा बद्रीबहादुर स्याङ्तान चयन भएका छन् । केन्द्रको तेस्रो अधिवेशनबाट स्याङ्तानको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा प्रितिलाल लामा (मान बाहादुर) , दिपक गोले र आत्माराम मुक्तान चयन भएका छन् । त्यस्तै सचिवमा.अमृत बल, सहसचिवमा बुद्धमान बैजु, रामेश्वर थिङ र धावा थोकर चयन भएका छन् । कमिटिको कोषाध्यक्ष .सुमित्रा कार्की लामा चयन भएको भिमफेदीबाट स्थानीय अमृत बलले जानकारी दिएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.