समाचार

प्रेस सेन्टर मकवानपुर अध्यक्षमा एमपी शर्मा

प्रेस सेन्टर मकवानपुर अध्यक्षमा एमपी शर्मा

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा एमपी शर्मा सर्वसम्मत चयन भएका छन् । हेटौँडामा शनिबार भएको छैठौं अधिवेशनले शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा राजेश थापा (गरिब) चयन तथा सदस्यहरुमा सुमित विक, राजकुमार स्याङ्बो, केदार ढकाल, आशिष बल, युवराज बिमली, सीता कोइराला र विवेक सिन्तान चयन भएका छन् । प्रेस सेन्टर नेपाल मकवानपुरकी निवर्तमान अध्यक्ष अञ्जली थापाको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
Read More
पत्रकारहरुले स्वतन्त्रताको नाममा व्यवसायिकतालाई बिर्सन नमिल्ने जिकिर

पत्रकारहरुले स्वतन्त्रताको नाममा व्यवसायिकतालाई बिर्सन नमिल्ने जिकिर

मकवानपुर । नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अझै पनि आक्रमण भइरहेको बताएकी छिन् । महासंघ मकवानपुर शाखाको कार्यसमिति बैठकमा बोल्दै उनले पत्रकारहरु व्यवसायिकता र जिम्मेवार नहुँदा प्रश्नहरु उठ्न हुन थालेको बताए । स्वतन्त्रताको नाममा पत्रकारहरुले आफ्नो व्यवसायिकतालाई बिर्सन नहुने उनको भनाई छ । अध्यक्ष शर्माले सत्यतथ्य समाचारहरु सम्प्रेषण गरेर जनताको सही सुचना पाउने अधिकारलाई सुनिश्चित्तत गर्नुपर्नेमा जोड दिए । सुचना प्रविधिमा आएको परिवर्तनले सञ्चारक्षेत्रमा चुनौती थपिएको समेत उहाँले बताए ।
Read More
मध्यवर्ती क्षेत्र खारेज गर्न जोड

मध्यवर्ती क्षेत्र खारेज गर्न जोड

मकवानपुर । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने बताएका छन् । मध्यवर्ती क्षेत्रको कारण मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका केही वडामा जनताको जीवनशैली असहज भएको र विकास निर्माणको काममा समेत बाधा पुगेको उनले बताए । शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्य सचेतक बर्तौलाले मनहरीमा रहेको नदी उकाश जमिनमा मध्यवर्तीले काम गर्न नदिएको बताउनुभयो । सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भएकोमा समेत उहाँले असन्तुष्टि जनाउनुभयो । कानुन निर्माणमा पनि कर्मचारी तन्त्रले अनावश्यक हस्तक्षेप गर्न खोजेको समेत उहाँले गुनासो गर्नुभयो । मुख्य सचेतक बर्तौलाले अन्र्तराष्ट्रिय प्रतिबद्धताहरु राष्ट्र र जनताको हितमा राखेर गर्नुपर्नेमा समेत जोड दिनुभयो…
Read More
शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने

शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने

मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । अधिवेशनले उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा चयन हुँदा सचिवमा गोपीरमण प्याकुरेल निर्वाचित भएका छन् । संगठनको कोषाध्यक्षमा भावना सापकोटा निर्विरोध भएका छन् । अधिवेशनले सह-सचिवमा सविता लामिछाने र सह-कोषाध्यक्षमा दिपेश लामा चयन भएका छन् । सदस्यहरुमा सविता तिमल्सिना, भरत पोखरेल,सरोज फुयाल, इश्वर आले, रत्नबहादुर स्याङ्तान,गिता पौडेल, लालुमाया रुम्बा,सावित्री अधिकारी, अमृता भट्ट, अनिलकुमार यादव, रामशरण दाहाल, गिताकुमारी न्यौपाने, हरिहर खनाल लगाएत चयन भएका छन् ।
Read More
हेटौंडा ३ आईतबार बालमैत्री वडा घोषणा हुँदै

हेटौंडा ३ आईतबार बालमैत्री वडा घोषणा हुँदै

मकवानपुर ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ माघ १३ गते आइतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा वडा अध्यक्ष ढलकबहादुर थापाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ सुचक मध्ये ४९ वटा सुचक सत्प्रतिशत, एक वटा ९८ प्रतिशत, एक वटा ९५ प्रतिशत नतिजा हासिल गर्दै घोषणा गर्न लागिएको बताए । उनले वडामा १२ वटा बाल समूह र एक बाल सञ्जाल गठन गरि तीन सय ४१ बालबालिकाहरुलाई प्रत्यक्ष सहभागिता गराएर अभियान सञ्चालन गरिएको बताए । घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाभित्र ७९३ बालक र ७०५ बालिका रहेको उनले बताए…
Read More
हेटौँडामा २४ सै घण्टा पानी वितरण गर्ने योजना बनाईँदै

हेटौँडामा २४ सै घण्टा पानी वितरण गर्ने योजना बनाईँदै

मकवानपुर । हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले आफ्नो वर्तमान अवस्थाको विषयमा सरोकारवाला पक्षलाई जानकारी गराउँदै हेटौँडामा २४ सै घण्टा पानी वितरण गर्ने योजना बनाउने तयारी गरेको जानकारी दिएको छ । बोर्डले उपमहानगर क्षेत्रमा दैनिक सरदर ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २८ हजार १ सय १२ वटा धाराहरुमार्फत् ८ देखि ९ घण्टा पानी वितरण गर्दै आइरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । हेटौंडाको मुख्य बजारक्षेत्रमा २४ सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको छ । बोर्डमा हालसम्म १६ वटा खानेपानी उपभोक्ता समितिहरु हस्तान्तरण भइसकेको छन् । सबै वडामा २४ सै घण्टा पानी वितरण गर्ने गरी बोर्डले योजना…
Read More
हेटौँडा १ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

हेटौँडा १ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

मकवानपुर । हेटौँडा उपमहानगरपालिका १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। हेटौंडा १ को नकौलीमा गरिएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गरेकी हुन् । हेटौंडा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेको सभाअध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख मीनाकुमारी लामाले नगरले बालबालिकाकाको क्षेत्रमा खेल्नु पर्ने भुमिकामा कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता ब्यक्त गरिन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ लगायत विभिन्न वडाका वडाअध्यक्ष तथा जनप्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
Read More
हेटौंडा-१२ ले बैंकलाई लिलामी प्रयोजनका लागि सिफारिस नदिने

हेटौंडा-१२ ले बैंकलाई लिलामी प्रयोजनका लागि सिफारिस नदिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाअध्यक्ष अर्जुन प्रसाद तिवारीले आफ्ना वडाबासीलाई घरबार बिहीन हुन नदिने बताएका छन् । उनले आर्थिक मन्दिको अवस्थामा बैंकको किस्ता बुझाउन नसकेका आफ्नो वडाबासीको धितो राखिएको घरजग्गा लिलाम गर्न मौका छोप्ने बैंकलाई वडा कार्यालयबाट सिफारिस नदिने बताएका हुन् । उनका अनुसार धितो लिलामी प्रयोजनका लागी वडा कार्यालयमा घरबाटो प्रमाणीतको सिफारिस लिन आएका कुनैपनि बैंकका प्रतिनिधिलाई सिफारिस दिइएको छैन । सम्बन्धित घरजग्गा धनी (ऋणी) लाई भने सिफारिस उपलब्ध गराउने उनले बताए । “बैंकले सिफारिस बिना मेरो वडाबासीको धितो राखेको घरजग्गा लिलाम गरेमा हेटौंडा १२ वडा कार्यलय कानुनी उपचारमा अघि बढ्छ ।”, उनले भने ” आर्थिक मन्दीको…
Read More
मकवानपुरगढीमा विजय उत्सव मनाइयो

मकवानपुरगढीमा विजय उत्सव मनाइयो

मकवानपुर । ऐतिहासिक मकवानपुरगढीको २ सय ६२ औं विजय उत्सव मनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मा अवस्थित उक्त गढीको बिहीबार एक समारोहबीच विजय उत्सव मनाइएको हो । राज्यमाथि आक्रमण गर्न आएका करिक २५ सय मुगल सेनाका फौजलाई पृथ्वीनारायण शाहको गोर्खाली सेनाले पराजित गरेको दिनको सम्झनामा मकवानपुरगढी गाउँपालिकाले हरेक वर्ष झै यस वर्ष पनि एक कार्यक्रमको आयोजना गरी विजय उत्सव मनाएको हो । कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै मुख्यमन्त्री लामाले पुरातात्विक महत्व बोकेको पर्यटकीय क्षेत्रको संरक्षण हुन नसकेको बताए ।…
Read More
‘भलिबल खेलको संरक्षण गर्न आवश्यक छ’–वडाध्यक्ष तिवारी

‘भलिबल खेलको संरक्षण गर्न आवश्यक छ’–वडाध्यक्ष तिवारी

हेटौंडा । भलिबल खेल राष्ट्रिय खेल भएकोले यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाका वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले बताएका छन् । प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८१ को आयोजकको तर्फबाट हेटौंडा १२ को वडा कार्यालयमा बिहीबार राखिएको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै वडाध्यक्ष तिवारीले यस्तो कुरा बताएका हुन् । पत्रकार भेटघाटका प्रमुख अतिथि समेत रहेका अध्यक्ष तिवारीले भलिबलको संरक्षणमा आफु लागिपर्ने बताए । ‘खेलकुद र खेलाडीको सम्मान हेटौंडा–१२ को पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै भलिबलको संरक्षण र खेलाडी उत्पादन को लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज लामा स्याङ्तानले बताए ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.