मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु

हेटौंडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर २ को मतगणना मनहरी गाउँपालिका–९ स्थित ऋषेश्वर आधारभूत विद्यालयको मतपेटिकाबाट सुरु गरिएको हो। उक्त क्षेत्रको मतगणना हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा भइरहेको छ।

मतदान सम्पन्न भएपछि विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षित रूपमा मतगणना स्थलमा ल्याइएपछि आजदेखि औपचारिक रूपमा मतगणना प्रक्रिया सुरु गरिएको हो। निर्वाचन कार्यालयका अनुसार मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.