२०८३ श्रावण १५, शुक्रबार २०:०३ गते
२०८३ श्रावण १५, शुक्रबार २०:०३ गते
हेटौंडा । छिमेकी देश भारतको पश्चिम बंगालस्थित कालिम्पोङ जिल्लाको मुनसोङमा जारी ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले सानदार जित निकालेको छ। मुनसोङ स्पोटर्स् एसोसिएसन क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारको राउन्ड अफ ३२ को पहिलो खेलमा हेटौंडाले घरेलु टोली सिक्किमको माम्रिङ ब्वाइज क्लबलाई ८–१ को भारी गोलान्तरले पराजित गरेको हो। यस फराकिलो जितसँगै हेटौंडा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने अब अर्को चरणका लागि हाइल्यान्ड वारियर टिमसँग प्रतिस्पर्धा गर्नेछ। शुरुदेखि नै आक्रामक शैली प्रस्तुत गरेको हेटौंडासामू माम्रिङ ब्वाइज टिक्न सकेन। डिफेन्सिभ रणनीति अपनाए पनि हेटौंडाको लगातारको आक्रमणलाई रोक्न असफल हुँदा माम्रिङ ब्वाइज खेलभर सान्त्वना गोलमै सीमित…