हेटौंडा / हेटौंडामा भैरहेको नव उद्धमशिलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा स्कुल अफ म्यानेजमेन्टको आयोजनामा भएको ६ महिने उद्धमी प्रवर्द्धन कार्यक्रममा १५ वटा नव उद्धमी समुहले भाग लिएका थिए ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टका संस्थापक प्राचार्य पुरणबहादुर जोशिको अध्यक्षतामा भएको समापन कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेस सचिव खुबिराम अधिकारीको प्रमुख आतिथ्य ता रहेको थियो ।

कार्यक्रममा ११ वटा नव उद्धमी समुहले आ – आफ्नो उद्धमशिलता बारे प्रस्तुति दिएका थिए । प्रवर्द्धनात्मक कार्यक्रमको लागि सामाजिक विकास मन्त्रालय बागमती प्रदेश , तृपुरेश्वर औद्योगिक बिकास प्रतिष्ठान , मकवानपुर उद्योग वाणिज्य संघ लगायतको साथ सहयोग रहेको थियो ।
प्रतिकृया दिनुहोस्


































































