Day: २०८२ फाल्गुन २१, बिहीबार १४:५४ गते

मकवानपुरमा उत्साहजनक मतदान

मकवानपुरमा उत्साहजनक मतदान

हेटौँडा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरमा मतदान जारी रहँदा दिउँसो २ बजेसम्म १ लाख ६ हजारभन्दा बढी मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय हेटौंडा का प्रमुख हरि ढकाल का अनुसार उक्त समयसम्म महिला ४९ हजार ३१३ र पुरुष ५७ हजार ३५९ गरी कुल १ लाख ६६ हजार ७३ मत खसेको हो। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी १ लाख ५८…
Read More
हेटौंडा–१२ मा गैँडा

हेटौंडा–१२ मा गैँडा

हेटौंडा । हेटौंडा–१२ को भाइरल पुलस्थित राप्ती खोलामा गैँडा देखा परेको छ। पर्सा वन्यजन्तु आरक्षबाट आएको गैँडा केही समयदेखि सानन्टार वरपर बस्दै आएको आरक्षका मनोज मण्डलले जानकारी दिए। गैँडा त्यतिपर पुगेको थिएन, तर हेटौंडा–१२ तिर पुगेको सूचना पाएपछि गैँडालाई सुरक्षित स्थानतर्फ फर्काउन आरक्षको टोली हेटौंडा–१२ पुगेको मण्डलको भनाइ छ। गैँडालाई केही किशोरहरूले नजिक गएर हेर्ने र गैँडाले लखेट्दा भाग्ने गरिरहेका थिए। केही मानिसहरू भने गैँडा घरवरपर नआओस् भनेर आगोको धुनी बालिरहेका थिए। गैँडालाई सुरक्षित बासस्थानतर्फ फर्काउन र मानवीय क्षति हुन नदिन आरक्षका कर्मचारीको टोली लागेको आरक्ष कार्यालयले जनाएको छ।
Read More
मकवानपुरमा ३ लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुँदै

मकवानपुरमा ३ लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुँदै

हेटौँडा । प्रतिनिधिसभा सदस्यका लागि आज देशभर मतदान भइरहेको छ। मकवानपुरमा पनि कडा सुरक्षा व्यवस्थाबीच तीन लाखभन्दा बढी मतदाताले मतदान गर्दै छन्। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। मतदातालाई सुरक्षित र व्यवस्थित रूपमा मतदान गर्न चार वटै सुरक्षा निकायका करिब चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। मकवानपुर क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार जना गरी कुल १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन्। त्यसैगरी क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.