समाचार

हेटौँडामा नेपाल पानी उद्योग वाणिज्य संघको साधारणसभा हुने

हेटौँडामा नेपाल पानी उद्योग वाणिज्य संघको साधारणसभा हुने

मकवानपुर । नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा माघ १७ गते हेटौंडामा हुने भएको छ । देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता संस्थाको गठन गर्न पुष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले सभा राख्ने निर्णय गरेको हो । भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ । उक्त समितिको पूर्ण बैठकले सो प्रारम्भिक साधारण सभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको…
Read More
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । संघको शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार रानाभाटले निकटतम प्रतिद्वन्दी अनिल अग्रवाललाई २९९ मतान्तरले पराजित गर्दै अध्यक्ष चुनिएका हुन् । रानाभाटले १०१४ मत र अग्रवालले ७१५ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दिपक उप्रेती, एशोशिएटतर्फ उज्जवल चौलागाई र वस्तुगततर्फ काब्यमणि अधिकारी विजयी भएका छन् । त्यस्तै महासचिवमा १०१२ मतसहित प्रतिमा श्रेष्ठ विजयी भएकी छिन् । उनले निकटतम प्रतिद्वन्दी विकेशलाल श्रेष्ठ (७१३ मत) लाई पराजित गरकी हुन् । संचारकर्मी बालकृण दाहालका अनुसार कोषाध्यक्षतर्फ भने ९१७ मतसहित तजराज अधिकारी विजयी भएका छन् । अधिकारीले…
Read More
मकवानपुरका डोजाङ तथा विद्यालयहरूमा बेल्ट टेस्ट सम्पन्न

मकवानपुरका डोजाङ तथा विद्यालयहरूमा बेल्ट टेस्ट सम्पन्न

मकवानपुर । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति मकवानपुर अन्तर्गतका डोजाङ तथा विद्यालयहरूमा प्रशिक्षणरत खेलाडीहरूको बेल्ट टेस्ट सम्पन्न भएको छ । संघको वार्षिक कार्यक्रम अनुसार शनिबार बेल्ट टेस्ट भएको हो । कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न ७ वटा डोजाङका ह्वाईट बेल्ट देखी रेड बेल्ट सम्मका १०७ जना खेलाडीहरूको सहभागिता रहेको राष्ट्रिय तेक्वान्दो संघ बागमती प्रदेश सचिव भोजराज पराजुलीले जानकारी दिए । बेल्ट टेस्टको नतिजा एक साताभित्र आउने पराजुलीले बताएका छन् । संघका केन्द्रीय सदस्य नारायण सिंह थिङ को उपस्थितिमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष मदन कुमार श्रेष्ठ, उपाध्यक्ष केशव बहादुर कार्की, सचिव रवीन्द्र राई, सहसचिव रावन कीष्म राई र कोषाध्यक्ष दीपेन्द्र नेपालीको…
Read More
फोनिज मकवानपुर अध्यक्षमा नवराज वाईबा,उपाध्यक्षमा सन्देश थिङ

फोनिज मकवानपुर अध्यक्षमा नवराज वाईबा,उपाध्यक्षमा सन्देश थिङ

मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा नवराज वाईबा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न छैठौँ जिल्ला अधिवेशनले वाईबाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शाखा उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान र सहसचिवमा निशा गुरुङ सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा जमुना थिङ, सम्झना थापा मगर, भुपेन्द्र राना मगर, अन्जना न्यासुर, दिव्यदृष्टि लामा, नविन चौधरी, रवीन्द्र वाईबा र विवेक सिन्तान सर्वसम्मत चयन भएका छन् । फोनिज केन्द्रीय पार्षदमा कृष्ण सारु मगर, आदर्श थोकर, रन्जिता डङ्गोल, सुवर्णलाल श्रेष्ठ र उमेश राई सर्वसम्मत चयन भएका छन् । त्यस्तै फोनिजको प्रदेश पार्षदमा…
Read More
मउवा संघको चुनावमा कडा प्रतिस्पर्धा, चुनाव भड्किलो र खर्चालु भएकोमा पूर्व अध्यक्षहरुको आपत्ति

मउवा संघको चुनावमा कडा प्रतिस्पर्धा, चुनाव भड्किलो र खर्चालु भएकोमा पूर्व अध्यक्षहरुको आपत्ति

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको पुस २७ गते शनिबार हुने चुनावको तयारी सकिएको छ । हेटौंडाको पल्पसा सदनमा बिहान ९ बजेदेखि साँझ ४ बजे सम्म मतदान हुने र मतदान पश्चात सोही स्थानमा मतगणना गरिने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता इश्वरराज ढकालले जानकारी दिए। मतदानको बेलामा मतदाताले मोबाइल, क्यामरा, रेकर्डर जस्ता डिभाईसहरु लान नमिल्ने निर्वाचन अधिकृत ढकालले जानकारी दए । उम्मेदवारहरूले बिहीबार नै आ–आफ्नो उम्मेदवारी मनोनयन गरेका छन् भने ७ जना निर्विरोध चयन भएका छन् । एक जना अग्रवाल प्यानलका र ६ जना रानाभाट प्यानलका रहेको जनाइएको छ । चुनावी प्रकृतिया भड्‌कीलो र खर्चिलो भएकोमा पूर्व अध्यक्षहरुको आपत्ती चुनावमा बाटै भरी…
Read More
भुटनदेवी सामुदायिक वनका कार्यसमितिको सपथग्रहण सम्पन्न

भुटनदेवी सामुदायिक वनका कार्यसमितिको सपथग्रहण सम्पन्न

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० सिसौघारीस्थित भुटन देवी सामुदायिक वन उपभोक्ता समुहको २२औं साधारण सभा तथा अधिवेशनबाट गठित नयाँ कार्यसमितिको सपथ ग्रहण सम्पन्न भएको छ । नयाँ कार्य समितिका अध्यक्ष सोमबहादुर लामा, उपाध्यक्ष सुरेश कुमार लामा, सचिव अञ्जु कुमारी तितुङ, सहसचिव इन्दिरा लामा, कोषाध्यक्ष उमा सुनार तथा सदस्यहरु दुर्गाबहादुर लामा, चन्द्रदेवी विक, यमुना सुनार, ध्रुवबहादुर हाडा, गीतादेवी यादव र सान्तकी खड्गीले सपथ ग्रहण गरेका हुन् । निर्वाचन समितिका संयोजक रामहरि चौलागाईंको सभाध्य्क्षमा संपन्न सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष फुर्वा दोर्जे तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डिभिजन वन कार्यलय…
Read More
बकैया कपमा वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

बकैया कपमा वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार ३ खेल सम्पन्न भएको छ ।सुरु भएको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको बिहीबारको खेलमा भएको वडा नम्बर ३,४ र ६ ले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा वडा नम्बर ३ ले ७ लाई १-० गोलले हराएको हो । वडा नम्बर ३ का लागि छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच ३ नम्बरका आयुष नेगि घोषित भए । बिहीबार दुई टिम बीचको दोस्रो हाफको खेल भएको हो । बुधबार समय अभाव भएसँगै पहिलो हाफपछि खेल बिहीवारका लागि तोकिएको थियो । यस्तै…
Read More
हेटौंडा १३ बालमैत्री वडा घोषणा

हेटौंडा १३ बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१३ नम्बर वडालाई निकृष्ट बालश्रम र बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। कार्यक्रम १३ नम्बर अध्यक्ष पेम्बा लामा को सभाअध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा ,उपप्रमुख राजेश बानियाँ विशिष्ट आथित्यतामा उत्घाटन तथा सम्पन्न गरिएको हो। कार्यक्रममा हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, सचिव दुर्गाप्रसाद न्यौपाने, हेटौंडा-११ का अध्यक्ष जुना दाहाल, हेटौंडा-१ का अध्यक्ष सबिन न्यौपाने, हेटौंडा-९ का वडा अध्यक्ष सुकराम केसी लगायत विभिन्न पार्टीका सदस्यहरू सहभागीता रहेको थियो।
Read More
बकैया कप फुटबल प्रतियोगिता सुरु

बकैया कप फुटबल प्रतियोगिता सुरु

हेटौंडा । मकवानपुरमा छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्वर–३ स्थित बकैया रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले समग्र खेलकुद क्षेत्रको विकासको लागि पहल भइरहेकोे बताए । उनले आफू खेलकुद क्षेत्रकै मानिस भएको भन्दै खेलाडीको मर्म र भावना बुझेको र सोही अनुसार काम गर्ने प्रयास भइरहेको उल्लेख गरे । आफु मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र त्यो अत्यन्तै न्यून भएको कारण खेल क्षेत्रको विकासका लागि सोचेअनुरुप काम गर्न कठिनाई भएको उनको भनाई छ । उनले…
Read More
बागमती प्रदेश खेलकुद विकास परिषदका १० सदस्यले लिए सपथ

बागमती प्रदेश खेलकुद विकास परिषदका १० सदस्यले लिए सपथ

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा मनोनित भएका १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सदस्यहरु क्रमश रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले सपथ लिएका हुन् । सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा लगायतले मनोनित सदस्यहरुलाई सपथ गराएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महर्जनले खेलकुद क्षेत्रमा लामो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.