समाचार

जिल्लास्तरीय पुरुष भलिबलको उपाधि मंगलेश्वरलाई

जिल्लास्तरीय पुरुष भलिबलको उपाधि मंगलेश्वरलाई

हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत सम्पन्न जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मंगलेश्वर युवा क्लबले जितेको छ। मंगलबार भएको फाइनल खेलमा थाहा नगरपालिका–२ को मंगलेश्वर युवा क्लबले हेटौँडा–११ स्थित छहारी युवा समाजलाई सोझो तीन सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। प्रतिस्पर्धात्मक पहिलो सेट २७–२५ ले जितेको मंगलेश्वरले त्यसपछि २५–२० र २५–१६ को सहज जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो। उपाधिसँगै मंगलेश्वर युवा क्लबले एक लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छहारी युवा समाजले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा…
Read More
मकवानपुरमा जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न, हात्तीसुडे डोजो च्याम्पियन

मकवानपुरमा जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न, हात्तीसुडे डोजो च्याम्पियन

हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ। हेटौँडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिता सोमबारबाट सुरु भई शनिबार सम्पन्न भएको हो। नेपाल सितोरियो कराँते संघ मकवानपुरको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा बकैया गाउँपालिकाको हात्तीसुडे डोजोले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। प्रशिक्षक भीम घलानको नेतृत्वमा रहेको उक्त डोजोले १४ स्वर्ण पदक जित्दै प्रतियोगितामा स्पष्ट अग्रता कायम गरेको हो। प्रतियोगितामा सिमात बुद्ध डोजो बकैया–११ ले ३ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने हेटौँडाको मेन डोजो २ स्वर्ण पदकसहित तेस्रो स्थानमा सीमित भएको छ।…
Read More
मकवानपुरमा ग्यास वितरण व्यवस्थित बनाउन प्रशासन सक्रिय, पारदर्शितामा जोड

मकवानपुरमा ग्यास वितरण व्यवस्थित बनाउन प्रशासन सक्रिय, पारदर्शितामा जोड

हेटौँडा । मकवानपुरमा खाना पकाउने ग्यासको वितरणलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सरोकारवालाहरूबीच व्यापक छलफल गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले ग्यास आपूर्ति, अनुगमन र वितरण प्रणाली सुधारका विषयमा केन्द्रित निर्णयहरू गरेको हो। बैठकमा प्रमुख जिल्ला अधिकारी अधिकारीले आपतकालीन अवस्थालाई मध्यनजर गर्दै व्यवसायीहरूलाई मानवता, नैतिकता र इमान्दारितालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। उपभोक्तासम्म सहज रूपमा ग्यास पुर्‍याउने दायित्व पूरा गर्न निर्देशन दिँदै उहाँले ग्यास उत्पादक कम्पनी र डिलरहरूलाई दैनिक वितरण विवरण प्रशासनमा अनिवार्य रूपमा बुझाउन निर्देशन दिनुभयो। ग्यास वितरणलाई पारदर्शी बनाउन उत्पादक कम्पनीदेखि सब–डिलरसम्मको सम्पूर्ण आपूर्ति विवरण दैनिक रूपमा प्रशासनलाई जानकारी गराउनुपर्ने…
Read More
जिल्लास्तरीय भलिबल प्रतियोगिता : सेमिफाइनल पुग्ने चार टोलीको टुंगो

जिल्लास्तरीय भलिबल प्रतियोगिता : सेमिफाइनल पुग्ने चार टोलीको टुंगो

हेटौँडा — हेटौँडाको टिसिएन चौरमा जारी खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत सञ्चालन भइरहेको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ। सोमबार सम्पन्न क्वाटरफाइनल खेलहरूबाट उत्कृष्ट प्रदर्शन गर्दै थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लब, बज्रबाराहीको नवप्रतिभा क्लब, मनहरी गाउँपालिका र हेटौँडा–११ को छहारी युवा क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। पहिलो क्वाटरफाइनल खेलमा मंगलेश्वर युवा क्लबले मिलन युवा क्लबलाई २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। दोस्रो खेलमा नवप्रतिभा क्लबले बागमती गाउँपालिकामाथि २५–१९ र २५–१८ को नतिजासहित जित निकाल्दै अन्तिम चारमा स्थान बनायो। त्यसैगरी, अर्को खेलमा मनहरी गाउँपालिकाले सफल केयर हेटौँडा–१५…
Read More
अवसर त्यागेर उदाहरण: मन्दिरा मुक्तानले समानुपातिक सांसद नबन्ने निर्णय

अवसर त्यागेर उदाहरण: मन्दिरा मुक्तानले समानुपातिक सांसद नबन्ने निर्णय

हेटौँडा — नेपाली राजनीतिमा पद प्राप्तिका लागि होडबाजी बढिरहेका बेला मकवानपुरकी मन्दिरा मुक्तानले भने फरक उदाहरण प्रस्तुत गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेर पनि उहाँले सांसद नबन्ने निर्णय गर्नुभएको हो। श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा नाम समावेश भएकी मुक्तानले सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत आफूले उक्त अवसर त्यागेको जानकारी दिनुभयो। उहाँका अनुसार आदिवासी जनजाति समुदायबाट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधित्व सुनिश्चित भइसकेकाले समानुपातिकतर्फ आफ्नो नाम कायम राख्न आवश्यक नदेखिएको हो। मुक्तानले समावेशी प्रतिनिधित्व र भौगोलिक सन्तुलनलाई प्राथमिकता दिँदै यस्तो निर्णय लिएको बताउनुभयो। मधेश र कर्णाली प्रदेशको प्रतिनिधित्वलाई समेत ध्यानमा राख्नुपर्ने भएकाले आफूले स्वेच्छिक…
Read More
कैलाश गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल सञ्चालन

कैलाश गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल सञ्चालन

हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार उक्त अस्पतालको उद्घाटन गरेका हुन्। संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ लागतमा निर्माण गरिएको अस्पतालको भवन आशिष/आर्शिवाद/स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भई २०८२ असारमा सम्पन्न भएको हो। अढाई तल्ले भवनमा १० शैया क्षमताको अस्पताल सञ्चालनमा ल्याइएको छ। अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहेको छ। दरबन्दीअनुसार ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिस्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याब टेक्निसियन, १ जना रेडियोग्राफर,…
Read More
इनिसाको हत्यारालाई कारबाहीको माग गर्दै हेटौँडाका विद्यार्थी आन्दोलित

इनिसाको हत्यारालाई कारबाहीको माग गर्दै हेटौँडाका विद्यार्थी आन्दोलित

हेटौँडा / सुर्खेतकी १६ वर्षीया बालिका इनिसा बिकको हत्यारालाई कारबाहीको माग गर्दै हेटौँडाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।हेटौँडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि, सिद्धार्थ मावि लगायतका विद्यार्थीहरूले हेटौँडामा नाराजुलुस गर्दै इनिसालाई न्यायको माग गरेका हुन्। आन्दोलित विद्यार्थीहरूले “हत्यारालाई कारबाही गर”, “नारी अस्मिताको रक्षा गर”, “बलात्कारीलाई फाँसी दे”, “बलात्कार गर्न पाइँदैन”, “इनिसालाई न्याय दे”, “We Want Justice” भन्दै नारा लगाएका थिए। हेटौँडा क्याम्पसका अनेरास्ववियु, मकवानपुर बहुमुखी क्याम्पसका नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूको नेतृत्वमा भएको प्रदर्शनमा करिब ५ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको हेटौँडा क्याम्पस अनेरास्ववियुका अध्यक्ष नितेश भण्डारीले जानकारी दिए। विद्यार्थी संगठनहरूले आयोजना गरेको र्‍यालीपछि भएको कोणसभामा बोल्दै अनेरास्ववियु हेटौँडा…
Read More
‘जीवनको गोरेटो’ कृति विमोचन तथा विमर्श कार्यक्रम हेटौँडामा सम्पन्न

‘जीवनको गोरेटो’ कृति विमोचन तथा विमर्श कार्यक्रम हेटौँडामा सम्पन्न

हेटौँडा । नवसर्जक साहित्य चौतारी नेपालको ४२औँ मासिक शृङ्खलाको अवसरमा चौतारीकी बागमती प्रदेश सदस्य सुमि थिङको मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ कृतिको विमोचन तथा विमर्श कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ। हेटौँडास्थित अमर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीया सुमि थिङको पहिलो कृतिका रूपमा उक्त मुक्तक सङ्ग्रह प्रकाशन गरिएको हो। सानै उमेरमा साहित्य सिर्जनामा सक्रिय सुमिको कृति सार्वजनिक हुनु साहित्यिक वृत्तमा उत्साहको विषय बनेको आयोजकले जनाएको छ। नवसर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अग्रज साहित्यकार डा. निमेष…
Read More
निबुवाटारमा निःशुल्क स्वास्थ्य शिविर

निबुवाटारमा निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर । भीमफेदी गाउँपालिका–४ स्थित निबुवाटारमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा कार्यालयको सिलिङ बजेटको सहयोग तथा निबुवाटार स्वास्थ्य चौकीको आयोजनामा शनिबार सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा लिने अवसर पाएका हुन्। हर्ट फाउन्डेसन मकवानपुरको प्राविधिक सहयोगमा आयोजित शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोजकुमार श्रेष्ठसहितको चिकित्सक टोलीले बिरामीहरूको परीक्षण तथा परामर्श दिएको थियो। शिविरमार्फत कुल २९३ जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्वास्थ्य परीक्षणका क्रममा ५ जनामा मुटुसम्बन्धी गम्भीर समस्या देखिएको चिकित्सक टोलीले जनाएको छ। तीमध्ये एक जनालाई तत्काल शल्यक्रियाका लागि अस्पतालमा बोलाइएको जानकारी दिइएको छ। त्यस्तै महिलाहरूमा…
Read More
हेटौँडामा बृहत् खेलकुद-कृषि-पर्यटन महोत्सव सुरु

हेटौँडामा बृहत् खेलकुद-कृषि-पर्यटन महोत्सव सुरु

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलकुदलाई व्यापार–व्यवसायसँग जोडेर सञ्चालन गर्नु उचित नहुने बताउँदै खेलकुद विकास समितिहरूलाई आफ्नो मूल उद्देश्यअनुसार काम गर्न आग्रह गरेका छन्। जिल्ला खेलकुद समिति मकवानपुरको आयोजनामा हेटौँडा–१० टिसिएन चौरमा शुक्रबारदेखि सुरु भएको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले खेलकुद क्षेत्रलाई व्यवस्थित र उद्देश्यकेन्द्रित ढंगले अघि बढाउनुपर्ने बताए। उनले खेलकुदसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे। मुख्यमन्त्री बानियाँले प्रदेश गौरवको योजनाका रूपमा अघि बढाइएको गौरीटार रंगशालामा थप खेल पूर्वाधार निर्माणको तयारी भइरहेको जानकारी दिए। उनका अनुसार करिब एक अर्ब रुपैयाँ लागतमा रंगशालालाई अत्याधुनिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.