हेटौंडा । पेन्टागन एकेडेमी हेटौंडा प्रालिले २०८१ को शिक्षक सेवा आयोगमा सफल भइ सिफारिस भएका प्रशिक्षक र प्रशिक्षार्थीलाई सम्मान गरेको छ ।
हेटौंडामा एक कार्यक्रमबिच उनिहरुलाइ सम्मान गरेको हो । उनीहरुको सम्मानमा एकेडेमीले बधाई , शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका पुर्व प्रमुख कृष्ण प्रसाद घिमिरेको हातबाट सम्मान पत्र प्रदान गरिएको थियोे । कार्यक्रम एकेडेमी संचालक गोविन्द चौलागाईंको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्