मन्त्री सिंहद्वारा मनहरी गाउँपालिकाको भवन शिलान्यास, बानियाँको मनहरीस्थित सम्पर्क कार्यालय उद्घाटन

मकवानपुर । बाग्मती प्रदेश मकवानपुर मनहरी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । भवनको शिलान्यास नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभएको थियोे ।

शनिबार भएको भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा मन्त्री सिंहले भवन सप्पन्न गर्न बजेट थोरै बाट शुरु गरिएको बताउनुहुँदै यसलाई सुविधा सम्पन्न र छिटो निर्माण गर्न आफू लागि पर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो । उहाँले आफुलाइ भवन शिलान्यासमा जुन आशा र विस्वाशले बोलाइएको छ त्यसमा सोचेको भन्दापनी बढी सुबिधा सम्पन्न भवन निर्माण गर्ने काममा आफ्नो अग्रसरता रहने आश्वासन दिनुभयो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पुर्व गृहराज्यमन्त्री तथा बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, संविधानसभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेश सभाका पुर्व सदस्यहरु, गाउँपालिका अध्यक्षहरु, गाउँपालिका पदाधिकारीहरु लगायत विशिष्ट व्यक्ति तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

मनहरी गाउँपालिका ९ नम्बर वडा रजैयास्थित मनहरी गाउँपालिकाको प्रशासनिक भवन निर्माण आयोजनाको निर्माण व्यवसायको नाम श्री तामाकोसी ढाचा निर्माण सेवा जे भी, बालाजु–१६ काठमाडौ रहेको छ । २०८१–०६–१४ मा सम्झौता भएको भवन निर्माणको काम २०८२–१२–३० मा सम्पन्न हुने जनाइएको छ । भवन निर्माणमा ८ करोड २८ लाख बजेट लाग्ने जनाइएको छ ।

यसैगरी मन्त्री सिंहले शनिबारै प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको मनहरीस्थित सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, गाउँपालिका अध्यक्षहरु, प्रदेश सभाका पुर्व सदस्यहरु, काङ्ग्रेस पार्टीका जिल्ला नेताहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.