समाचार

बागमती प्रदेशको प्रशासनिक पुनर्संरचनाबारे पूर्वसचिवहरूको प्रतिवेदन सरकारलाई बुझाइयो

बागमती प्रदेशको प्रशासनिक पुनर्संरचनाबारे पूर्वसचिवहरूको प्रतिवेदन सरकारलाई बुझाइयो

हेटौँडा । बागमती प्रदेश सरकारको प्रशासनिक संरचना सुधारका लागि गठित पूर्वसचिवहरूको विज्ञ टोलीले सुझावसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ। पूर्वसचिव बिमल वाग्लेको संयोजकत्वमा रहेको टोलीले तीन महिनाको अध्ययनपछि तयार पारेको प्रतिवेदन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रशासनिक पुनर्संरचनाका लागि गठित उच्चस्तरीय अध्ययन समितिका संयोजक तथा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेललाई हस्तान्तरण गरेको हो। गत असोज ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना अध्ययनका लागि मन्त्री पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो। विज्ञ टोलीका संयोजक वाग्लेले प्रतिवेदनमा मन्त्रालयदेखि प्रदेश सरकार मातहतका कार्यालयहरूलाई मितव्ययी, प्रभावकारी तथा सेवाग्राहीमैत्री बनाउने विषयमा विभिन्न सुझाव समेटिएको जानकारी दिए। उनका अनुसार…
Read More
प्रतिष्ठानका लागि हेटौँडामा प्रिफ्याब भवन निर्माण सुरु

प्रतिष्ठानका लागि हेटौँडामा प्रिफ्याब भवन निर्माण सुरु

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई व्यवस्थित र स्थायी संरचनाबाट सञ्चालन गर्ने लक्ष्यसहित हेटौँडामा प्रिफ्याब भवन निर्माण कार्य सुरु गरिएको छ। हेटौँडा–१० टिसियन क्षेत्रमा निर्माण हुन लागेको उक्त भवनको ठेक्का सम्झौता सम्पन्न भएपछि बिहीबारदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो। भवनको शिलान्यास बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रूपमा गरेका हुन्। प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईंका अनुसार शैक्षिक गतिविधि सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तयार पार्ने उद्देश्यले निर्माण सुरु गरिएको यस भवनको लागत ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ रहेको छ। निर्माण कार्यका लागि काठमाडौँस्थित बिजी–साबिरा–चन्द्रायण जेभीसँग सम्झौता गरिएको…
Read More
स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न मुख्यमन्त्री बानियाँको आग्रह

स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न मुख्यमन्त्री बानियाँको आग्रह

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयलाई राजनीतिक विवादको विषय बनाउन नहुने बताएका छन्। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालमा नवनिर्मित विशिष्टीकृत सेवासहितको २०० शय्याको भवन बिहीबार उद्घाटन गर्दै उनले चुनावका बेला राजनीतिक बहस स्वाभाविक भए पनि स्वास्थ्य सेवामा राजनीति गर्न नहुने धारणा व्यक्त गरे। उनले प्रतिष्ठान अहिलेसम्म राजनीतिक प्रभावबाट टाढा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई त्यही अवस्थामा राख्नुपर्ने बताए। मुख्यमन्त्री बानियाँले हेटौँडा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने प्रक्रियामा विगतमा विभिन्न मतहरू उठे पनि आफू प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहँदा संसद्बाट विधेयक सर्वसम्मत पारित गराउन पहल गरेको स्मरण गरे।…
Read More
मकवानपुरमा ४० दिन सेवा गरेका १,९२३ निर्वाचन प्रहरी बिदा

मकवानपुरमा ४० दिन सेवा गरेका १,९२३ निर्वाचन प्रहरी बिदा

हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरी बिहीबारबाट बिदा भएका छन्। निर्वाचन सुरक्षामा खटिन मकवानपुरमा नेपाल प्रहरीतर्फबाट १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना गरिएको थियो। राज्यले दिएको जिम्मेवारी निर्वाह गर्दै उनीहरूको कार्यअवधि पूरा भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा–४ स्थित हुप्रचौरमा बिदाइ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्री तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको उपस्थितिमा निर्वाचन प्रहरीलाई प्रमाणपत्रसहित बिदाइ गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य…
Read More
हेटौँडामा भोलिबाट खेलकुद, कृषि तथा पर्यटन महोत्सव, विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने

हेटौँडामा भोलिबाट खेलकुद, कृषि तथा पर्यटन महोत्सव, विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने

हेटौँडा — खेलकुद क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले हेटौँडाको टिसिएन चौरमा भोलि (२९ गते) देखि खेलकुद, कृषि तथा पर्यटन महोत्सव सुरु हुने भएको छ। महोत्सवका अवसरमा विभिन्न ६ विधामा खेलकुद प्रतियोगिता आयोजना गरिने तयारी गरिएको आयोजकले जनाएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार महोत्सव अवधिभर अधिकांश प्रतियोगिता टिसिएन चौरमै सञ्चालन हुनेछन्। कार्यक्रमअन्तर्गत २९ र ३० गते जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता तथा २९ गते नै महिला र पुरुषतर्फको १० किलोमिटर दौड प्रतियोगिता आयोजना गरिनेछ। त्यसैगरी, चैत १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, चैत ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता, चैत ९ र १०…
Read More
समिक्षा कार्यक्रममा निष्कर्ष : मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण

समिक्षा कार्यक्रममा निष्कर्ष : मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण

हेटौँडा — प्रतिनिधिसभा निर्वाचन २०८२ मकवानपुरमा शान्तिपूर्ण, व्यवस्थित र मितव्ययी रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ। दुवै निर्वाचन क्षेत्रको प्रत्यक्ष तथा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसकेपछि प्रदेश निर्वाचन कार्यालयले बुधबार निर्वाचन समिक्षा कार्यक्रम आयोजना गरेको हो। जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षबीचको समन्वय, सहयोग र आचारसंहिताको पालना भएका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका थिए। कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, कर्मचारी तथा सुरक्षा निकायको सक्रिय सहयोगका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभयो। उहाँका अनुसार दलहरूले आचारसंहिताको पालना गरेका, सञ्चारकर्मीहरूले…
Read More
हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस पढाइ सुरु

हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस पढाइ सुरु

हेटौँडा — बागमती प्रदेश सरकार अन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्यापन औपचारिक रूपमा सुरु गरेको छ। चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति प्राप्त भएपछि प्रतिष्ठानले चालु शैक्षिक वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याएको हो। नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि सोमबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका विभिन्न पालिकामा सञ्चालन भएका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्नुभयो। उहाँले प्रतिष्ठानमा सुरु भएको एमबीबीएस कार्यक्रमले भविष्यमा दक्ष चिकित्सक उत्पादन गरी उक्त अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। मन्त्री थापाले नागरिकलाई गुणस्तरीय र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको…
Read More
हेटौँडामा एजी एक्सप्रेसको नयाँ शाखा सञ्चालन, स्थानीय उत्पादन विदेश पठाउन सहज हुने

हेटौँडामा एजी एक्सप्रेसको नयाँ शाखा सञ्चालन, स्थानीय उत्पादन विदेश पठाउन सहज हुने

हेटौँडा । अन्तर्राष्ट्रिय स्तरको डेलिभरी तथा कुरियर सेवा प्रदान गर्दै आएको एजी एक्सप्रेसले मकवानपुरको हेटौँडामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शाखाको उद्घाटन बुधबार पूर्व प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै सिंहले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्ता सेवाको ठूलो भूमिका रहने बताए। मकवानपुरका घरेलु उद्योग तथा महिला समूहहरूले उत्पादन गर्ने वस्तुहरू गुणस्तरीय बनाउन सके सहजै विदेशसम्म पठाउन सकिने भन्दै उनले एजी एक्सप्रेसमार्फत् ती सामान विश्व बजारसम्म पुग्ने विश्वास व्यक्त गरे। उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन र त्यसपछि बनेको सरकारबारे पनि टिप्पणी गर्दै नेपाली जनताले अत्यधिक मत दिएर निर्माण गरेको सरकारप्रति शुभकामना व्यक्त गरे। नेपालको इतिहासमा अहिलेको…
Read More
मकवानपुरका दुबै क्षेत्रमा रास्वपाको जित, प्रकाश गौतम र प्रशान्त उप्रेती विजयी

मकवानपुरका दुबै क्षेत्रमा रास्वपाको जित, प्रकाश गौतम र प्रशान्त उप्रेती विजयी

हेटौँडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर–१ मा प्रकाश गौतम र क्षेत्र नम्बर–२ मा प्रशान्त उप्रेती विजयी भएका हुन्। क्षेत्र नम्बर–१ मा रास्वपाका प्रकाश गौतमले ३६ हजार ०३३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले १४ हजार ०३८ मत प्राप्त गरेकी छन्। त्यस्तै नेकपा एमालेका रामेश्वर राना मगरले १२ हजार ७८३ मत, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतमले १० हजार ७८८ मत, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले…
Read More
मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेतीको फराकिलो अग्रता

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेतीको फराकिलो अग्रता

हेटौँडा — मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेतीले फराकिलो अग्रता बनाएका छन्। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार उप्रेतीले १७ हजार ६८१ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेशकुमार बर्तौलाले १३ हजार ११३ मत प्राप्त गरेका छन्। यससँगै उप्रेतीले बर्तौलामाथि ४ हजार ५६८ मतको अग्रता कायम गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १२ हजार ४९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका लवशेर विष्टले १० हजार ९० मत प्राप्त गरेका छन्। यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रवीनकुमार स्याङ्तानले ४ हजार २०० मत प्राप्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.