समाचार

फोनिज मकवानपुर शाखाले २६औं स्थापना दिवस प्रभातफेरी कार्यक्रमसहित मनायो

फोनिज मकवानपुर शाखाले २६औं स्थापना दिवस प्रभातफेरी कार्यक्रमसहित मनायो

हेटौँडा । मकवानपुर — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले मंगलबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरी आफ्नो २६औं स्थापना दिवस मनाएको छ। ‘समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबाको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष र फोनिज मकवानपुरका सल्लाहकार कृष्ण सारु मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। प्रभातफेरी कार्यक्रम हेटौँडाको सिमाचोकबाट सुरु भएर बुद्धचौक, उद्योग वाणिज्य चोक हुँदै पुनः सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रमका प्रमुख अतिथि मगरले सञ्चार क्षेत्रमा आदिवासी जनजातिको आवाज प्रभावकारी बनाउन फोनिजले खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै पत्रकारिताको दिगो विकासका लागि पत्रकारहरूको क्षमता…
Read More
बागमती प्रदेशमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्राप्त

बागमती प्रदेशमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्राप्त

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत विश्वासको मत सम्बन्धी प्रस्तावमा बानियाँ पक्षमा ६३ मत प्राप्त भएको छ। कुल ११० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५६ सांसदको समर्थन आवश्यक पर्ने भएकाले मुख्यमन्त्री बानियाँले पर्याप्त समर्थन पाएर पदमा टिक्न सफल भएका हुन्। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका थिए। कांग्रेसका एक सांसद अनुपस्थित भएका थिए भने प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेका कारण उनी पनि बैठकमा उपस्थित हुन सकेनन्। बैठकमा कुल ९२ सांसद उपस्थित थिए जसमा २२ मत विपक्षमा र ७ मत तटस्थमा…
Read More
हेटौँडामा ‘तामाङ प्रसारण दिवस’ विशेष समारोहका साथ मनाइने

हेटौँडामा ‘तामाङ प्रसारण दिवस’ विशेष समारोहका साथ मनाइने

हेटौँडा । तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाको संयुक्त आयोजनामा आगामी भाद्र १ गते ‘तामाङ प्रसारण दिवस’ विशेष समारोहका साथ मनाइने भएको छ। वि.सं. २०५१ साल भाद्र १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। संघका बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङका अनुसार यस वर्षको कार्यक्रममा तामाङ भाषाको संरक्षण, प्रवर्द्धन र पत्रकारितामा यसको योगदानबारे विशेष छलफल हुने छ। उनका अनुसार बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा स्थापित तामाङ भाषालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पत्रकारिताको भूमिकासम्बन्धी अन्तरक्रिया पनि आयोजना गरिनेछ। ‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता…
Read More
हेटौँडामा बस्ती हटाउने विरोधमा हस्ताक्षर संकलन अभियान

हेटौँडामा बस्ती हटाउने विरोधमा हस्ताक्षर संकलन अभियान

हेटौँडा । हेटौँडा–१३ पदमपोखरी र मनहरी क्षेत्रका स्थानीयबासीले बस्तीलाई राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट हटाउने सरकारको तयारीको विरोधमा हस्ताक्षर संकलन अभियान सुरु गरेका छन्। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्ती संघर्ष समितिको अगुवाइमा सुरु भएको अभियानमा बासिन्दाहरूले दशकौँदेखि बसोबास गर्दै आएको जग्गामा दाबी गर्न नपाएको गुनासो व्यक्त गरेका छन्। समितिका अनुसार संकलित हस्ताक्षर स्थानीय, प्रदेश र संघीय सरकारलाई बुझाइनेछ, जसबाट दवाव सिर्जना गर्दै माग पूरा गराउने लक्ष्य लिइएको छ। समितिका संयोजक सूर्य थोकरले यसअघि पनि पटक–पटक सरोकारवालासमक्ष आवाज उठाए पनि सुनुवाइ नभएकाले यो कदम चालिएको बताए। उनले माग सम्बोधन नभए थप आन्दोलनको चेतावनी पनि दिए। कार्यक्रममा सहभागीहरूले वि.सं. २०११ मा हेटौँडा–१२, १३,…
Read More
बकैयाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको विदाई

बकैयाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको विदाई

मकवानपुर । बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठको विदाई गरिएको छ । सोमबार गाउँपालिकामा एक कार्यक्रमका बिच श्रेष्ठलाई बिदाई गरिएको हो । श्रेष्ठ बकैया गाउँपालिकामा ३ वर्ष ११ दिन बसेर बिदाई हुनुभएको हो । श्रेष्ठ २०७९ साउन १६ गते बकैयामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको थियोे । श्रेष्ठ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर जानुभएको हो । बकैयामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकाबाट बिनोद पोख्रेल आउन लाग्नुभएको छ । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, वडा अध्यक्ष, कार्यपालिका सदस्य, पालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको…
Read More
गायक सिद्धान्त खड्का र मनिश लिम्बुको ‘तिमी मेरो शब्द’ सार्वजनिक

गायक सिद्धान्त खड्का र मनिश लिम्बुको ‘तिमी मेरो शब्द’ सार्वजनिक

मकवानपुर — गायक तथा संगीतकार सिद्धान्त खड्का र गायक मनिश लिम्बुको स्वरमा तयार भएको नयाँ गीत ‘तिमी मेरो शब्द’ सार्वजनिक भएको छ। साईराम पिक्चर्सको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो। यो गीतका शब्द, संगीत, एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ सबै गायक खड्काकै छन्। रोमान्टिक भावका शब्दमा र्यापको मिश्रण गरिएको गीतमा बाँसुरीको धुन रत्न विकले भरेका छन्। म्युजिक भिडियोको निर्देशन र सम्पादन संयोग राईले गरेका हुन् भने सिनेम्याटोग्राफी मनिक लिम्बुले सम्हालेका छन्। भिडियोमा गायकद्वय सिद्धान्त र मनिशसहित अन्य कलाकारको पनि अभिनय देख्न सकिन्छ। गीतले प्रेमिल भाव र आधुनिक शैलीको संयोजन प्रस्तुत गरेको छ। हेर्नुहोस् म्युजिक भिडियो–
Read More
राम–सावित्री सम्मानबाट मकवानपुरका ७३ जना विद्यार्थी सम्मानित

राम–सावित्री सम्मानबाट मकवानपुरका ७३ जना विद्यार्थी सम्मानित

हेटौँडा । नेपाली भाषाशिक्षक समिति मकवानपुरका आजीवन विशिष्ट सदस्य तथा सल्लाहकार ध्रुवकुमार भुजेलले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको राम–सावित्री सम्मान शनिबार मकवानपुरका विद्यार्थी र शिक्षकलाई प्रदान गरिएको छ । नेपाली भाषाशिक्षक समिति मकवानपुरले आयोजना गरेको शिक्षक विद्यार्थी सम्मान कार्यक्रमा सो सम्मान प्रदान गरिएको हो । शैक्षिक सत्र २०८१ सालको एसइई परीक्षामा नेपाली विषयमा ४ जिपिए ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको हो । समितिले ७३ जना विद्यार्थी र २८ जना शिक्षकलाई सम्मान गरेको छ । सामुदायिक विद्यलयबाट ३३ जना विद्यार्थी र १७ शिक्षक तथा संस्थागतबाट ४० जना विद्यार्थी र ११ जना शिक्षकलाई सम्मान गरिएको नेपाली भाषाशिक्षक समिति मकवानपुरका नवनिर्वाचित अध्यक्ष…
Read More
नेकपा एकीकृत समाजवादी मकवानपुरको मोर्चा संगठन बैठक सम्पन्न

नेकपा एकीकृत समाजवादी मकवानपुरको मोर्चा संगठन बैठक सम्पन्न

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको मोर्चा संगठनको बैठक सम्पन्न भएको छ। बैठकले आगामी २०८२ साल भदौ मसान्तभित्र जिल्लाभित्रका सबै जनवर्गीय संगठनहरूको बैठक, भेला तथा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकको अध्यक्षता पार्टी जिल्ला सचिव तथा मोर्चा प्रमुख किशोर बर्तौलाले गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य राजाराम स्याङतान प्रमुख अतिथि रहेका थिए। सो अवसरमा पार्टी मकवानपुर जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहाल, जिल्ला उपाध्यक्ष ध्रुव बहादुर भुजेल, बागमती प्रदेश सदस्य कल्पना विक, कार्यालय सचिव तिलक प्रसाद अधिकारी लगायत जनसंगठनका इन्चार्ज, अध्यक्ष तथा सचिवहरूको उपस्थिति रहेको थियो। बैठकले संगठन सुदृढीकरण र आगामी गतिविधिहरूलाई प्रभावकारी बनाउन विभिन्न कार्ययोजना पनि तय…
Read More
व्यवसायीमाथि रड प्रहार गरेको आरोपमा हेटौँडाका युवक पक्राउ

व्यवसायीमाथि रड प्रहार गरेको आरोपमा हेटौँडाका युवक पक्राउ

हेटौँडा । ज्यान मार्ने उद्योग मुद्दाका आरोपित एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने ३८ वर्षीय हरी भन्ने बुद्ध मोक्तानलाई प्रहरीले सोमबार राति ११:४० बजे पक्राउ गरेको हो। मोक्तानलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनीमाथि गत २९ जेठ २०८२ गते दिउँसो करिब १ बजे हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडस्थित दास इम्पोरियम कपडा पसलका सञ्चालक ६१ वर्षीय राजा बाबु दास कथवनीयामाथि फलामे रड, काठको बेलना र नक प्रयोग गरी प्रहार गरी घाइते बनाएको आरोप छ। घटनापछि मोक्तान फरार रहेका थिए। पक्राउ परेपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडामा पेश…
Read More
स्वास्थ्य मन्त्री थापाको निर्णय: अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत ३ वटा निर्णय

स्वास्थ्य मन्त्री थापाको निर्णय: अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत ३ वटा निर्णय

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) मार्फत ३ वटा महत्त्वपूर्ण निर्णयहरु गर्नुभएको छ।  बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली बिकास गर्ने निर्णय गर्नुभएको हो। स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको हो। यो प्रणालीले स्वास्थ्य सेवा प्रवाहमा छिटो र छरितो हुने विश्वास मन्त्री थापाले गर्नुभयो । यस्तै स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका सवारी साधनहरूको व्यवस्थापन तथा समन्वय गर्न ‘जिपिएस’ प्रणाली जडान गर्ने निर्णयसमेत गरिएको छ। यस्तै प्रदेशभर आयुर्वेद तथा बैकल्पिक  चिकित्सालयहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.