समाचार

मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु

मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु

हेटौंडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर २ को मतगणना मनहरी गाउँपालिका–९ स्थित ऋषेश्वर आधारभूत विद्यालयको मतपेटिकाबाट सुरु गरिएको हो। उक्त क्षेत्रको मतगणना हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा भइरहेको छ। मतदान सम्पन्न भएपछि विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षित रूपमा मतगणना स्थलमा ल्याइएपछि आजदेखि औपचारिक रूपमा मतगणना प्रक्रिया सुरु गरिएको हो। निर्वाचन कार्यालयका अनुसार मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ।
Read More
मकवानपुरमा कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु

मकवानपुरमा कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु

हेटौँडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। आइतबार सम्पन्न मतदानपछि मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी मतगणनास्थलमा ल्याइए पनि आवश्यक तयारीका कारण आज केही ढिलो गरी गणना प्रक्रिया सुरु गरिएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलमा ल्याइसकिएको थियो। त्यसपछि सर्वदलीय बैठक, व्यवस्थापन र प्राविधिक तयारी पूरा गरी आज दिउँसोबाट मतगणना सुरु गरिएको जनाइएको छ। मतगणना प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन तारजालीसहितको गणना कक्ष, सीसीटिभी निगरानी तथा सुरक्षाकर्मीको कडा व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ। प्रत्येक वडाको मतपेटिका छुट्टाछुट्टै खोली गणना गर्ने व्यवस्था गरिएको छ। जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको…
Read More
मकवानपुरमा उत्साहजनक मतदान

मकवानपुरमा उत्साहजनक मतदान

हेटौँडा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरमा मतदान जारी रहँदा दिउँसो २ बजेसम्म १ लाख ६ हजारभन्दा बढी मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय हेटौंडा का प्रमुख हरि ढकाल का अनुसार उक्त समयसम्म महिला ४९ हजार ३१३ र पुरुष ५७ हजार ३५९ गरी कुल १ लाख ६६ हजार ७३ मत खसेको हो। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी १ लाख ५८…
Read More
हेटौंडा–१२ मा गैँडा

हेटौंडा–१२ मा गैँडा

हेटौंडा । हेटौंडा–१२ को भाइरल पुलस्थित राप्ती खोलामा गैँडा देखा परेको छ। पर्सा वन्यजन्तु आरक्षबाट आएको गैँडा केही समयदेखि सानन्टार वरपर बस्दै आएको आरक्षका मनोज मण्डलले जानकारी दिए। गैँडा त्यतिपर पुगेको थिएन, तर हेटौंडा–१२ तिर पुगेको सूचना पाएपछि गैँडालाई सुरक्षित स्थानतर्फ फर्काउन आरक्षको टोली हेटौंडा–१२ पुगेको मण्डलको भनाइ छ। गैँडालाई केही किशोरहरूले नजिक गएर हेर्ने र गैँडाले लखेट्दा भाग्ने गरिरहेका थिए। केही मानिसहरू भने गैँडा घरवरपर नआओस् भनेर आगोको धुनी बालिरहेका थिए। गैँडालाई सुरक्षित बासस्थानतर्फ फर्काउन र मानवीय क्षति हुन नदिन आरक्षका कर्मचारीको टोली लागेको आरक्ष कार्यालयले जनाएको छ।
Read More
मकवानपुरमा ३ लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुँदै

मकवानपुरमा ३ लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुँदै

हेटौँडा । प्रतिनिधिसभा सदस्यका लागि आज देशभर मतदान भइरहेको छ। मकवानपुरमा पनि कडा सुरक्षा व्यवस्थाबीच तीन लाखभन्दा बढी मतदाताले मतदान गर्दै छन्। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। मतदातालाई सुरक्षित र व्यवस्थित रूपमा मतदान गर्न चार वटै सुरक्षा निकायका करिब चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। मकवानपुर क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार जना गरी कुल १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन्। त्यसैगरी क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य…
Read More
मकवानपुरमा मतदान अधिकृतलाई निर्वाचन सामग्री वितरण सुरु

मकवानपुरमा मतदान अधिकृतलाई निर्वाचन सामग्री वितरण सुरु

हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप मकवानपुरमा मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री वितरण सुरु गरिएको छ। प्रदेश निर्वाचन कार्यालय मकवानपुर का अनुसार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण गरेसँगै आइतबारदेखि मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीलाई सामग्री बुझाउन थालिएको हो। प्रदेश निर्वाचन अधिकारी हरि ढकालका अनुसार निर्वाचन सञ्चालनका लागि आवश्यक ५२ प्रकारका सामग्री मतदान अधिकृतलाई उपलब्ध गराइएको छ। जिल्लाका १० वटै स्थानीय तहअन्तर्गतका मतदानस्थलमा खटिएका कर्मचारीलाई आज र भोलि सामग्री वितरण गरिनेछ। खटिएका कर्मचारी सोमबार नै मतदानस्थल पुगेर आवश्यक पूर्वतयारी थाल्नेछन्। मकवानपुरमा दुई अस्थायी केन्द्रसहित कुल ३ सय ७६ मतदान केन्द्र रहेका छन्। निर्वाचन सम्पन्न…
Read More
होलीमा सवारी नचलाउन प्रशासनको आग्रह, सार्वजनिक स्थानमा कार्यक्रम निषेध

होलीमा सवारी नचलाउन प्रशासनको आग्रह, सार्वजनिक स्थानमा कार्यक्रम निषेध

हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले होली पर्वका अवसरमा अत्यावश्यक कामबाहेक अन्य सवारी साधन नचलाउन सर्वसाधारणसँग आग्रह गर्नुभएको छ। होली तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै अपनाइएको व्यवस्थाबारे जानकारी दिँदै उहाँले सवारी चलाउनै परे ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। विशेषगरी, होली खेल्नकै लागि सवारी साधन चलाउन रोक लगाइएको उहाँले स्पष्ट पार्नुभयो। निर्वाचनको संघारमै होली परेकाले शान्ति सुरक्षामा कुनै असर नपुगोस् भन्ने उद्देश्यले यस वर्ष कडाइ गरिएको अधिकारीले बताउनुभयो। विगतका वर्षझैँ सार्वजनिक रूपमा खुल्लमखुल्ला होली नखेल्न आग्रह गर्दै यसपटक घरको कम्पाउन्डभित्र सीमित रूपमा पर्व मनाउन अनुरोध गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार…
Read More
गौतम र विष्टको घरदैलो

गौतम र विष्टको घरदैलो

हेटौंडा । हेटौंडाको विभिन्न वडामा नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार लवशेर विष्ट र विजय गौतमले घरदैलो कार्यक्रम गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार गौतमसहितको टोलीले १७ नम्बर वडामा घरदैलो तथा र्याली गरेको हो । त्यस्तै विष्टले वडा नम्बर १ चाइना क्वाटरका साथै भिमफेदी गाउँपालिका इपामा घरदैलाे गरेका हुन् । देशमा परिवर्तन गरेर देखाउने प्रतिबद्धतताका साथ आफ्नो उम्मेदवारी रहेको गौतम र विष्टले बताए । चुनाव चिन्ह तारामा भोट दिएर पार्टीलाई यसपालि जिताईदिनुहुन सबै मतदाताहरुमा आग्रह गर्दछु उम्मेदवार गौतम र विष्टले आग्रह गरे । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट विजय गौतमले उम्मेदवारी…
Read More
उज्यालो नेपाल पार्टीको घरदैलो र र्याली

उज्यालो नेपाल पार्टीको घरदैलो र र्याली

हेटौंडा / हेटौंडाको १७ नम्बर वडामा उज्यालो नेपाल पार्टी ले चुनावी प्रचारप्रसार गरेको छ । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा सहितको टोलीले र्याली , प्रचारप्रसार गरेको हो । आइतबारको दिनमा पार्टीले हेटौंडा १३ मा पनि मोटरसाइकल र्याली गरेको थियो । देशमा परिवर्तन गरेर देखाउने प्रतिबद्धतताका साथ आफ्नो उम्मेदवारी रहेको लामाले बताए । बत्तीको चिममा भोट दिएर उज्यालो नेपाल पार्टी लाई यसपालि जितादिनुहुन सबै मतदाताहरुमा आग्रह गर्दछु उम्मेदवार लामाले आग्रह गरे । नेपाललाई दिनमा १८ घण्टा सम्मको लोडसेडिङबाट मुक्त बनाएर सबैनेपालीको मनजित्न सफल कुलमान घिसिङको नेतृत्वमा रहेको पार्टी हो उज्यालो नेपाल पार्टी । फागुन २१ गते हुने…
Read More
लवशेर विष्टको प्रतिवद्धता : गाँजा वैधीकतादेखि सुरुङमार्ग निर्माणको पहलसम्म

लवशेर विष्टको प्रतिवद्धता : गाँजा वैधीकतादेखि सुरुङमार्ग निर्माणको पहलसम्म

हेटौँडा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका लवशेर विष्टले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेका छन्। सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मकवानपुर–२ को समग्र विकासलाई केन्द्रमा राखेर विभिन्न प्रतिवद्धता सार्वजनिक गरेका हुन्। विष्टले विशेषगरी गाँजा खेतीलाई कानुनी मान्यता दिलाई आयआर्जनको भरपर्दो स्रोतका रूपमा विकास गर्न पहल गर्ने बताए। मकवानपुर–२ मा परम्परागत रूपमा हुँदै आएको गाँजा खेतीलाई वैधानिकता दिलाउन आफूले संसदमा कानुन संशोधनका लागि पहल गर्ने उनको प्रमुख एजेण्डा रहेको छ। त्यस्तै, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्ने उनले बताए। प्रचलित कानुन परिमार्जन गरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.