हेटौंडा–१२ मा गैँडा

हेटौंडा । हेटौंडा–१२ को भाइरल पुलस्थित राप्ती खोलामा गैँडा देखा परेको छ। पर्सा वन्यजन्तु आरक्षबाट आएको गैँडा केही समयदेखि सानन्टार वरपर बस्दै आएको आरक्षका मनोज मण्डलले जानकारी दिए।

गैँडा त्यतिपर पुगेको थिएन, तर हेटौंडा–१२ तिर पुगेको सूचना पाएपछि गैँडालाई सुरक्षित स्थानतर्फ फर्काउन आरक्षको टोली हेटौंडा–१२ पुगेको मण्डलको भनाइ छ।

गैँडालाई केही किशोरहरूले नजिक गएर हेर्ने र गैँडाले लखेट्दा भाग्ने गरिरहेका थिए। केही मानिसहरू भने गैँडा घरवरपर नआओस् भनेर आगोको धुनी बालिरहेका थिए।

गैँडालाई सुरक्षित बासस्थानतर्फ फर्काउन र मानवीय क्षति हुन नदिन आरक्षका कर्मचारीको टोली लागेको आरक्ष कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.