समाचार

सोनाम ल्होछारको अवसरमा प्रदेश प्रमुख देवकोटाको शुभकामना

सोनाम ल्होछारको अवसरमा प्रदेश प्रमुख देवकोटाको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज विहीबार परेको सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । “सोनाम ल्होछार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु” देवकोटाको शुभकामना सन्देशमा भनिएको छ । नेपालमा खासगरी मध्य भागको हिमाली, उच्च पहाडी र पहाडी भुभागमा बसोबास गर्ने संस्कृतिका धनी तामाङ समुदायले सोनाम ल्होछार पर्वलाई नाचगान, आफन्त भेटघाट र खानपिन गरेर रमाइलोका साथ मनाउने प्रचलन छ । यो पर्वमा कुलपूजा र प्रकृति पूजा गर्ने परम्परा छ । चेलीबेटी बोलाएर टीका लगाइदिने गरिन्छ । परम्परागत पहिरनले सजिएर एक…
Read More
‘सहिद दिवस, महत्वपूर्ण दिन’-बागमती प्रदेश प्रमुख देवकोटा

‘सहिद दिवस, महत्वपूर्ण दिन’-बागमती प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सहिदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदहरूप्रति उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् । सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारी पूर्वक आ आफ्ना कर्तव्य पालन गर्नमा सबैलाई प्रेरणा मिलोस भन्ने कामना गरेका छन् । “बर्षौं पहिले कसैले रोपेको बिरुवाले आज छहारी र शीतलता प्रदान गरेजस्तै देशको निम्ति जीवन उत्सर्ग गर्ने…
Read More
हेटौँडामा वरिष्ठ गीतकार एवम् अभिनेता नीर शाहलाई अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार

हेटौँडामा वरिष्ठ गीतकार एवम् अभिनेता नीर शाहलाई अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार

मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट वरिष्ठ गीतकार एवम् अभिनेता नीर शाह पुरस्कृत भएका छन् । एक लाख रुपैयाँ राशी सहितको 'बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१' बाट शाहलाई पुरस्कृत गरिएको हो । मङ्गलबार हेटौँडामा आयोजित पुरस्कार समर्पण तथा साङ्गीतिक समारोहमा प्रमुख अतिथि साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले शाहलाई पुरस्कार समर्पण गरेका हुन् । समारोहमा बोल्दै गीतकार नीर शाहले आफूले कहिल्यै पनि गीतकारका रुपमा चिनिनका लागि गीत नलेखेको बताए । कवि हृदयले गीत लेख्ने सन्दर्भमा शाहले भने, 'जब कविले केही लेख्छ त्यो कविता हुन्छ तर जब…
Read More
सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ, उपाध्यक्षमा जमुना थिङ

सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ, उपाध्यक्षमा जमुना थिङ

मकवानपुर । सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएका छन् । समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । यस्तै, समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः सम्झना थापा, सुनिता विष्ट, स्मिता अर्याल, सुप्रभा चौलागाईँ, अस्मिता भट्टराई, रविना घिमिरे, आँचल तिमल्सिना र सुमिना चौलागाई चयन भएका छन् । कार्यसमितिको बैठकले रमा बिष्ट र गीता कार्कीलाई सदस्यमा मनोनीत गरिएको छ । यसअघि सञ्चारिका समूहकी निवर्तमान उपाध्यक्ष प्रिया पौडेलको अध्यक्षता एवम् सञ्चारिक बागमती प्रदेश अध्यक्ष सरिता दाहालको प्रमुख…
Read More
हेटौंडामा प्रेस सेन्टर स्थापना दिवसको अवसरमा अन्तरक्रिया

हेटौंडामा प्रेस सेन्टर स्थापना दिवसको अवसरमा अन्तरक्रिया

मकवानपुर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवस मंगलबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । प्रेस सेन्टर मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले तथ्यपूर्ण र जनपक्षिय पत्रकारितामा जोड दिएका छन् । हाल सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट र केही पीत पत्रकारितामार्फत गलत एवम् भ्रमपूर्ण सूचना तथा समाचारहरु प्रकाशन, प्रसारण भइरहेको सन्दर्भमा जनमानसमा अन्यौलता सिर्जना हुने गरेको उनले उल्लेख गरे । यस किसिमको गलत र भ्रमपूर्ण सूचना र समाचारलाई श्रमजीवि जनपक्षिय पत्रकारितामार्फत स्पष्ट पार्दै सत्य तथ्य पत्रकारितामा उनले जोड दिए । हाल सार्वजनिक निकायहरुले सूचना लुकाउने प्रचलन रहेको भन्दै…
Read More

राक्सिराङमा सोनाम ल्होछारमा ३ दिन बिदा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होछार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष मल्लले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताए ।
Read More
हेटौंडाका सबै स्वास्थ्य केन्द्रबाट क्यान्सर विरुद्ध खोप दिइने

हेटौंडाका सबै स्वास्थ्य केन्द्रबाट क्यान्सर विरुद्ध खोप दिइने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको सबै स्वास्थ्य केन्द्रबाट महिलाका लागि पाठेघर बिरुद्धको एच.पि.भी खोप दिइने भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा नगर भित्र रहेका स्वास्थ्य केन्द्र र बिद्यालयमा हुने सेसन (केन्द्र) बाट खोप अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो । उपमहानगरपालिका क्षेत्रमा रहेका ८९ बिद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्रा र बिद्यालय नगएका १० देखि १४ बर्षका किशोरीहरुलाई आउँदो २२ देखि २८ गते सम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो । उनका अनुसार उपमहानगर मार्फत सञ्चालित १ सय ११ स्वास्थ्य केन्द्र र बिद्यालयमा हुने १ सय १८ सेसनबाट…
Read More
हेटौँडामा डिजेल–पेट्रोलबाट चल्ने गाडीसँग इभि एक्सचेञ्ज मेला

हेटौँडामा डिजेल–पेट्रोलबाट चल्ने गाडीसँग इभि एक्सचेञ्ज मेला

मकवानपुर । हेटौंडामा इभि एक्सचेञ्ज मेला तथा फ्रि चेकअप क्याम्प सुरु भएको छ । हेटौँडा–११ थानाभर्याङमा रहेको ईभी कार्स एण्ड मोटर्स हब प्रा.लि.ले डिजेल–पेट्रोलद्वारा चल्ने पुरानो गाडीसँग इभि एक्सचेञ्ज सुरु गरेको हो । एक्सचेञ्ज मेलामा पुरानो, जस्तोसुकै गाडी साट्न आउँदा न्युनतम ३ लाख रकम मुल्यांकन गरिने र गाडीको कण्डिसन अनुसार थप रकम प्रदान गरिने शोरुमले जनाएको छ । यो अफर माघ मसान्तसम्म चल्ने कम्पनीका संचालक युवराज आचार्यले जानकारी दिए । शोरुमले बिना धितो सहज बैंकिङ सुबिधासहित गाडी एक्सचेञ्ज गरिरहेको जनाएको छ । गाडी एक्सचेञ्ज गर्न आउने ग्राहकलाई एक वर्षको निःशुल्क ईन्स्योरेन्श, निःशुल्क ३ किलोवाट र ७ किलोवाटको चार्जर, ४३ ईञ्चको…
Read More
हेटौंडा ३ बालमैत्री वडा घोषणा

हेटौंडा ३ बालमैत्री वडा घोषणा

मकवानपुर ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ आइतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । वडा अध्यक्ष ढलकबहादुर थापाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । वडाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ सुचक मध्ये ४९ वटा सुचक सत्प्रतिशत, एक वटा ९८ प्रतिशत, एक वटा ९५ प्रतिशत नतिजा हासिल गरेको छ । वडामा १२ वटा बाल समूह र एक बाल सञ्जाल गठन गरि तीन सय ४१ बालबालिकाहरुलाई प्रत्यक्ष सहभागिता गराएर अभियान सञ्चालन गरिएको छ। घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाभित्र ७९३ बालक र ७०५ बालिका छन्…
Read More
घरेलु उत्पादन प्रवर्द्धनमा वडाको साथ, बजारीकरणमा सहयोग पुगेको भन्दै उद्यमी दंग

घरेलु उत्पादन प्रवर्द्धनमा वडाको साथ, बजारीकरणमा सहयोग पुगेको भन्दै उद्यमी दंग

मकवानपुर । आफ्नो स्थानीय तहमा रहेका घरेलु उद्यमीहरुको उत्पादन प्रवर्द्धन तथा प्रदशनी गराउने उदेश्यले हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाले दुई दिने मेलाको नै आयोजना गर्यो । नगरभित्र रहेका उद्यमीहरुले उक्त मेलामा आफ्ना सामानहरुको स्टल राखेर पदर्शनी गरे । जसका कारण आफ्ना उत्पादनको बजारीकरणमा सहयोग पुगेको भन्दै उद्यमीहरु खुसी देखिएका छन् । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट दुईदिने घरेलु उत्पादन प्रवर्द्धन प्रर्दशनी तथा नृत्य प्रतियोगिता एंव् शैक्षिक मेलाको आयोजना गरेको हो । विशेषगरी नगरमा रहेका घरेलु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा सहयोग पुर्याउने, संस्कृतिको संरक्षण गर्दै शैक्षिक विकासमा समेत टेवा पुर्याउने लक्ष्यका साथ यस वडाले दोस्रो संस्करणको यो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.