प्रेस सेन्टर मकवानपुर अध्यक्षमा एमपी शर्मा

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा एमपी शर्मा सर्वसम्मत चयन भएका छन् । हेटौँडामा शनिबार भएको छैठौं अधिवेशनले शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा राजेश थापा (गरिब) चयन तथा सदस्यहरुमा सुमित विक, राजकुमार स्याङ्बो, केदार ढकाल, आशिष बल, युवराज बिमली, सीता कोइराला र विवेक सिन्तान चयन भएका छन् ।

प्रेस सेन्टर नेपाल मकवानपुरकी निवर्तमान अध्यक्ष अञ्जली थापाको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.