सबै समाचार

1003 Posts
स्नूकर प्रतियोगितामा उपाधि जितेका सोम लामालाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान

स्नूकर प्रतियोगितामा उपाधि जितेका सोम लामालाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान

मकवानपुर । बुटवलमा सम्पन्न अल नेपाल बुटवल मेयरकप खुला स्नूकर प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै सहभागी भएका सोम लामा उपाधि विजेता बनेका छन्। उपाधि जितेर हेटौंडा फर्किएका लामालाई हेटौंडा उपमहानगरपालिकाले बधाई तथा सम्मान गरेको छ। नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँ सहितका प्रतिनिधिहरूले लामासहित प्रतियोगितामा सहभागी भएका हेटौंडाका खेलाडीहरूलाई शुभकामना तथा सम्मान व्यक्त गरेका छन्। उक्त प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो, जसमा लामाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका हुन्। खेलकुदको विकासका लागि हेटौंडा उपमहानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख लामाले स्थानीय खेलाडीहरूलाई अझै अघि बढ्न प्रेरित गर्ने बताएकी छिन् ।
Read More
सुशासनका लागि प्रहरी, प्रशासन र पत्रकारको साझा जिम्मेवारी : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

सुशासनका लागि प्रहरी, प्रशासन र पत्रकारको साझा जिम्मेवारी : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

मकवानपुर । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले सुशासन कायम राख्न प्रहरी, प्रशासन र पत्रकार सबैको समान जिम्मेवारी रहेको बताएकी छन्। आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूसँगको भेटघाटमा उनले सभ्य समाज निर्माण केवल प्रशासन र सुरक्षाकर्मीको काम मात्र नभएर सबै पक्षको सहकार्य आवश्यक पर्ने उल्लेख गरिन्। समाजलाई सुरक्षित र सकारात्मक परिवर्तन गर्न समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ। प्रजिअ श्रेष्ठले सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा शान्ति सुरक्षालाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिन्। साथै, समाजमा हुने आपराधिक क्रियाकलापप्रति प्रशासनले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पारिन्। पत्रकारिताको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै उनले सत्यतथ्यमा आधारित रहेर मात्र समाचार सम्प्रेषण…
Read More
हेटौडा भेट्रान्स कप : किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश

हेटौडा भेट्रान्स कप : किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश

मकवानपुर । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स फाइनल प्रवेश गरेका छन् । आइतबार हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई एक शून्य गोल अन्तरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने किङकम भेट्रान्सले आयोजक हेटौडा भेट्रान्स क्लबलाई तिन गोलको विरुद्ध पाँच गोल गर्दै फाइनल प्रवेश गरेको हो । खेलमा फ्रिडम भेट्रान्सको तर्फबाट खेलको छैटौँ मिनेटमा कृष्ण मालाकारले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । खेलमा म्यान अफ द म्याच गोलकर्ता मालाकार घोषित भएका थिए ।…
Read More
हेटौँडा भेट्रान्स कप : बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनल प्रवेश

हेटौँडा भेट्रान्स कप : बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनल प्रवेश

मकवानपुर । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिवार चार क्वाटर फाइनल खेल सम्पन्न भकाएछन् । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूह बिच खेल भइरहेको छ । हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बानेस्वर भेट्रान्सले एबिसि भेट्रान्स पोखरालाई ट्राईब्रेकरमा पराजित गर्न सफल हुँदै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रकरमा तिन दुई गोल अन्तरमा बानेस्वर भेट्रान्स विजयी भएको हो । खेलको म्यान अफ द म्याच…
Read More
सञ्चारिका समूह नेपाल मकवानपुरलाई सेनेटरी प्याड

सञ्चारिका समूह नेपाल मकवानपुरलाई सेनेटरी प्याड

मकवानपुर । शनिबार सञ्चारिका समुह नेपाल मकवानपुरले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रम आयोजनागरेको छ । सोही अवसरमा औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले समूहलाई २ सय थान सेनेटरी प्याड वितरण गरिएको छ । सबै महिला र बालिकाको लागिः अधिकार समानता र सशक्तीकरण भन्ने उद्देश्यले नारी दिवस मनाइएको हो । सञ्चारिका समूह नेपाल मकवानपुरकी अध्यक्ष निशा गुरुङको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । कार्यक्रममा मन्तव्य राख्नुहुँदै मेयर लामाले परम्परादेखि चलिआएको रितिरिवाजका कारण महिलामाथि विभेद भइरहेको जानकारी दिनुभयो । जसलाई सहज…
Read More
हेटौँडामा नेपाल ल्याब हाउस सञ्चालन, अध्यक्ष राणाभाटद्वारा उद्घाटन

हेटौँडामा नेपाल ल्याब हाउस सञ्चालन, अध्यक्ष राणाभाटद्वारा उद्घाटन

मकवानपुर । मकवानपुरको हेटौडामा 'हेटौडा नेपाल ल्याब हाउस एन्ड मल्टि स्पेसियालिटी क्लिनिक' सञ्चालनमा आएको छ।मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह राणाभाटले बिहीबार एक विशेष समारोहका बीच उक्त क्लिनिकको औपचारिक उद्घाटन गरेका हुन्। हेटौडा उपमहानगरपालिका-१०, राप्ती रोडमा संचालित ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाभाटले मकवानपुरमा पहिलो पटक बी ग्रेडको ल्याब सञ्चालनमा आउनु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको बताए। राणाभाटले सुविधा सम्पन्न ल्याब सञ्चालन गर्ने सञ्चालक टिमलाई धन्यवाद दिँदै सेवाग्राहीहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न आग्रह गरे। हेटौडा नेपाल ल्याब हाउसले ओपीडी, ल्याब परीक्षण, अल्ट्रासाउन्ड, फार्मेसी, ईसीजी, एक्सरे लगायतका स्वास्थ्य सेवाहरू प्रदान गर्ने जनाएको छ। बेलप्रसाद खतिवडाको नेतृत्वमा रहेको टोलीले यस ल्याबलाई…
Read More
बागमती प्रदेशको सहकारी मन्त्री श्रेष्ठले १०० दिनमा के गरे ?

बागमती प्रदेशको सहकारी मन्त्री श्रेष्ठले १०० दिनमा के गरे ?

मकवानपुर । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । मन्त्री श्रेष्ठले मंसिर ७ गतेदेखि जिम्मेवारी सम्हाल्नु भएको मन्त्री श्रेष्ठले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको हो । मन्त्रालयको लागि भवन तथा पूर्वाधार व्यवस्थापन देखि सहकारी बचत पीडितको रकम फिर्ता गराउन गरेको पहलसम्मलाई मन्त्री श्रेष्ठले आफ्नो उपलब्धिमा उल्लेख गर्नुभएको छ । सय दिनको अवधिमा सहकारी अभिलेख तथा कागजहरुको व्यवस्थापन, डिजिटाइलेशनको कार्य शुभारम्भ, नियमित रुपमा सहकारी संस्थाहरुको सुपरीवेक्षण तथा नियमन सुचारु, थप तीन वटा सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा लगायतका कार्यहरु भएको उहाँले दाबी गर्नुभयो । सेवा प्रबाहलाई सूचना प्रविधि…
Read More
विभिन्न बहानामा दुष्मनी साँध्दै वडा

विभिन्न बहानामा दुष्मनी साँध्दै वडा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडास्थित बासुदेवमार्ग मिचेर पर्खाल निर्माण गरेको आरोपमा संरचना भत्काउन वडाले १५ दिने सूचना जारी गरेपछि घरधनी चिन्तित अवस्थामा छन् । कित्ता नम्बर–२३३१ मा नक्सा पास नगरी संरचना बनाएको भन्दै पक्ष–विपक्षबीच छलफल नै नगरी एक्कासि संरचना भत्काउन सूचना जारी भएपछि पीडितले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन् । शिवकुमारी पाठकको नाममा रहेको घरजग्गा उल्लेख नगरी बोलचालको भाषा प्रयोग गरेर अर्जुन न्यौपाने तथा सीमा न्यौपानेको नाममा सूचना जारी गरिएको छ । उक्त नाममा कुनै घरजग्गा नभएको पीडितले जानकारी गराएका छन् । ‘म जन्मेको ५७ वर्ष भयो र यस ठाउँमा बसोबास गरेको । आफ्‌नो घरअगाडि १२ मिटर बाटो…
Read More
पारिजातपथमा आकर्षण व्यूटी एकेडेमीको शाखा

पारिजातपथमा आकर्षण व्यूटी एकेडेमीको शाखा

मकवानपुर । आकर्षण व्यूटी एकेडेमी हेटौंडाको यूनिसेक्स सैलुनसहितको दोस्रो शाखा हेटौंडा ४ पारिजातपथमा औपचारिक रुपमा शुरुवात गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले विहीबार उदघाटन गरेकी हुन् । कार्यक्रममा मेयर लामाले आकर्षण व्यूटी पार्लर संचालन भएको २० बर्षमा शाखा खोल्नु आफैमा सफलताको प्रतिक भएको बताईन् । ‘सौन्दर्य क्षेत्रमा विगतको अफ्ठ्यारो अवस्थामा समेत सक्रिय संचालक अस्मिता श्रेष्ठ प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भनिन् । परिवारका सदस्यहरुको सहयोगसँगै औपचारिक अध्ययन गरेका दक्ष प्रशिक्षकहरुले विविध व्यूटी पार्लर तालिम समेत संचालन गर्दै आएकोमा उनले शाखाको सफलताको शुभकामना दिईन् । व्यूटी पार्लर र प्रशिक्षण केन्द्रको माग बढ्दो रहेको भन्दै मेयर लामाले महिलाहरुलाई आर्थिक, सामाजिक रुपमा…
Read More
हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

मकवानपुर । बिहीबारबाट दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । खेलको उद्घाटन गर्नुहुँदै हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले  स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ आयोजना भएको भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरूको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने बताउनुभयो । युवा खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले प्रोत्साहन थप्ने भन्दै उहाँले बिहान र बेलुकाको समय खेलमा बिताउन सके स्वास्थ्य बन्न सकिने बताउनु भयो ।भेट्रान्स खेलले फुटबल खेलको विकासमा ठुलो योगदान पु¥याउदै आएको बत्ताउनुहुँदै उहाँले खेलाडीहरूको बिचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउँदै पुरानो सम्बन्धलाई नवीकरण गर्दै मकवानपुर जिल्लालाई खेल क्षेत्रबाट चिनाउन भूमिका खेलेकोमा हेटौडा भेट्रान्सलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.