मकवानपुर । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको ११ औं वार्षिक साधारणसभामा संचारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ।सहकारी संघको मंगलबार सम्पन्न ११ औं वार्षिक साधारण सभा मार्फत संचारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको हो।
सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा रिद्धिसिद्धी सिमेन्ट प्रालि, सर्वोत्तम सञ्चिति बचत तथा ऋण सहकारी संस्था, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, किसान कल्याण बहुउद्देश्यीय संस्था, जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई सम्मान गरिएको हो।
त्यसैगरी सरकारीको गतिविधिलाई संचारमाध्यम मार्फत जनतामाझ पुर्याउन सहयोग गरेको भन्दै पत्रकार सुनिल शिवाकोटी नगद सहित दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो। त्यसैगरी नियमित बचतकर्तातर्फ राजदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था र उत्कृष्ट सहकारीतर्फ पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई प्रशंसा पत्र र दोसल्लाका साथ सम्मान गरिएको थियोे। सभामा अध्यक्ष न्यौपानेले सङ्घको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी कार्यक्रम र योजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले सहकारीको भूमिका महत्वपूर्ण रहेकोले अब सहकारीको उचित नियमन र व्यवस्थापनको आवश्यकता रहेको बताइन्।
सहकारीमा संघमा २३ वटा संस्था आवद्ध रहेको छ। १ लाख ४० हजार शेयरपुजीँ रहेको सङ्घमा २८ लाख ५ हजार ६४२ रुपैयाँ बचत रहेको छ । सङ्घको जगेडा कोषमा २ लाख १ हजार ३८५ रुपैयाँ रहेकोछ भने ३७ लाख ७ हजार ७१४ रुपैयाँको कारोबार गरेको जनाइएको छ । कार्यक्रम संचालन सहकारी लेखा समिति सदस्य रमिला सापकोटाले गरेकी थिइन्।