मकवानपुर ।कैलाश गाउँपालिका तथा खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ हुने भएको छ।
प्रतियोगिता फागुन ८ र ९ गते कैलाश गाउँपालिका-३, कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयमा आयोजना गरिनेछ। प्रतियोगितामा भलिबल, एथलेटिक्स (दौड, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो, सटफुट), र तेक्वान्दो लगायतका खेल समावेश छन्।
प्रतियोगितामा १८ वर्षमुनिका, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुन पाउने छन् ।
प्रतिकृया दिनुहोस्





























