सबै समाचार

1003 Posts
अध्यक्ष मगर र अधिकारीलाई भरतपुरमा सम्मान र बधाई

अध्यक्ष मगर र अधिकारीलाई भरतपुरमा सम्मान र बधाई

भरतपुर । नेपाल पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारीलाई भरतपुर महानगरपालिका मेयर रेणु दाहालले बधाई र शुभकामना दिनुभएको छ । नवनिर्वाचित प्रदेश अध्यक्ष द्वय मगर र अधिकारीलाई आज महानगरपालिकामा आयोजित एक कार्यक्रममा उहाले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका सधै मिडिया मैत्री भएको बताउदै मेयर दाहालले पत्रकारहरुको हकहितका लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । समग्र भरतपुरको विकासमा मिडियाको महत्वपूर्ण भुमिका रहेको स्मरण गर्दै मेयर दाहालले पत्रकार महासघ, प्रेस सेन्टर नेपाल लगायतका सञ्चार संस्थाहरु सङ्ग हातेमालो गर्दै महानगरपालिका अघि बढ्न तयार रहेको पनि…
Read More
नव सर्जकको पहिलो जिल्ला समिति मधेस प्रदेशमा

नव सर्जकको पहिलो जिल्ला समिति मधेस प्रदेशमा

रौतहट । नवसर्जक साहित्य चौतारी नेपालको मधेस प्रदेश समितिको आयोजनामा रौतहटमा पहिलो जिल्ला समिति गठन भएको छ । होली(फागु)को अवसरमा गरिएको यस कार्यक्रममा रचना वाचन तथा फागु गीतसमेत प्रस्तुत गरिएको थियो । राजन गुप्ताको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा रोशनी यादव र श्वेता यादव, सचिवमा नितेश साह, कोषाध्यक्षमा गुड्डी यादव, तथा सदस्यहरूमा मुस्कान सिंह, मनोरमा साह तथा अञ्जना यादव रहेका छन् । कार्यक्रममा वृजकिशोर यादव, सञ्जय साह मित्र, दीपक गौतम, बिन्दा साहनी, रमेशमोहन अधिकारी, रेनु गुप्ता, डी.बी. बर्तौला, राजकुमार लामिछाने, किसुनदयाल यादव, प्रभा पौडेल, रामशरण रिजाल, धनदेव जोशी, हरि जी.सी., सरोजकुमार साह, पोनाहाङ्मा लोबा, स्वस्तिका दाहाल, रोशन गडतौला, प्रविना प्रयासी, प्रतिमा…
Read More
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडा नगरको अधिवेशन सम्पन्न

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडा नगरको अधिवेशन सम्पन्न

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौंडा नगरको अध्यक्षमा प्रकाश प्रसाद देवकोटा चयन भएका छन् । संगठनको शुक्रबार मकवानपुरको हेटौंडामा सम्पन्न नगर अधिवेशनले देवकोटाको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा डेविट श्रेष्ठ, सचिवमा दिक्षान्स खड्का चयन भएका छन् । अधिवेशनले कोषाध्यक्ष भने चयन गरेको छैन । सदस्यहरुमा बिनय थापा, कुस्ण केसी, दिपेश राना मगर, रमेश लामा, किशोर श्रेष्ठ र जित सिं भण्डारी चयन भएका छन् ।
Read More
सरकारी हेटौंडा अस्पताल जोगाउन माग गर्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

सरकारी हेटौंडा अस्पताल जोगाउन माग गर्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

मकवानपुर । सरकारी हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने सरकारी निर्णयको विरोध गर्दै हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानले गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको हो । अभियानका संयोजक विशालराज महतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हेटौंडा अस्पतालको सम्पूर्ण जमिन, भवन, संरचना, उपकरण तथा स्रोतसाधनलाई पूर्ण रूपमा सरकारी स्वामित्वमै राख्नुपर्ने माग गरिएको छ। संविधान र संघीय कानुनअनुसार सरकारी अस्पतालको सम्पत्ति कुनै संस्थामा गाभ्न नमिल्ने भन्दै अभियानले सरकारको निर्णय फिर्ता लिन आग्रह गरेको छ। अभियानले २०८१ फागुन ११ गतेदेखि एक सातासम्म हेटौँडामा नागरिकहरुबाट संकलन गरिएको ४ हजार हस्ताक्षर समर्थनसहित ज्ञापनपत्र बुझाएको उल्लेख गरिएको छ।…
Read More
‘होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक’-प्रदेश प्रमुख देवकोटा

‘होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक’-प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताउनु भएको छ । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्ताे बताउनु भएको हो। ‘हाेलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ । होलीलाई आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रुपमा लिइने उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ । चाडपर्वहरू विशिष्ट मौलिक पहिचानका निरन्तरता भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभएको छ ‘नेपाल सभ्यता र संस्कृतिमा धनी छ, शिष्टता, सद्भाव, मौलिकता र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन…
Read More
गैरसरकारी संस्था महासंघमो केन्द्रीय सचिवमा पूनः बुद्धशरण लामा

गैरसरकारी संस्था महासंघमो केन्द्रीय सचिवमा पूनः बुद्धशरण लामा

मकवानपुर । गैरसरकारी संस्था महासंघ (एनजीओ फेडेरेसन) नेपालको केन्द्रीय सचिवमा मकवानपुरका बुद्धशरण लामा पुनः चयन भएका छन् । महासंघको काठमाडौंमा भएको ११ औं राष्ट्रिय महाधिवेशनबाट उनलाई बागमती प्रदेशबाट दोस्रो पटक सचिव पदको जिम्मेवारी दिएको हो । गैरसरकारी संस्था महासंघको निवर्तमान केन्द्रीय सचिव एवं पूर्व केन्द्रीय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज रहेका लामा गैरसरकारी संस्था महासंघ मकवानपुरको पूर्व अध्यक्ष समेत हुन् । केन्द्रीय सचिवमा पुनः चयन भएपछि लामाले सहयोग एवं समझदारीको लागि सबै केन्द्रीय कार्यसमिति र प्रतिनिधि सदस्यहरुलाई फेसबुकमार्फत् धन्यवाद व्यक्त गरेका छन् । ‘गैसस महासंघ नेपालको केन्द्रीय कार्यसमितिको ३० औं साधारणसभा तथा ११ औं महाधिवेसनबाट मलाई केन्द्रीय सचिवमा पुनः निर्वाचित…
Read More
सडक नाटकमा बुद्ध मावि हात्तिगौँडा प्रथम

सडक नाटकमा बुद्ध मावि हात्तिगौँडा प्रथम

मकवानपुर ।हेटौँडामा आयोजित प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगितामा बुद्ध मावि, हेटौंडा-१२ हात्तिगौँडा प्रथम भएकाे छ । प्रतियाेगितामा बुद्ध माविले प्रस्तुत गरेको "अप्सरा" नामक नाटकले प्रथम स्थान हासिल गर्न सफल भएको हाे । सामाजिक रूपान्तरणका लागि सचेतनामूलक सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विजेता बनेसँगै बुद्ध माविले रु. १५,०००/- नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा विभिन्न विद्यालय तथा संस्थाका नाटक समूहहरूले सामाजिक विषयवस्तुमा आधारित सिर्जनशील नाटक प्रस्तुति राखेका थिए । हेटौंडा उपमहानगरपालिका-४ नम्बर वडा कार्यालयको आयोजना तथा झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।
Read More
पालुङ क्याम्पस स्ववियु चुनावका लागि ने.वि. संघ र अनेरास्ववियुको संयुक्त प्यानल घोषणा

पालुङ क्याम्पस स्ववियु चुनावका लागि ने.वि. संघ र अनेरास्ववियुको संयुक्त प्यानल घोषणा

मकवानपुर । आउँदै गरेको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पालुङ क्याम्पसमा नेपाली विद्यार्थी संघ (ने.वि. संघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त प्यानल घोषणा गरेका छन्। उक्त प्यानलमा सभापति पदका लागि ने.वि. संघकी रोशनी गोपाली उम्मेदवार बनेकी छिन्। सचिव पदमा अनेरास्ववियुका आर्यम नापित, कोषाध्यक्ष पदमा ने.वि. संघकी नविना अधिकारी, सदस्यहरूमा अनेरास्ववियुकी नविका धमाल, अर्पणा रायमाझी तथा ने.वि. संघकी प्रकृति थापा उम्मेदवार रहेका छन्। समानुपातिक तर्फ अनेरास्ववियुबाट विराट श्रेष्ठ, निष्कला बिष्ट, सोनिका ढकाल र सबिना श्रेष्ठ तथा ने.वि. संघबाट रक्षा गोपाली उम्मेदवार रहेका छन्।
Read More
डिजिटल मिडिया अलायन्स (डिम्यानम) गठन

डिजिटल मिडिया अलायन्स (डिम्यानम) गठन

मकवानपुर । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् । सोमबार गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिकरूपमा डिम्यानम घोषणा गरिएको हो । संस्थाको नेतृत्व सुनौलो नेपालका मोहराज पौडेलले गरिरहनुभएको छ भने उपाध्यक्षद्वयमा नेपाल वान एचडीका मोनिका सिंह र हुलाक सञ्चारका महेश पौडेल, महासचिवमा सिधाकुरा मिडिया नेटवर्कका युवराज कँडेल, सचिवमा राइट सञ्चारका अर्जुन विस्ट र कोषाध्यक्षमा लालीगुँरासका कमल चौलागाईं हुनुहुन्छ । सदस्यमा आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईं, अबाट नेपालका नरेन्द्र महरा र सल्लाहकारमा सिटिजन एचडीका विजन दुवाडी हुनुहुन्छ ।
Read More
दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सले जित्यो

दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सले जित्यो

मकवानपुर । हेटौडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गते देखी सुरु भएको दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ । हेटौडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले नगद एक लाख ५० हजार पाँचसय पचपन्न रुपैयाँको राशि हात पार्न सफल भएको प्रतियोगीता संयोजक मणिराज गौतमले बताउनु भयो । खेलको १४ औ मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए पनि खेलको २७ औ मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगातमान लामाले गोल गर्दै बराबरीमा बनाएका थिए । निर्धारित समयमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.