२०८१ माघ २, बुधबार ०७:०३ गते
२०८१ माघ २, बुधबार ०७:०३ गते
मकवानपुर । हेटौंडामा थारुसमुदायले विभिन्न कार्यक्रम गरि माघी मनाएका छन् । थारु भेषभुसामा सजिएका युवायुवतीहरुले हेटौंडामा र्याली प्रदर्शन गर्नुका साथै माघी महोत्सवको पनि आयोजना गरे । थारु कल्याणकारी समाज मकवानपुरको आयोजनामा हेटौंडा ४ स्थित भुटनदेवी स्कुलको चौरमा माघी महोत्सव गरिएको थियोे । हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको हो । महोत्सवमा थारु सस्कृती झल्काउने नाचगान प्रदर्शन गरिनुका साथै थारु परिकारको समेत स्टल राखी महोत्सव अवलोकन गर्न आउनेहरुलाइ सशुल्क थारु परिकारका स्वाद चखाइएको थियोे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, १० नम्बर वडाका वडाध्यक्ष फुर्वादोर्जे तामाङ, ११ नम्बर वडाका वडाध्यक्ष जुना दाहाल,…