समाचार

पत्रकार रजकको हत्या: निष्पक्ष छानबिनको माग गर्दै मानवअधिकार आयोगमा ध्यानाकर्षण

पत्रकार रजकको हत्या: निष्पक्ष छानबिनको माग गर्दै मानवअधिकार आयोगमा ध्यानाकर्षण

हेटौंडा । पत्रकार सुरेश रजकको हत्या केवल प्रेस स्वतन्त्रतामाथिको आक्रमण होइन, मानवअधिकारको गम्भीर उल्लंघनसमेत भएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरले राष्ट्रिय मानवअधिकार आयोग, बागमती प्रदेश कार्यालयको ध्यानाकर्षण गराएको छ। शुक्रबार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालय पुगेको प्रतिनिधिमण्डलले आयोगका निमित्त प्रमुख पवनकुमार भट्टलाई ध्यानाकर्षण पत्र बुझाएको हो। प्रतिनिधिमण्डलले पत्रकार रजकको हत्या पछिको पत्रकारिता क्षेत्रको असुरक्षा, भय र अन्योल अन्त्य गर्न निष्पक्ष तथा स्वतन्त्र छानबिन आवश्यक रहेकोमा जोड दिएको छ। महासंघले रजकको हत्यासँगै पछिल्लो समय हिंसात्मक प्रदर्शनको क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गर्दै आयोगलाई छिटोछरितो अनुसन्धान अघि बढाउन आग्रह गरेको छ। “पत्रकारिता लोकतन्त्रको आधारशिला हो।…
Read More
हेटौंडा बसपार्क क्षेत्रबाट बेवारिसे दुई शव फेला,आफन्त खोज्दै प्रहरी

हेटौंडा बसपार्क क्षेत्रबाट बेवारिसे दुई शव फेला,आफन्त खोज्दै प्रहरी

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रबाट बेबारिसे अवस्थामा दुई जना व्यक्तिहरूको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत फेला परेका दुबै व्यक्तिको उपचारका क्रममा हेटौंडा अस्पतालमा निधन भएको हो। प्रहरीका अनुसार, पहिलो घटना चैत २७ गते करिब अपराह्न ४ बजेको हो। मागेर जीविका चलाउने करिब ४० वर्षीया अस्मिता तामाङ अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई नगर प्रहरीले उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याएको थियो। उपचारका क्रममा चैत २९ गते बिहान ११:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। त्यसैगरी, चैत २९ गते बिहान ७:२५ बजे बसपार्क क्षेत्रमै हाल नाम, थर र ठेगाना नखुलेका करिब ६५–७० वर्षका…
Read More
मुक्ति समाज हेटौंडाको अध्यक्षमा ईश्वरी रसाईली

मुक्ति समाज हेटौंडाको अध्यक्षमा ईश्वरी रसाईली

हेटौंडा । उत्पीडित जातीय मुक्ति समाज हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा ईश्वरी रसाईली सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। नेकपा एमालेको पार्टी कार्यालय मकवानपुर सभाहलमा सम्पन्न तेस्रो नगर अधिवेशनले रसाईलीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिमा उपाध्यक्षमा गोमा सुनार र सिंग बहादुर विश्वकर्मा चयन भएका छन्। सचिवमा मनिषा विश्वकर्मा, उपसचिवमा शान्ति मिजार र सरस्वती सुनार तथा कोषाध्यक्षमा प्रकाश विश्वकर्मा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा गिता परियार, पार्वती परियार, प्रविता सुनार, भगवती विश्वकर्मा, रिता सुनार, मुना विश्वकर्मा, चन्द्र बहादुर विश्वकर्मा, लक्ष्मी नेपाली, धन कुमार विश्वकर्मा, विष्णु परियार, दिल बहादुर सुनार, सम्झौता विक, रञ्जु सुनार, पुजा मग्राती, रिता सुनार र…
Read More
कैलाश गाउँपालिकाका जनप्रतिनिधिसँग सुरक्षित मातृत्व सम्बन्धी अन्तरक्रिया

कैलाश गाउँपालिकाका जनप्रतिनिधिसँग सुरक्षित मातृत्व सम्बन्धी अन्तरक्रिया

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, तथा वडास्तरका सरोकारवालाहरुको उपस्थितीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सुनिश्चिता सम्बन्धी अन्तरक्रिया भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कार्यालयका प्रमुख कृष्णबहादुर मिजारको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कार्यालय प्रमुख मिजारले नेपालमा मातृत्व स्वास्थ्यको अवस्थाका साथै सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्यबारे मकवानपुर र कैलाश गाउँपालिकाको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तरक्रियामा मातृ स्वास्थ्यको अवस्था, मातृ स्वास्थ्य सम्बन्धी नीति नियमहरु, पूर्ण संस्थागत सुत्केरी आयोजना, आयोजना सञ्चालन हुने क्षेत्रहरु, क्रियाकलापहरुको विवरणका साथै मापदण्ड तथा प्रक्रियाहरुबारे प्रष्ट्याएका थिए । उनले जिल्लागत…
Read More
सिमलटारमा सबै सर्वसम्मत

सिमलटारमा सबै सर्वसम्मत

हेटौंडा । सिमलटार टोलबिकास संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संस्थाको १३ औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको अध्यक्ष पदमा देवकृष्ण थोकर चयन भएका छन् । यस्तै उपाध्यक्षमा छेगु गोले, सचीवमा दिलमाया रुम्बा, सहसचिवमा जोशन सिं योन्जन, कोषाध्यक्षमा यसोदा बोहरा (सैजु ) चयन भएका हुन् । यसैगरी सदस्य पदमा चित्रबहादुर मुक्तान, रामकलेश्वर पटेल , हिमा बिडारी, पुजाकुमारी राउत, लक्ष्मी लामा, सरिता पराजुली चयन भएका छन् । टोल बिकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ को संयोजकत्वमा बनेको निर्वाचन समितिले निर्वाचन गराएका हुन् । निर्वाचन समितिमा टोल बिकास संस्था वडा समन्वय समितिका…
Read More
सर्वोच्च अदालतको आदेश नआउदै फेरियो हेटौंडा अस्पतालको बोर्ड

सर्वोच्च अदालतको आदेश नआउदै फेरियो हेटौंडा अस्पतालको बोर्ड

हेटौंडा । हेटौंडा अस्पतालको बोर्ड फेरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल भनेर एकातिर नेपाल सरकारको लोगो छ भने अर्कोतिर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लोगो छ । नेपाल सरकारको स्वामित्वमा रहेको चल अचल सम्पत्ति कुनै अमुक दल निकट प्रतिष्ठानको हुन नहुने भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथि सर्वोच्च अदालतमा मुद्दा परेको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठानको नाममा दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ । यहि बिचमा अस्पतालको बोर्ड फेरिएको छ । ‘यसरी अदालतमा विचाराधिन रहेको अवस्थामा बोर्ड फेरिनु संविधान विपरित जानु हो’–वरिष्ठ अधिवक्ता केशव गौतमले बताए । गौतमका अनुसार सर्वोच्च अदालतको फैसला…
Read More
सिमलटारको १३ वार्षिक साधारण सभा सम्पन्न

सिमलटारको १३ वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमल्टार टोल विकास संस्थाको १३ औं वार्षिक साधारण सभा सप्पन्न भएको छ । संस्थाका अध्यक्ष सुर्यमान लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख लामाले आफू जन्मेको वडा ११ नम्बर भएकोले आफ्नो यस वडास‌ग भावनात्मक र पारिवारिक सम्बन्ध गाँसिएकोले यस वडाको विकासको लागि आफुले सक्दो बजेट छुट्याएको र आगामी दिनहरुमा पनि सकेको साथ रहने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य सन्जय बिडारी, विकास नेपाल, गिता सुनार, गोपिनी सापकोटा, टोल विकास संस्था…
Read More
पेन्टागनद्वारा प्रशिक्षक , प्रशिक्षार्थी सम्मानित

पेन्टागनद्वारा प्रशिक्षक , प्रशिक्षार्थी सम्मानित

हेटौंडा । पेन्टागन एकेडेमी हेटौंडा प्रालिले २०८१ को शिक्षक सेवा आयोगमा सफल भइ सिफारिस भएका प्रशिक्षक र प्रशिक्षार्थीलाई सम्मान गरेको छ । हेटौंडामा एक कार्यक्रमबिच उनिहरुलाइ सम्मान गरेको हो । उनीहरुको सम्मानमा एकेडेमीले बधाई , शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका पुर्व प्रमुख कृष्ण प्रसाद घिमिरेको हातबाट सम्मान पत्र प्रदान गरिएको थियोे । कार्यक्रम एकेडेमी संचालक गोविन्द चौलागाईंको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
Read More
समाजवादी मकवानपुरद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको बिरोध, प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

समाजवादी मकवानपुरद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको बिरोध, प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी मकवानपुरले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । चैत १५ गते काठमाडौको तिनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक गतिविधिको बिरोध गर्दै देशभरीका नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदा मकवानपुर जिल्ला कमिटीले पनि बुझाएको हो । ज्ञापन पत्रमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालयमा भएको तोडफोड, पत्रकारलाई जिउँदै जलाएर गरिएको हत्या, आम नागरिकको गोली हानी हत्या, ब्यापारिक भवनहरुमा, नागरिकको घरमा आगजनी र तोडफोड र चोरी लगायतको गतिविधिको पार्टीले निन्दा गरेको छ भने भएको क्षतिको उचित क्षतिपूर्तिको समेत माग गरेको छ । पार्टीका जिल्ला कमिटी अध्यक्ष विष्णु दाहालले…
Read More
हेटौँडामा परम्परागत ज्ञानसीपको संरक्षण र पुस्तान्तरणमा आदिवासी जनजाति महिलाको भूमिका बारे छलफल

हेटौँडामा परम्परागत ज्ञानसीपको संरक्षण र पुस्तान्तरणमा आदिवासी जनजाति महिलाको भूमिका बारे छलफल

मकवानपुर । घरेलु मदिरालाई ब्राण्डिङ गरेर बिक्रीका लागि स्थानीय तहले कानून बनाउन जरुरी रहेको हेटौंडामा सोमबार आयोजित एक अन्तर्कृयाका वक्ताहरुले बताएका छन् । आदिवासी जनजाति आयोगको सहकार्य तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको “परम्परागत ज्ञानसीपको संरक्षण र पुस्तान्तरणमा आदिवासी जनजाति महिलाको भूमिका” विषयक अन्तर्कृया कार्यक्रमका वक्ता एवम् सहभागीहरुले उक्त कुरा बताएका हुन् । अन्तकृया कार्यक्रमलाई सहजिकरण गर्दै आदिवासी जनजाति आयोगका सदस्य रीना रानाले आदिवासी जनजाति समुदायमा रहेको परम्परागत ज्ञान, सीपलाई संरक्षण, प्रवद्र्धनका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने उल्लेख गरिन् । आदिवासी जनजातिमा निहित परम्परागत ज्ञान, सीपमा आधारित खाद्य तथा पेय पदार्थ उत्पादन, शिल्प कौशल, जडिबुटी र उपचार विधि,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.