हेटौँडा १४ मा बक्सिङ क्लब भवनको शिलन्यास

मकवानपुर । मकवानपुरको हेटौडा वडा नं -१४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास गरिएको छ। बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमका विच बक्सिङ भवनको शिलान्यास गरेका हुन ।

सो अवसरमा बोल्दै मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताएका छन । मन्त्री महर्जनले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताएका छन ।

विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री महर्जनले प्रतिवद्धता व्यक्त गरेका छन । उनले खेलकुद सँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने बताए । उनले जिल्ला जिल्लामा रहेका खेलकुदका भौतिक सम्पतीलाई खेलाडी र यूवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको बताए ।

हेटौंडा उपमहानगरपालिकाको रु २५ लाख लागतमा युनिक बक्सिङ क्लबको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव दिपक लामाले बताएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.