सबै समाचार

1003 Posts
भाषाको संरक्षणमा सरकारसँगै नेवार समुदाय सक्रिय हुनुपर्ने

भाषाको संरक्षणमा सरकारसँगै नेवार समुदाय सक्रिय हुनुपर्ने

मकवानपुर । नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा सरकारहरुलाई झक्झ्याउँदै नेवार समुदायहरु सक्रिय हुनुपर्नेमा नेपाल भाषा प्रवर्द्धन कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बागमती प्रदेश सरकारले तामाङसँगै नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गरिरहेकोले नेवार समुदाय जागरुक हुन आग्रह गरिएको हो । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन कार्यालय काठमाडौं र नेपाल भाषा एकेडेमीको संयुक्त आयोजनामा हेटौंडामा शनिबार कार्यक्रम भएको थियो। कार्यक्रममा नेपाल भाषा एकेडेमीले नेपाल भाषालाई बागमती प्रदेश सरकारले कामकाजको भाषा घोषणा गरेको सन्दर्भमा भाषिक जागरण अभिमुखीकरणका लागि आधारपत्र प्रस्तुत गरेको थियो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्य तथा भाषा अभियान्ता…
Read More
कांग्रेसले बागमती कार्यसमिति र ६६ प्रदेश क्षेत्रीय सभापतिलाई प्रशिक्षण

कांग्रेसले बागमती कार्यसमिति र ६६ प्रदेश क्षेत्रीय सभापतिलाई प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले बागमती प्रदेश कार्यसमिति र बागमती प्रदेशका ६६ प्रदेशसभा क्षेत्रीय सभापतिहरुलाई संगठन सुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रशिक्षण दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति एवं प्रशिक्षण विभाग प्रमूख चन्द्र महर्जनको सभाध्यक्षतामा आईतबार ललितपुरको ग्वार्कोमा भएको प्रशिक्षण कार्यक्रमको कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथि केन्द्रीय सभापति देउवाले प्रशिक्षणले संगठन सुदृढिकरण र विस्तारमा सहज हुने बताउँदै क्षेत्रीय सभापतिहरुलाई अहिले विकसित राजनीतिक घटनाक्रम र कांग्रेसको भावी रणनीतिबारे स्थानीय नेता कार्यकर्ताहरुलाई प्रकाश पार्न निर्देशन दिनुभयो । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले प्रशिक्षणले गाउँगाउँमा रहेका आम कार्यकर्ता तथा…
Read More
नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न पाइँदैन: सचिव खरेल

नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न पाइँदैन: सचिव खरेल

हेटौँडा । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले कुनै पनि बहानामा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन नहुने बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र फ्रिडम फोरमको संयोजनमा आइतबार हेटौँडामा आयोजित अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी प्रादेशिक संयन्त्र अभिमुखीकरण कार्यक्रममा बोल्दै सचिव खरेलले अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भएको र नियमनका नाममा त्यसलाई कुण्ठित गर्न नहुने उल्लेख गरे। उनी अनुसार, अभिव्यक्ति स्वतन्त्रता सुरक्षा संयन्त्र कार्यविधि निर्देशिका २०७५ ले सुरक्षा संयन्त्रको गठन, निर्देशक समिति, द्रुत उद्धार टोली तथा प्रदेश र जिल्ला तहमा संयन्त्र तथा सञ्जाल निर्माणको व्यवस्था गरेको छ। खरेलले पत्रकारिता अभिव्यक्ति स्वतन्त्रताको आधारस्तम्भ भएको उल्लेख गर्दै कसैको असक्षमता…
Read More
फ्याँकिएको राजतन्त्रको औचित्यहीन बहसमा अलमल्लिन नहुनेमा जोड

फ्याँकिएको राजतन्त्रको औचित्यहीन बहसमा अलमल्लिन नहुनेमा जोड

हेटौंडा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले मुलुकमा सुशासन, सम्बृद्धिको महाबहस हुनुपर्ने बेलामा केहीथान राजाबादीहरुको रहरमा औचित्य सिद्धिएको राजतन्त्रको जबरजस्त बहस गर्न खोजिएको बताउॅदै यसमा कोही पनि अलमल्लिन नहुने बताएका छन्। मुलुकको आजको समस्या र आवश्यक्ता भन्दा बाहिरको बहस समयको बर्बादी मात्र रहेको उनको जिकिर छ। माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा मकवानपुरको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले भने, “आज सतहमा देखापरेका भ्रष्ट्राचार, विकृती र विसंगति औंल्याएर एकथरीहरुले जसरी राजतन्त्रलाई विकल्पको रुपमा चित्रित गर्ने दुस्साहस गरिरहेका छन् त्यो भन्दा कुरुप चित्र राजतन्त्रमा ब्यहोरेका छौं।” अहिले मुलुकलाई अगाडी बढाउन सुशासन…
Read More
दोस्रो जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हेटौंडा-११ मा सुरु

दोस्रो जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हेटौंडा-११ मा सुरु

मकवानपुर । मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा दोस्रो जिल्ला स्तरीय खुला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हेटौंडामा सुरु भएको छ। थानाभऱ्याङ्ग बहुउद्देश्यीय ब्याडमिन्टन कभर्ड हल, हेटौंडा-११ मा आयोजना भएको प्रतियोगिता चैत्र ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र हेटौंडा-११ का वडा अध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो। उद्घाटन कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ, डाङ्गडुगे सामुदायिक बनका अध्यक्ष सालिकराम पुडासैनी, सहायक हवल्दार निमा भण्डारी लगायतको उपस्थिति रहेको थियो। मकवानपुर जिल्ला ब्याडमिन्टन संघले हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताका मुख्य प्रायोजक…
Read More
प्रतिनिधिसभामा प्रश्नोत्तर: युवाहरुलाई उद्यमशील बनाउने सरकारको पहल

प्रतिनिधिसभामा प्रश्नोत्तर: युवाहरुलाई उद्यमशील बनाउने सरकारको पहल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई उद्यमशील बनाउनका लागि स्टार्टअप ऋण सहायता कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। उहाँले यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गर्ने बताउनुभयो। आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्तालाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रमको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले हालै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न गरेको जानकारी दिँदै भने, "आजको संसार ग्लोबल भिलेज बनिसकेको छ, जहाँ व्यवसाय, रोजगारी र अध्ययनका…
Read More
प्रदेशस्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता प्रथम

प्रदेशस्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता प्रथम

मकवानपुर । बागमती प्रदेश स्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता विष्ट प्रथम भएकी छिन् । प्रतियोगितामा काठमाडौँकी सरस्वती अधिकारी द्वितीय ,हेटौँडाकी स्मिता अर्जेल तृतीय र काभ्रेकी सुनिता सापकोटाले सान्त्वना स्थान प्राप्त गरेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए । कार्यक्रम बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र सञ्चारिका समूह बागमती प्रदेशको संयोजनमा सम्पन्न भएको हो। खोज मूलक पत्रकारिताका लागि महिला पत्रकारहरुलाई विद्वतवृत्ति गर्ने कार्यक्रम अन्तर्गत मंगलबार प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट २० प्रतियोगीमध्ये १३ जिल्लाका १७ जनाको सहभागीता रहेको थियो । यसअघि खोज मूलक पत्रकारिताका लागि…
Read More
मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलको जीत

मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलको जीत

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी विजयी भएका छन्। नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट रेग्मीले ७०६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए। यसअघि लामा नै स्ववियु सभापति रहेका थिए। सचिव पदमा नेविसंघका उत्सव ढुंगाना ७११ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का दिपेश कार्कीले ५४४ मत पाए। त्यसैगरी, कोषाध्यक्ष पदमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत प्राप्त गरे। सदस्यतर्फ पनि गठबन्धनकै उम्मेदवारहरू विजयी भएका छन्। विजयी हुनेमा मनोज घलान, उमेश चौधरी, दिवश…
Read More
हेटौंडाको सडक किनारमा पर्यटकीय गन्तव्य झल्काउने भित्तेचित्र

हेटौंडाको सडक किनारमा पर्यटकीय गन्तव्य झल्काउने भित्तेचित्र

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरलाई सुन्दर बनाउन थालेको अभियान अन्तर्गत नेपाल ट्रस्टको पर्खालमा भित्तेचित्र कोर्ने कार्य अघि बढाइएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१० को सडक छेउमा रहेका उक्त पर्खालमा उपमहानगर क्षेत्रभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई चित्रकलामार्फत प्रस्तुत गरिंदैछ। नगर प्रमुख मीनाकुमारी लामाले चित्रकलाको अवलोकन गर्दै थप सुधारका लागि सुझावसमेत दिएकी छिन्। पहिलो चरणमा १७ सय स्क्वार फिट क्षेत्रमा १५ वटा चित्र बनाइने योजना छ। नगरको खरिद समितिमार्फत विभिन्न वडाका पर्यटकीय स्थलहरूलाई चित्रमा उतार्ने जिम्मा कलाकारहरूलाई दिइएको छ। यस भित्तेचित्र निर्माणका लागि उपमहानगरपालिकाले ४ लाख ६८ हजार ३५३ रुपैयाँको ठेक्का लगाएर काम अगाडि बढाएको छ। यस अभियानले हेटौंडाको सौन्दर्य अभिवृद्धि गर्दै आन्तरिक तथा…
Read More
बागमती प्रदेशमा स्वास्थ्य प्रणाली सुधार भएको मन्त्री थापाको दाबी

बागमती प्रदेशमा स्वास्थ्य प्रणाली सुधार भएको मन्त्री थापाको दाबी

हेटौंडा । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठी सुरु भएको छ। प्रदेशभरका स्वास्थ्य संस्थाहरूको मूल्यांकन गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति निर्माण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशमा स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सरकारले विशेष काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, "हामीले स्वास्थ्य सेवा सहज, सर्वसुलभ र प्रभावकारी बनाउन प्रतिबद्ध छौं। समिक्षा गोष्ठीहरूले हाम्रो कार्यक्षमताको मूल्यांकन गर्न र आगामी वर्षका लागि ठोस योजना बनाउन मार्गनिर्देशन गर्छ। यस वर्ष स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्रविधि सुधारमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.