एकीकृत (समाजवादी) मकवानपुरको आयोजनामा पुष्पलाल स्मृति विचार गोष्ठी सम्पन्न

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा बिचार गोष्ठी गरिएको छ । नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी मकवानपुरको आयोजनामा बिचार गोष्ठी गरिएको हो ।

हेटौंडा ४ नम्बर वडा स्थित शितलमहल चोक नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी मकवानपुरको कार्यालयमा बुधबार भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य घन प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य घन प्रसाद गौतमले जनताले काम गर्ने नेता खोजेको बताए । ‘भाषण गर्ने नेता नेपालमा धेरै छन् तर काम गर्ने नेतालाइ आम जनताले मन पराउछ्न्’ गौतमले भने । ‘भष्टाचार , हत्याहिंसा , घोटाला , बिग्रेको कुराहरुनै समाचारका रुपमा बाहिर आइरहेका छन् हामीले चाहेको नयाँ नेपाल त्यो होइन’ गौतमले भने । उनले काम गरेर जनताको मन जित्न सकिने बताए ।

अब ०८४ आउन धेरै समय बाकी छैन अब सबैले काम गर्न शुरु गर्नुपर्ने बताए । यसो गरेमा मात्र कम्रेड पुष्पलाल प्रती सच्चा श्रद्धान्जली पुग्ने गौतामको भनाइ थियो। कार्यक्रममा पार्टी केन्द्रिय सदस्य राजाराम स्याङ्तान , केन्द्रिय सल्लाहकार समिति सदस्य यादव गजुरेल , बागमती प्रदेश सदस्य माधव प्रसाद तिमल्सिना , कृष्ण बहादुर सापकोटा , पार्टीका जिल्ला उपाध्यक्ष धुर्ब भुजेल , सचीव किशोर बर्तौला , नगर अध्यक्ष बिष्णुमाया लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.