खेलकुद

प्रथम हेटौँडा–१२ वडाअध्यक्ष कप भलिबल प्रतियोगिता: वडा नम्बर १२, ६ र १७ विजयी

प्रथम हेटौँडा–१२ वडाअध्यक्ष कप भलिबल प्रतियोगिता: वडा नम्बर १२, ६ र १७ विजयी

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडास्थित बुद्ध माविको खेल मैदानमा जारी प्रथम हेटौंडा–१२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बिहीबार भएका खेलहरुमा वडा नम्बर १२, ६ र १७ विजयी भएका छन् । बिहीबार भएको पहिलो खेलमा हेटौंडा १२ ले हेटौँडा १३ लाई ३–१ को सेटमा पराजित गरेको थियो । वडा नम्बर १२ ले २०–२५, २५–१०,२५–१९ र २५–१२ को सेटमा जीत निकालेको हो । खेलकोम्यान अफ द म्याच हेटौंडा १२ का उत्सब आले मगर भएको संयोजक मनोज लामा स्याङ्तानले जानकारी दिए । त्यस्तै बिहीबार नै भएको दोश्रो खेलमा हेटौंडा ६ ले हेटौंडा १५ लाई ३–० सेटमा…
Read More
‘भलिबल खेलको संरक्षण गर्न आवश्यक छ’–वडाध्यक्ष तिवारी

‘भलिबल खेलको संरक्षण गर्न आवश्यक छ’–वडाध्यक्ष तिवारी

हेटौंडा । भलिबल खेल राष्ट्रिय खेल भएकोले यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाका वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले बताएका छन् । प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८१ को आयोजकको तर्फबाट हेटौंडा १२ को वडा कार्यालयमा बिहीबार राखिएको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै वडाध्यक्ष तिवारीले यस्तो कुरा बताएका हुन् । पत्रकार भेटघाटका प्रमुख अतिथि समेत रहेका अध्यक्ष तिवारीले भलिबलको संरक्षणमा आफु लागिपर्ने बताए । ‘खेलकुद र खेलाडीको सम्मान हेटौंडा–१२ को पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै भलिबलको संरक्षण र खेलाडी उत्पादन को लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज लामा स्याङ्तानले बताए ।…
Read More
हात्तिगौंडामा प्रथम हेटौंडा १२ वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने

हात्तिगौंडामा प्रथम हेटौंडा १२ वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ खेलकुद विकास समितिको आयोजनामा प्रथम हेटौंडा १२ वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराइएको हो । यही माघ १६ गतेदेखि वडा नम्बर १२ पान्तले हात्तिगौँडास्थित बुद्ध माध्यामिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको आयोजना हुनेछ । समितिका संयोजक दिनेश चौँलागाईले पहिलो पटक नगर स्तरीय खुला वडाध्यक्ष कप भलिबलको आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा विजेताले ५० हजार राशी सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विजेता पुरस्कार राशी तुलसी मेहर…
Read More
हेटौंडामा १ महिने खेलकुद महोत्सव हुने

हेटौंडामा १ महिने खेलकुद महोत्सव हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा दोस्रो वडा खेलकुद महोत्सव २०८१ हुने भएको छ । यही माघ ९ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको बृहत खेलकुद महोत्सवबारे आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो । एक महिनासम्म चल्ने प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, दौड, वादविवाद, स्लो स्कुटी लगायतका २६ विधाका खेलकुद गतिविधि सञ्चालन हुने ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ हुने खेलकुद महोत्सव हेटौंडा ४ स्थित हुप्रचौर लगायत ४ नम्बर वडा भित्र सञ्चालित विभिन्न विद्यालयको खेल मैदानमा हुने वडा अध्यक्ष सिग्देलले बताउनुभयो ।…
Read More
बकैया गोल्डकपमा सिनियरतर्फ वडा नम्बर ३ र जुनियरतर्फ वडा नम्बर ११ विजयी

बकैया गोल्डकपमा सिनियरतर्फ वडा नम्बर ३ र जुनियरतर्फ वडा नम्बर ११ विजयी

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार सिनियर र जुनियर दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सिनियरतर्फको उपाधी ३ नम्बर वडा र जुनियरतर्फ ११ नम्बरले जितेको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर ९ लाई ५-० गोलले हराउँदै ३ नम्बरले प्रतियोगिताको उपाधी जितेको हो । तीन नम्बरको जितमा आयुष नेगिले ह्याटि्रक गरे । यस्तै अन्जन गोले र सुजन गुरुङले एक-एक गोल गरे । सिनियरतर्फ ३ नम्बरका सुजन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक ३ नम्बरकै सरोज भुलन, डिफेन्डर अन्जन गोले, सर्वाधिक गोलकर्ता…
Read More
वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी

वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी

मकवानपुर । तेश्रो संस्करणको स्व.मोहन श्रेष्ठ स्मृती वडा स्तरिय 8A साइड वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगिताको आइतबार भएको उद्घाटन खेलमा वडा नं.४ ले वडा नं.२ लाई १-० गोल अन्तरले पराजित गरेको छ । विजेता टोलिका लागि जर्सी नं.२ का प्रकाश महर्जनले खेलको दोश्रो हाफमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याज हेटौंडा ४ का जर्सी नं. २ का खेलाडी प्रकाश महर्जन घोषित भएका थिए । प्रतियोगितामा सोमबार तीन वटा खेल हुनेछन । सोमबारको पहिलो खेलमा आयोजक हेटौंडा ९ र वडा नं.१६ बिच बिहान सात बजे, दोश्रो खेल दिउँसो १ बजे वडा नं. ६ बिरुद्ध वडा नं.१४ र तेश्रो…
Read More
बकैया गोल्डकपको फाइनलमा वडा नम्बर ३ र ९

बकैया गोल्डकपको फाइनलमा वडा नम्बर ३ र ९

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत सिनियरतर्फको फाइनलमा वडा नम्बर ३ र वडा नम्बर ९ भिड्ने भएको छ । आइतबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई हराएर ९ नम्बर फाइनल प्रवेश गरेसंगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो । बकैया ९ ले ६ लाई ५–० फराकिलो गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ९ को जीतमा विशाल भोलनले खेलको २१ औं मिनेटमा, पासाङ घलानले ४० औं मिनेटमा, विशाल जिम्बाले ७६ औं मिनेटमा र अभिषेक भोलनले ५६ औं र ८० औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच अभिषेक घोषित…
Read More
मकवानपुरका डोजाङ तथा विद्यालयहरूमा बेल्ट टेस्ट सम्पन्न

मकवानपुरका डोजाङ तथा विद्यालयहरूमा बेल्ट टेस्ट सम्पन्न

मकवानपुर । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति मकवानपुर अन्तर्गतका डोजाङ तथा विद्यालयहरूमा प्रशिक्षणरत खेलाडीहरूको बेल्ट टेस्ट सम्पन्न भएको छ । संघको वार्षिक कार्यक्रम अनुसार शनिबार बेल्ट टेस्ट भएको हो । कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न ७ वटा डोजाङका ह्वाईट बेल्ट देखी रेड बेल्ट सम्मका १०७ जना खेलाडीहरूको सहभागिता रहेको राष्ट्रिय तेक्वान्दो संघ बागमती प्रदेश सचिव भोजराज पराजुलीले जानकारी दिए । बेल्ट टेस्टको नतिजा एक साताभित्र आउने पराजुलीले बताएका छन् । संघका केन्द्रीय सदस्य नारायण सिंह थिङ को उपस्थितिमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष मदन कुमार श्रेष्ठ, उपाध्यक्ष केशव बहादुर कार्की, सचिव रवीन्द्र राई, सहसचिव रावन कीष्म राई र कोषाध्यक्ष दीपेन्द्र नेपालीको…
Read More
बकैया कपमा वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

बकैया कपमा वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार ३ खेल सम्पन्न भएको छ ।सुरु भएको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको बिहीबारको खेलमा भएको वडा नम्बर ३,४ र ६ ले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा वडा नम्बर ३ ले ७ लाई १-० गोलले हराएको हो । वडा नम्बर ३ का लागि छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच ३ नम्बरका आयुष नेगि घोषित भए । बिहीबार दुई टिम बीचको दोस्रो हाफको खेल भएको हो । बुधबार समय अभाव भएसँगै पहिलो हाफपछि खेल बिहीवारका लागि तोकिएको थियो । यस्तै…
Read More
बकैया कप फुटबल प्रतियोगिता सुरु

बकैया कप फुटबल प्रतियोगिता सुरु

हेटौंडा । मकवानपुरमा छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्वर–३ स्थित बकैया रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले समग्र खेलकुद क्षेत्रको विकासको लागि पहल भइरहेकोे बताए । उनले आफू खेलकुद क्षेत्रकै मानिस भएको भन्दै खेलाडीको मर्म र भावना बुझेको र सोही अनुसार काम गर्ने प्रयास भइरहेको उल्लेख गरे । आफु मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र त्यो अत्यन्तै न्यून भएको कारण खेल क्षेत्रको विकासका लागि सोचेअनुरुप काम गर्न कठिनाई भएको उनको भनाई छ । उनले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.