मकवानपुर । आकर्षण व्यूटी एकेडेमी हेटौंडाको यूनिसेक्स सैलुनसहितको दोस्रो शाखा हेटौंडा ४ पारिजातपथमा औपचारिक रुपमा शुरुवात गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले विहीबार उदघाटन गरेकी हुन् ।
कार्यक्रममा मेयर लामाले आकर्षण व्यूटी पार्लर संचालन भएको २० बर्षमा शाखा खोल्नु आफैमा सफलताको प्रतिक भएको बताईन् । ‘सौन्दर्य क्षेत्रमा विगतको अफ्ठ्यारो अवस्थामा समेत सक्रिय संचालक अस्मिता श्रेष्ठ प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भनिन् ।

परिवारका सदस्यहरुको सहयोगसँगै औपचारिक अध्ययन गरेका दक्ष प्रशिक्षकहरुले विविध व्यूटी पार्लर तालिम समेत संचालन गर्दै आएकोमा उनले शाखाको सफलताको शुभकामना दिईन् । व्यूटी पार्लर र प्रशिक्षण केन्द्रको माग बढ्दो रहेको भन्दै मेयर लामाले महिलाहरुलाई आर्थिक, सामाजिक रुपमा सवल बनाउन व्यूटी पार्लर महत्वपूर्ण भुमिका रहेकोले सुलभ र गुणस्तरीय सेवा दिनुपर्ने बताईन् ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठक, सौन्दर्यकर्मी संगठनकी केन्द्रीय महासचिव बालकुमारी रानाभाट, केन्द्रीय कोषाध्यक्ष रीजु गौतम, बागमती प्रदेश सचिव सृजना पाण्डे, मकवानपुर अध्यक्ष जुनु लामा, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, मकवानपुर उद्योग बाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठ, माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा लगायतको आतिथ्य रहेको थियो ।































