मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४ र ५ नम्बर वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नं वडा अध्यक्ष सुशील घिमिरे न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, ५ नम्बर वडा सदस्यहरु रन्जिता सिलवाल र रामबहादुर राई, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष शान्ति श्रेष्ठ, महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सदस्यहरु सुरेश लामिछाने, ज्ञानेन्द्र देवकोटा, पदम बहादुर बजगाइ, उर्मिला राना, सुमित्रा पान्डे, सरस्वती दाहाल, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ४ नम्बर वडा समन्वय समितीका अध्यक्ष राजेन्द्र बस्ताकोटी, ५ नम्बर वडा समन्वय समितीका अध्यक्ष टीका बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत सुजन तिमल्सिना, अधिवक्ता शिव बन्जारा र पार्वती बिकले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रममा हेटौंडा ४ र ५ नम्बर वडाका ७० जनाको सहभागीता रहेको थियो । कार्यक्रम नगर भरीका सबै वडाहरूमा संचालन गरीने नगर समन्वय समितीका महासचिव शिवहरि दाहालले जानकारी दिनुभयो ।