गैरसरकारी संस्था महासंघमो केन्द्रीय सचिवमा पूनः बुद्धशरण लामा

मकवानपुर । गैरसरकारी संस्था महासंघ (एनजीओ फेडेरेसन) नेपालको केन्द्रीय सचिवमा मकवानपुरका बुद्धशरण लामा पुनः चयन भएका छन् । महासंघको काठमाडौंमा भएको ११ औं राष्ट्रिय महाधिवेशनबाट उनलाई बागमती प्रदेशबाट दोस्रो पटक सचिव पदको जिम्मेवारी दिएको हो ।

गैरसरकारी संस्था महासंघको निवर्तमान केन्द्रीय सचिव एवं पूर्व केन्द्रीय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज रहेका लामा गैरसरकारी संस्था महासंघ मकवानपुरको पूर्व अध्यक्ष समेत हुन् । केन्द्रीय सचिवमा पुनः चयन भएपछि लामाले सहयोग एवं समझदारीको लागि सबै केन्द्रीय कार्यसमिति र प्रतिनिधि सदस्यहरुलाई फेसबुकमार्फत् धन्यवाद व्यक्त गरेका छन् । ‘गैसस महासंघ नेपालको केन्द्रीय कार्यसमितिको ३० औं साधारणसभा तथा ११ औं महाधिवेसनबाट मलाई केन्द्रीय सचिवमा पुनः निर्वाचित गराउन बिशेष गरी महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका सबै प्रतिनिधि साथीहरुलाई आभार व्यक्त गर्न चहान्छु । सबैको जय होस् ।’

गैरसरकारी संस्था महासंघ मकवानपुरको कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भएका लामाले मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष र बागमती प्रदेश अध्यक्षको भुमिका समेत निर्वाह समेत गरिसकेका छन् । २८ बर्षदेखी गैरसरकारी संस्थामा क्रियाशील लामा युवा सेवा समाज(युसेस) मकवानपुरको अध्यक्षको रुपमा क्रियाशील छन् ।

गैरसरकारी संस्था महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । राष्ट्रियसभा गृहमा भएको महाधिवेशन, ३० औं वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनले अर्जुन भट्टराईको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा, उपाध्यक्षद्वयमा राजेन्द्र शर्मा र सञ्जय लम्साल, महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा तथा कोषाध्यक्षमा गोविन्द शाही चयन भएका छन् ।

सात प्रदेशबाट प्रतिनिधित्व रहनेगरी ७ जना सचिव चयन भएका छन् । कोशीमा सरिता आङदेम्बे, मधेशमा रामचन्द्र साह, बागमतीमा बुद्धशरण लामा, गण्डकीमा राजेन्द्रप्रसाद पौडेल, लुम्बिनीमा नमस्कार शाह, कर्णालीमा जजराज शाही र सुदूरपश्चिममा सावित्रा घिमिरे (बिक) सचिव बनेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.