पत्रकारहरुले स्वतन्त्रताको नाममा व्यवसायिकतालाई बिर्सन नमिल्ने जिकिर

मकवानपुर । नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अझै पनि आक्रमण भइरहेको बताएकी छिन् ।

महासंघ मकवानपुर शाखाको कार्यसमिति बैठकमा बोल्दै उनले पत्रकारहरु व्यवसायिकता र जिम्मेवार नहुँदा प्रश्नहरु उठ्न हुन थालेको बताए । स्वतन्त्रताको नाममा पत्रकारहरुले आफ्नो व्यवसायिकतालाई बिर्सन नहुने उनको भनाई छ ।

अध्यक्ष शर्माले सत्यतथ्य समाचारहरु सम्प्रेषण गरेर जनताको सही सुचना पाउने अधिकारलाई सुनिश्चित्तत गर्नुपर्नेमा जोड दिए । सुचना प्रविधिमा आएको परिवर्तनले सञ्चारक्षेत्रमा चुनौती थपिएको समेत उहाँले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.