हेटौँडा ११ वडाअध्यक्ष कप दुम्सीडाँडाले जित्यो

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडामा ११ नम्बर वडाअध्यक्ष्य टोल विकास संस्था स्तरीय रनिङ्गसिल्ड पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । वडाकप रनिङ्गसिल्ड पुरुष भलिबल प्रतियोगितामा दुम्सी डाँडा टोल विकास संस्था (सी( विजय भएको छ ।

दुम्सी डाँडा टोल विकास संस्था (सी) ले फाइनल खेलमा गणेशस्थान टोल विकास संस्थालाई २५–१३ , २५–१० , २५–१२ को सोझो सेटमा हराएको थियो । विजयी टिम खेल आयोजक संस्था दुम्सी डाँडाले लगालग दुर्इ चोटी रनिङ्गसिल्ड जितिसकेको रेफ्री अमृत मिश्रले जानकारी दिए । प्रतियोगितामा गणेशस्थान टोल विकास संस्थाले दोस्रो र दुम्सी डाँडा टोल विकास संस्था (बी) ले तेस्रो स्थान हात पारेका छन् ।

कार्तिक १२ गतेदेखि १४ गतेसम्म भएको भलिबल प्रतियोगितामा २०८१ को उत्कृष्ट खेलाडीको उपाधी दुम्सी डाँडा (सी) का निश्चल राना मगरले जितेका छन् । यस्तै उत्कृष्ट डिफेन्सको उपाधी विजयी टोल विकास संस्थाकै संगीत परियारले जिते भने सोही संस्थाकै उज्ज्वल राना मगरले उत्कृष्ट ब्लगर, सुशान्त आले मगरले उत्कृष्ट सेटरको उपाधी जिते । यसैगरी उत्कृष्ट स्पाइकर को उपाधी गणेशस्थान टोल विकास संस्थाका नवीन थापा मगरले जिते भने उत्कृष्ट उदयमान खेलाडी दुम्सी डाँडा (ए) का दिनेश अगस्ती घोषित भए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टोल विकास संस्थाहरुलार्इ प्रमुख अतिथी वडाअध्यक्ष जुना दाहाल, विशिष्ट अतिथी नेकपा एमालेका वरिष्ठ नेता रामेश्वर राना, अतिथी वडा सदस्य संजय बिडारी लगायतले रनिङ्गसिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र र नगद प्रदान गरेका थिए । प्रतियोगितामा ८ वटा टोल विकास संस्थाले भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.