बकैयाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको विदाई

मकवानपुर । बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठको विदाई गरिएको छ । सोमबार गाउँपालिकामा एक कार्यक्रमका बिच श्रेष्ठलाई बिदाई गरिएको हो ।

श्रेष्ठ बकैया गाउँपालिकामा ३ वर्ष ११ दिन बसेर बिदाई हुनुभएको हो । श्रेष्ठ २०७९ साउन १६ गते बकैयामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको थियोे । श्रेष्ठ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर जानुभएको हो ।

बकैयामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकाबाट बिनोद पोख्रेल आउन लाग्नुभएको छ ।

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, वडा अध्यक्ष, कार्यपालिका सदस्य, पालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.