बकैयामा ख्रीष्टमसको पुर्वसन्ध्यामा क्यारोल

मकवानपुर । ख्रीष्ट्मसको पुर्वसन्ध्यामा मकवानपुरको बकैया ६ नम्बर वडास्थित जुनेली वस्तीमा क्यारोल कार्यक्रम गरिएको छ । जुइना ज्योति चर्चको आयोजनामा कार्यक्रम गरिएको हो ।

पास्टर जितबहादुर माझीको सभाध्यक्षतामा भएको कार्यक्रममा बकैया वडा नम्बर ६ का वडाध्यक्ष फुलबहादुर भोम्जनको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष भोम्जनले समाजको विकृती, विसङ्गती हटाउन इसाईहरुको योगदान रहेको भन्दै प्रशंसा गरे । उनले कार्यक्रममा आफुलाई आमन्त्रण गरेकोमा खुशी व्यक्त गर्दै इसाईहरुलाई आफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा क्वाइनोनिया भिर्कोट चर्चका पास्टर राजेन्द्र घिमिरे, जुइना ज्योति चर्चका एल्डर बिक्रम तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.