घरेलु उत्पादन प्रवर्द्धनमा वडाको साथ, बजारीकरणमा सहयोग पुगेको भन्दै उद्यमी दंग

मकवानपुर । आफ्नो स्थानीय तहमा रहेका घरेलु उद्यमीहरुको उत्पादन प्रवर्द्धन तथा प्रदशनी गराउने उदेश्यले हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाले दुई दिने मेलाको नै आयोजना गर्यो । नगरभित्र रहेका उद्यमीहरुले उक्त मेलामा आफ्ना सामानहरुको स्टल राखेर पदर्शनी गरे । जसका कारण आफ्ना उत्पादनको बजारीकरणमा सहयोग पुगेको भन्दै उद्यमीहरु खुसी देखिएका छन् ।

हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट दुईदिने घरेलु उत्पादन प्रवर्द्धन प्रर्दशनी तथा नृत्य प्रतियोगिता एंव् शैक्षिक मेलाको आयोजना गरेको हो । विशेषगरी नगरमा रहेका घरेलु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा सहयोग पुर्याउने, संस्कृतिको संरक्षण गर्दै शैक्षिक विकासमा समेत टेवा पुर्याउने लक्ष्यका साथ यस वडाले दोस्रो संस्करणको यो कार्यक्रम आयोजना गरेको हो । अघिल्लो वर्षबाट सुरु गरिएको यो मेला हरेक वर्ष एकपटक आयोजना गर्ने अवधारणामा वडा कार्यालय लागि परेको छ ।

स्थानीय सरकारको आयोजनामा भएको यो मेलाले आफ्ना उद्यमशीलताको बजारीकरणमा साथ दिएको भन्दै उद्यमीहरु खुसी देखिएका छन् । स्टलमा राखिएका सामानबाट बिक्री भएर आम्दानी पनि हुने र यस्ता सामानहरु हेटौंडामै बन्छन् भन्ने कुराको जानकारी समेत बढ्दै गएको कारण उत्पादित सामान बिक्री गर्नका लागि सहजता भएको उद्यमीहरुको अनुभव छ ।

हेटौंडा–१० मा रहेको महिला ढाका उद्यमी समूहले उत्पादन गरेको ढाकाको कपडा देखि हेटौंडा–१२ को कञ्चनजंगा गुन्द्रुक उद्योगको गुन्द्रुक, गुन्द्रुकको अचार, हेटौंडा–५ पिप्लेमा रहेको श्रमजीवि काष्ठकला हस्तकला उद्योगका काठका सामान लगाएत जातीय पहिचान झल्कने खानाको परिकारले मेलामा स्थान जमाए ।

आफूले उत्पादन गरेको सामान मेलाको स्टलमा राख्दा बजारीकरणमा सहजता पुगेको श्रमजीवि काष्ठकला हस्तकला उद्योगकी उद्यमी राधिका श्रेष्ठ बताउँछिन् । ‘हामीले उत्पादन गरेका सामानहरु बाहिर बाहिर अर्डरमा त जान्छ । तर हेटौंडाकै मानिसहरुलाई भने त्यति जानकारी थिएन,’ उनले भनिन्, ‘धेरैले यहीँ यस्तो राम्रो सामान बन्छ रु भने सोध्नुहुन्छ । यो मेलाले गर्दा हाम्रो उद्योग र हामीले उत्पादन गरेको सामाग्रीको बजारीकरणमा एकदमै सहयोग पुगेको छ।’
मेलामा राखिएको गुन्द्रुक र गुन्द्रुकको अचारमा पनि मेला हेर्न आउनेहरुको लर्को देखिन्थ्यो ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा स्थापीत भएका महिला उद्यमीको सीप अहिले विदेशसम्म पुग्ने गरेको छ । सोही गुन्द्रुक हेटौंडा–१० बसपार्कमा लागेको मेलाको स्टलमा पाइँदा अवलोकन गर्न आउनेहरुले उत्साहका साथ किन्दै गरेको देख्न सकिन्थ्यो । दुई दिनको मेलामा राम्रो व्यापार गर्न सकिएको गुन्द्र्रुक उत्पादक उद्यमी श्रीया गुरुङ बताउँछिन् ।

त्यसोत, मेला वडा कार्यालयको आयोजनामा लगाइए पनि स्टलहरुमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका उद्यमीहरुको सहभागीता रहेको थियो । बिशेषगरी महिला उद्यमीहरुको सामानले स्टल भरिएका थिए। कतै हातलै बुनेका ऊनका कपडाहरु छन् त कतै गुन्द्रुक, खोस्टाको चकटी, काष्ठकला सामाग्री तथा अचार जस्ता सामाग्रीहरुको स्टल राखिएका थिए । यसरी मेलाको स्टलमा आफ्ना सामाग्री राख्दा बजारीकरणमा सहयोग पुगेको भन्दै उत्साहित देखिन्थे ।

अघिल्लो वर्ष पनि यस्तै मेला सम्पन्न गरेको यस वडाले यो कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकाल्दै दोस्रो पटक दुईदिने मेलाको आयोजना गरेको हो । घरेलु उत्पादन प्रवद्र्धनमा राज्यको पनि दायित्व छ, भन्ने कुरालाई सार्थकता दिन मेलाको आयोजना गरिएको हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाअध्यक्ष फुर्वा दोर्जे लामा बताउँछन् ।

‘यहाँ राखिएको स्टल अवलोकन गर्नेहरु धेर देखियो,’ उनले भने, ‘मकैको खोस्टाको कुसन देखि गुन्द्रुकसम्मले बजार पाएको छ । हेटौंडामा रहेका घरेलु महिला उद्यमीहरुको सीप र क्षमता प्रस्तुत गर्ने थलो बन्यो । मेला जम्मा दुई दिनको भएपनि उहाँहरुको उत्पादनको विज्ञापन गरेजस्तै भएको छ भन्ने हाम्रो विश्वास हो । जसले उहाँहरुले उत्पादन गरेको समाग्रीहरु बेच्नका लागि बाटो पहिल्याउन मद्दत गर्नेछ ।’

त्यसो त, यस वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रर्वद्धन गर्नको साथै उक्त अवसरमा स्थानीय जातजातीका भेषभुषा झल्कने र आ आफ्नो संस्कृतिको संरक्षणमा सहयोग पुरÞ्याउन स्थानिय पर्यटन र खाना महोत्सव तथा कला संस्कृति पहिचान झल्कने गरि नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.