हेटौंडा । युवाहरूको सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा स्वरोजगार सिर्जनाको उद्देश्यसहित ग्रान्ड ब्यूटी एक्स्पो–२०८३ हेटौंडामा आयोजना हुने भएको छ।
युथ इको नेपाल को आयोजनामा साउन २९ र ३० गते हिमालयन दरबार, हेटौंडा–१, चौकीटोल मा हुने एक्स्पोमा भारतका चर्चित मेकअप आर्टिस्ट भूमिका बहल, हेयर कलरिङ विशेषज्ञ म्याक अब्राहेम तथा हेयर आर्टिस्ट सन्नी कुमार ले आधुनिक सौन्दर्यकला सम्बन्धी विशेष प्रशिक्षण प्रदान गर्नेछन्।
आयोजकका अनुसार कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र (International Certificate) प्रदान गरिनेछ। साथै उद्घाटन समारोहमा सारेगामापा नेपाल सिजन–२ की सेमिफाइनलिस्ट गायिका इनुङ्मा राई को विशेष सांगीतिक प्रस्तुति रहनेछ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुन टिकट शुल्क रु. ३,५०० निर्धारण गरिएको छ। आयोजकले सौन्दर्यकर्मी, ब्यूटी प्रोफेसनल, विद्यार्थी तथा उद्यमशीलतामा रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।



























