समाचार

हेटौंडा ८ को युवा संघमा विमान रुम्बा

हेटौंडा ८ को युवा संघमा विमान रुम्बा

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ८ नम्बर वडामा भएको राष्ट्रिय युवा संघ नेपालको भेलाले विमान रुम्बालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । संघका ८ नम्बर वडाध्यक्ष तिलक पराजुलीको सभाध्यक्षतामा शनिबार भएको भेलाले रुम्बालाई चयन गरेको हो । यसैगरी भेलाले उपाध्यक्ष पदमा मानदषी स्याङ्तानलाई चयन गरेको छ । यस्तै सचीव मा हिमानी सुवेदी ,उपसचिवमा गोकुल चौलागाईं , ससिता गुरुङ , कोषाध्यक्षमा इसान रुपाखेती लगायत सदस्यहरुलाइ चयन गरेको छ । युवा नेता दिलुघर्ती मगरको प्रमुख आतिथ्यतामा भएको भेलामा युवा नेता गणेश कुमारी श्रेष्ठ प्रमुख वक्ताको रूपमा उपस्थिति रहेको थियो । कार्यक्रममा युवा नेताहरू आरती पाठक , सानु लामा लगायतको आतिथ्यता रहेको…
Read More
मुक्तककार शिव अधिकारीलाई सम्मान

मुक्तककार शिव अधिकारीलाई सम्मान

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले चैत्र २३ गते आफ्नो ३१४ औँ कार्यक्रमका सन्दर्भमा मुक्तक साँझ सम्पन्न गरेको छ । यस संस्थाले वि.सं.२०६४ देखि २०६८ सम्म त्रैमासिक रूपमा गरेको र २०६८ देखि वार्षिक रूपमा चैत्रको चौथो शनिवार मुक्तकविशेष कार्यक्रम गर्ने गरेको छ । यस अवसरमा इलामका ७२ वर्षीय मुक्तककार शिव अधिकारी `इलामे जेठा´लाई रु.१५,५५५/- सहित शिवसावित्री अधिकारी स्मृति मुक्तक सम्मान समर्पण गरेको छ । यसै गरी कक्षा ९-१२ का विद्यार्थीहरूमाझ गरिएको मुक्तक प्रतियोगिताका प्रतियोगीहरूमध्ये उत्कृष्ट बुध्द माध्यमिक विद्यालय हात्तीसुँडे, बकैयाकी मोनिका नेगीलाई रु.५५५५/-सहितको शिवसावित्री अधिकारी नवप्रतिभा पुरस्कार प्रदान गरेको छ । यी सम्मान तथा पुरस्कारको स्थापना साहित्यकार रमेशमोहन अधिकारीले आफ्ना…
Read More
हेटौँडामा डढेलोका कारण आँखा पिरो हुने र खोकी लाग्ने समस्या बढ्यो

हेटौँडामा डढेलोका कारण आँखा पिरो हुने र खोकी लाग्ने समस्या बढ्यो

हेटौँडा । हेटौँडाका विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण अहिले सम्पूर्ण वातावरण धुवाँमय बनेको छ। भैरवडाँडा, मनकामना डाँडा तथा अन्य विभिन्न स्थानहरूमा फैलिएको डढेलोले वायु प्रदूषण बढाएको छ, जसले गर्दा स्थानीय बासिन्दा र सवारी साधन चालकहरू स्वास्थ्य समस्यामा परेका छन्। धुवाँको असरले गर्दा विशेषगरी बाहिर निस्कँदा मानिसहरूलाई आँखा पिरो हुने, खोकी लाग्ने तथा स्वासप्रश्वासमा समस्या देखिन थालेको छ। मोटरसाइकल, अटो तथा मयुरी चालकहरू अझ बढी प्रभावित भएका छन् किनभने उनीहरू दिनभरि खुला वातावरणमा यात्रा गर्नुपर्ने हुन्छ। स्थानीयवासीहरूले डढेलो नियन्त्रणका लागि तत्काल उपाय खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। साथै, स्वास्थ्यकर्मीहरूले धुवाँबाट जोगिन मास्कको प्रयोग गर्न, सकेसम्म घरभित्रै बस्न तथा प्रशस्त पानी…
Read More
बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी

बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी

बर्दघाट । बर्दघाट प्रज्ञाप्रतिष्ठानको आयोजनामा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी–२०८१ परासीको बर्दघाटमा सम्पन्न भएको छ । यस सन्दर्भमा नेपाल तथा भारतका स्रष्टाहरूलाई चैत्र १६ र १७ गते बर्दघाट तथा छिमेकी पालिकाहरूका पर्यटकीय स्थलहरूको अवलोकन गराइएको थियो भने चैत्र १८ गते मात्र औपचारिक कार्यक्रम गरिएको थियो । यस क्रममा स्रष्टाहरूले बुद्धमङ्गल ताल, गजेन्द्रमोक्ष धाम, वनदेवी, कञ्चनगढी, रामग्राम स्तूप, सिमसार क्षेत्र, आम्बास, सहिद पार्क तथा शिवालयको अवलोकन गरेका थिए । कार्यक्रममा नेपाली साहित्य परिषद् सिक्किमका भक्ति शर्मा उपाध्याय, सीता शर्मा शीत, रूपा तामाङ तथा रत्न लक्सम सुब्बाले, दिल्ली तथा उत्तर प्रदेशका किशोर श्रीवास्तव, सविता सिंह शर्मा, दीपक…
Read More
हेटौंडामा नागरिक धर्ना

हेटौंडामा नागरिक धर्ना

हेटौँडा । हेटौंडामा गैसस महासङ्घ बागगमती प्रदेश समितिले धर्ना कार्यक्रम गरेको छ । ‘लोकतन्त्र , मानव अधिकार र शान्तिको पक्षमा अभिमत प्रकट गरौं , अराजकता र हिंसालाई निरुत्साहित गरौं’ भन्दै हेटौंडाको बुद्ध चोकमा बृहत नागरिक धर्ना कार्यक्रम गरिएको गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कमलकुमार विश्वकर्माले बताए । चैत १५ गते काठमाडौंमा भएको राजावादीहरुको आन्दोलनमा पत्रकारलाई जिउँदै जलाएर मार्ने , आम नागरिकको हत्या गर्ने , नागरिकको घरमा तोडफोड , आगजनी , ब्यापारिक महलमा तोडफोड , लुटपाट , चोरी गर्ने र प्रहरी , प्रशासनमाथि ढुङ्गा हान्ने लगायतका जुन किसिमको गतिविधि भयो ती सबै अनागरिक कृयाकलाप भएको अध्यक्ष विश्वकर्माले बताए ।…
Read More
हेटौँडा ११ मा सामुदायिक वनको भवन उद्घाटन

हेटौँडा ११ मा सामुदायिक वनको भवन उद्घाटन

हेटौँडा । नवलपुर सरस्वती (बसामाडी( सामुदायिक वन उपभोक्ता समुहको भवनको जगको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित शहिद स्मारक हाताभित्र समुहको भवन निर्माण हुन लागेको हो । भवनको शिलान्यास उपमहानगर पालिकाका उपमेयर राजेश बानियाले गरेका हुन् । भवन शिलान्यास गरेपछि उनले शिलान्यास र सम्पन्न आफ्नै कार्यकालमा गर्ने प्रतिबद्धता जनाए । भवन निर्माणमा ५ र १० लाख गरि उपमहानगरले आर्थिक सहयोग गरेको यसको सम्पन्न जिम्मामा पनि उपमेयर बानियाँलेले प्रतिबद्धता जनाउनु भएको योजना अध्यक्ष तथा नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समुहकि सचिव सुभद्रा बर्तौलाले जानकारी दिइन् । अहिले ट्वाइलेट , बाथरुम सहितको ६ कोठे भवन बन्ने सामुदायिक वन…
Read More
हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट, काम छिट्टै सुरु हुने

हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट, काम छिट्टै सुरु हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका देशभरका २९३ नगरपालिकामध्ये महिला मैत्री शहर निर्माणका लागि छनोट भएको छ। यसै सन्दर्भमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले आफ्नो धारणा राख्दै महिला मैत्री शहर निर्माणका लागि ठोस कार्ययोजना अघि बढ्ने बताइन्। कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, विभिन्न वडाका अध्यक्षहरू, उपमहानगरका विज्ञ सल्लाहकार डा. कृष्णप्रसाद धिताल, युएनवपिएसका विज्ञ डा. चुडामणी जोशी लगायतको उपस्थिति थियो। औपचारिक कार्यक्रमसँगै महिला मैत्री शहर निर्माणको कामले गति लिने बताइएको छ। यस योजनाले महिलामैत्री पूर्वाधार, सुरक्षित सार्वजनिक स्थल, तथा लैंगिक समानताको प्रवर्द्धनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
Read More
हेटौँडामा विपद जोखिम न्यूनीकरणबारे छलफल कार्यक्रम

हेटौँडामा विपद जोखिम न्यूनीकरणबारे छलफल कार्यक्रम

मकवानपुर । विपद जोखिम न्यूनीकरणका लागि स्थानीयकरणबारे छलफल कार्यक्रम बुधबार हेटौंडामा भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल (डिमान)ले मकवानपुरका विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । राष्ट्रिय प्रकोप व्यबस्थापन संजाल नेपालले गैरसरकारी संस्था महासंघ मकवानपुर शाखासँगको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो । स्थानीयस्तरमा क्रियाशिल संघसंस्थाहरुको क्षमता विकास र बाह्य तथा आन्तरिक स्रोतमा पहुँच अभिवृद्धीका लागि नीयर नेटवर्कसँगको सहकार्यमा अभियानको रुपमा काम गरिरहेको राष्ट्रिय प्रकोप व्यवस्थापन संजालका अध्यक्ष सुर्य थापाले जानकारी दिए । समुदायस्तरमा क्रियाशिल संघसंस्थाहरुसँग विपद जोखिम न्यूनीकरण स्थानीयकरण विषयमा छलफल तथा नीयर नेटवर्कको बारेमा जानकारी र संघसंस्थाहरुको सर्भेक्षण तथा सुचिकृत गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो ।…
Read More
मकवानपुर प्रहरीको पेस्तोल जंगलमा भेटियो

मकवानपुर प्रहरीको पेस्तोल जंगलमा भेटियो

हेटौंडा। मकवानपुरको विकट कैलाश गाउँपालिकामा लागूऔषध तस्करीका लागि आएका एक समूहले प्रहरीको पेस्तोल लुटेर जंगलमा फ्याँकिदिएको घटना सार्वजनिक भएको छ। सोमबार दिउसो कैलाश गाउँपालिका वडा नं. ६ स्थित दुम्सीखर्चको जंगलमा लुटिएको ७ राउण्ड गोली लोड गरिएको टाइप–५४ पेस्तोल आज बिहान १० बजे बोल्नेलेकको जंगलमा भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए। ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मंग्राती दुम्सीखर्कको जंगलमा जाँदा लागूऔषध तस्करको टोलीसँग झडप भएको थियो। यस झडपमा तस्करहरूले हवल्दार तामाङको पेस्तोल लुटेर फरार भएका थिए। प्रहरीका अनुसार, २ केजी अफिम बोकेर मोटरसाइकलमा आएका दुई जना तस्करले १० जनाको थप समूहलाई बोलाएका…
Read More
पत्रकार हत्याको दोषीमाथि कारबाहीको माग गर्दै मकवानपुरमा ज्ञापनपत्र

पत्रकार हत्याको दोषीमाथि कारबाहीको माग गर्दै मकवानपुरमा ज्ञापनपत्र

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाले पत्रकार हत्यामा संलग्न दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन्। महासंघले हिंसात्मक घटनाका दोषीहरूलाई कानुनी कठघरामा ल्याउन, सञ्चारगृह तथा सञ्चारकर्मीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते पत्रकारहरूको उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। त्यसैगरी, मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन्। ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री तामाङले पत्रकार तथा सञ्चारमाध्यममाथिको आक्रमण निन्दनीय रहेको बताउँदै दोषीलाई कानुनी दायरामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.