सिमलटारमा बिजुली घट्ट संचालन

मकवानपुर । मकै, कोदो, फापर लगायतका अन्न पिनेर पिठो, मैदा बनाउन गाउँ घरको पानीबाट चल्ने घट्टमा पुर्याउने चलन थियो । खोलाको बगरमा त्यस्ता घट्टहरु कुलोको पानीले चल्थ्यो । जब विकासले फड्को मार्यो तब गाउँ शहरमा बद्लिन थाल्यो ।

बाटो, पानी, बत्तीको सुबिधा भएसङसङ्गै इलेक्ट्रोनिक राइस मिल, पिठो पिन्ने मिल आविस्कार भएर बजारमा आउन थालेपछी घट्टहरु विस्थापित हुन पुगे तर घट्टमा पिसाएको मकै, कोदो, फापरका पिठोका परिकारहरु पुराना मानिसहरुको जनजिब्रोमा त्यसका स्वादहरु बसिरहेकै छ ।

यस्तै हेटौंडा ११ सिमलटार निवासी विकास तितुङ्ग लामा बिजुलीबाट घट्ट चल्छकी चल्दैन भनेर अनुसन्धानमा निस्के । उनले खोजी गर्दा मकवानपुर जिल्लामा २०–२५ वटा बिजुलीबाट चल्ने घट्ट सन्चालनमा आइसकेको भेट्टाए । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका, हेटौंडा ५ पिप्ले, हेटौंडा १६ को आकाशधारा लगायतका ठाउँमा बिजुलीबाट चल्ने घट्ट संचालनमा छन् ।

तितुङ्ग आफुले पनि यस्तै घट्ट संचालन गर्ने निधो गरी २ लाख ५० हजार रकम खर्च गरी बिजुलीबाट चल्ने घट्ट संचालनमा ल्याएका छन् । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटारको आफ्नै निवासमा घट्ट संचालनमा ल्याएका हुन् उनले । ‘‘मकवानपुरको राक्सिराङ्ग गाउँपालिका बाट चलिरहेको घट्टको ढुङ्गा ५० हजार रुपैयाँमा खरिद गरि ल्याएर घट्ट निर्माण गरेको हुँ’’ , तितुङ्गले भने ।

इन्डियन मोटर भए ३ हर्ष पावर र चाइनिज भए ५ हर्ष पावरको मोटर र १६ एम्पिएरको एम्सिबीबाट घट्ट चलेको छ । एक घन्टामा ५० किलो मकै पिनेको तितुङ्गले बताए । आफुपनि घट्टमा पिनेको पिठोको परिकार खाने र गाउँका मानिसहरुलाइ पनि खुवाउने उदेश्यले घट्ट संचालनमा ल्याएको तितुङ्गले बताए । ‘‘गाउँ घरको झझल्को पनि मेटिने र घट्टको ताजा पिठो पनि पाइने भएकोले मेरो यस कुरामा लगाव छ , अर्को कुरा घट्टमा पिनेको पिठो लामो समयसम्म बिग्रदैन’’ उनले भने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.