सिमलटारमा सबै सर्वसम्मत

हेटौंडा । सिमलटार टोलबिकास संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संस्थाको १३ औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको अध्यक्ष पदमा देवकृष्ण थोकर चयन भएका छन् । यस्तै उपाध्यक्षमा छेगु गोले, सचीवमा दिलमाया रुम्बा, सहसचिवमा जोशन सिं योन्जन, कोषाध्यक्षमा यसोदा बोहरा (सैजु ) चयन भएका हुन् । यसैगरी सदस्य पदमा चित्रबहादुर मुक्तान, रामकलेश्वर पटेल , हिमा बिडारी, पुजाकुमारी राउत, लक्ष्मी लामा, सरिता पराजुली चयन भएका छन् ।

टोल बिकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ को संयोजकत्वमा बनेको निर्वाचन समितिले निर्वाचन गराएका हुन् । निर्वाचन समितिमा टोल बिकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, ठिसाङ लामा (भिमलाल), सुरेश लामिछाने, इशा थापा रहेका थिए ।

नव निर्वाचित पदाधिकारीहरुलाइ वडाध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा,सिमलटार टोलबिकास संस्थाका निवर्तमान अध्यक्ष सुर्यमान लामा लगायतकाले बधाई दिएका थिए भने टोल बिकास संस्था नगर समन्वय समितिका उपमहासचीव देवकुमार श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष थोकरले आफुलाइ अध्यक्षपदमा सर्वसम्मत चयन गराउने सबैलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा कसैले औंला उठाउन नपर्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यसमिति सबैको साथसहयोग रहेमा टोलबिकास संस्थालाई बलियो बनाउन सकिने उनको धारणा थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.