राक्सिराङमा सोनाम ल्होछारमा ३ दिन बिदा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होछार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष मल्लले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.