२०८१ फाल्गुन २३, शुक्रबार १२:५१ गते
२०८१ फाल्गुन २३, शुक्रबार १२:५१ गते
मकवानपुर । बिहीबारबाट दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । खेलको उद्घाटन गर्नुहुँदै हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ आयोजना भएको भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरूको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने बताउनुभयो । युवा खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले प्रोत्साहन थप्ने भन्दै उहाँले बिहान र बेलुकाको समय खेलमा बिताउन सके स्वास्थ्य बन्न सकिने बताउनु भयो ।भेट्रान्स खेलले फुटबल खेलको विकासमा ठुलो योगदान पु¥याउदै आएको बत्ताउनुहुँदै उहाँले खेलाडीहरूको बिचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउँदै पुरानो सम्बन्धलाई नवीकरण गर्दै मकवानपुर जिल्लालाई खेल क्षेत्रबाट चिनाउन भूमिका खेलेकोमा हेटौडा भेट्रान्सलाई…