हेटौँडामा मानव बेचबिखन अन्त्य विषयक प्रादेशिक सम्वाद सम्पन्न

मकवानपुर । हेटौंडामा आयोजित ‘मानव बेचबिखन अन्त्यको लागि विषयगत प्रादेशिक संवाद कार्यक्रम’ सप्पन्न भएको छ । रुरल हेल्थ एन्ड एजुकेसन सर्भिस ट्रष्ट (आर.एच.इ.एस.टी.) काठमाडौँको आयोजना र महिला तथा बालबालिका सरोकार केन्द्र हेटौंडा, चान्स फोर चेन्ज संस्थाको साझेदारीमा कार्यक्रम भएको हो ।

मानव अधिकारको क्षेत्रमा सरोकारवालाहरुले काम गरिरहेको तर काम गर्न भने त्यति सहज नभएको कार्यक्रमका वक्ताहरूले बताएका थिए । जिल्ला समन्वय समिति मकवानपुरको कार्यालयमा भएको एकदिने कार्यक्रममा हेममाया गुरुङले सहजिकरण गरेकी थिइन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख चन्द्रकुमारी व्यन्जन्कार, हेटौंडा उपमहानगरपालिका कार्यपालिका कार्यालयका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव पवनकुमार भट्ट, जिल्ला प्रहरी कार्यालयका दत्तराम अधिकारी, हिमराईट्सकी कुमारी वाइबा लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.