हेटौंडा / हेटौँडा ११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विध्यालमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुले पोट्लक तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । कक्षा ८ का विद्यार्थी चेतनारायण श्रेष्ठको सभाध्यक्षता तथा बिध्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
विद्यार्थीहरुलाइ पढाइको साथसाथै प्रतिभा प्रदर्शन कार्यक्रममा सहभागी गराउँदा पढाउन सजिलो भएको र पढाई प्रति विद्यार्थीहरुको रुचि पनि बढेको प्रधानाध्यापक बर्तौलाले बताए । कार्यक्रममा पहिलोपटक माइकमा बोलेको विद्यार्थीहरुले अनुभव गरेकाे बर्तौलाले बताए ।
कार्यक्रममा उमावि इन्चार्ज अनन्त अधिकारी,सह प्रधानाध्यापक बैकुण्ठ नेपाल, शर्मिला ढकाल, निवर्तमान प्रधानाध्यापक हस्तलाल श्रेष्ठ, निमावि इन्चार्ज रामचन्द्र सुवेदी, प्रावि इन्चार्ज सीता सापकोटा, शिक्षक तथा अनुशासन इन्चार्ज दिपक प्रसाद गौतम लगायतको आतिथ्यता रहेको थियोे । कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो विधागत प्रतिभाहरु प्रदर्शन गरेका थिए ।