मकवानपुर विशेष

हेटौंडामा २५ मिटर सडक विस्तार : विकासको चटारोबीच स्थानीयको आवाज, व्यवस्थापनको चुनौती

हेटौंडामा २५ मिटर सडक विस्तार : विकासको चटारोबीच स्थानीयको आवाज, व्यवस्थापनको चुनौती

हेटौंडा । हेटौंडा बजार फेरि एकपटक सडक विस्तारको उस्तै र चुनौतीपूर्ण बहसमा डुबेको छ। संघीय सरकारको मातहत रहेको सडक डिभिजन कार्यालय, हेटौंडाले जारी गरेको १५ दिने अल्टिमेटमपछि यहाँको वातावरण तातिएको छ। मंसिर २० गतेदेखि सवारी सञ्चालन रोक्दै २५–२५ गज (करिब २५–२५ मिटर) सडक विस्तार थाल्ने तयारीसँगै स्थानीय, व्यवसायी, राजनीतिक नेतृत्व र सरकारी निकायबीच त्रिकोणात्मक टकरावको स्थितिको संकेत देखिन थालेको छ। ५३१ घरटहरा भत्किँदै, मुआब्जा नदिने सरकारी अडान सडक डिभिजनका अनुसार महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म ९.५ किमीसम्म सडक चौडाइ विस्तार हुने छ। यस क्रममा दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल…
Read More
हेटौंडा–१० आनन्द टोलमा लुटपाटका घटना बढ्यो, स्थानीय त्रसित

हेटौंडा–१० आनन्द टोलमा लुटपाटका घटना बढ्यो, स्थानीय त्रसित

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित आनन्द टोलमा पछिल्लो केही समयदेखि लुटपाटका घटनाहरू बढ्दै गएपछि स्थानीयबासीहरू त्रासमा परेका छन्। विशेषगरी अखण्ड मार्ग र त्यस वरपरका क्षेत्रहरू क्रमशः असुरक्षित बन्दै गएको स्थानीयहरूको गुनासो छ। स्थानीयका अनुसार गत सोमबार बिहान करिब ३ बजे खोटाङ घर भई चितवन जान हिँडेका एक युवकलाई तीन जनाको समूहमा आएको लुटेरा समूहले लुटपाट गरेको थियो। बुढीआमासँगै यात्रा गरिरहेका ती युवकबाट लुटेराले नगद १० हजार रुपैयाँ, पासपोर्ट तथा अन्य महत्वपूर्ण कागजात लुटेर तीनैतिर छरिएर भागेको प्रत्यक्षदर्शीले बताए। पीडित युवकले आफूलाई लुटिएको भन्दै हारगुहार गरेपछि स्थानीयहरू घरबाट निस्किएका थिए। स्थानीयहरूको सक्रियतापछि लुटेरा समूह फरार भएको र पछि प्रहरी तथा स्थानीयको…
Read More
हेटौँडामा जेब्रा क्रसिङको नियम मान्दैनन् सवारी चालकहरु, ट्राफिक प्रहरी र प्रहरीलाई वास्तै छैन

हेटौँडामा जेब्रा क्रसिङको नियम मान्दैनन् सवारी चालकहरु, ट्राफिक प्रहरी र प्रहरीलाई वास्तै छैन

हेटौंडा । कहिलेकाही झुक्किएर पैदल यात्रीहरु जेब्रा क्रसिङ्ग नभएको ठाउँबाट बाटो काट्छ्न् त्यो बेलामा ट्राफिकले अपराधीलाई जस्तो रुखो स्वरमा नाम, थर, ठेगाना सबै सोध्छन् र मर्न मनछकी क्याहो भनेर सातो लिन्छन् । जानिएन सर गल्ती भो भन्दापनी हप्किदप्की ठुलै हुन्छ । सर्व साधारणलाई बिक्षिप्त बनाएर बल्ल छोडिन्छ । उता जेब्रा क्रसिङ्ग बनाइएको ठाउँबाट बाटो काट्ने पैदल यात्रुहरुलाई पनि सजिलो बाटो काट्ने ब्यवस्था कहाँ छर ? सवारी चालकहरु सिधै किचौला झैं गरि सवारी साधन कुदाएर ल्याउछन् । यो कुरामा न ट्राफिक प्रहरीलाई मतलब छ, न नजिकैको प्रहरीलाई । बाटो साघुरो छ, हाइवेमा गाडी रोक्नै मान्दैनन् चालकहरु । कतिचोटी सडक दुर्घटना जेब्रा…
Read More
भुमि अधिकार मंच सुदृढीकरण कार्यक्रम हेटौंडामा सम्पन्न

भुमि अधिकार मंच सुदृढीकरण कार्यक्रम हेटौंडामा सम्पन्न

हेटौंडा । राष्ट्रिय भुमि अधिकार मंच तथा राष्ट्रिय भुमि अधिकार मंच नेपाल मकवानपुर को आयोजनामा हेटौंडामा जिल्ला , गाउँ भुमि अधिकार मंचको सुदृढीकरण कार्यक्रम गरिएको छ । गाउँ , जिल्लामा रहेको निश्कृय मंचलाई घच्घच्याउने र सक्रिय रूपमा काम गर्न सकोस् भन्ने उदेश्यले कार्यक्रम गरिएको मंचले जनाएको छ । मंचका जिल्ला अध्यक्ष देवकृष्ण थोकरको सभाध्यक्षता तथा मंच केन्द्रिय कोषाध्यक्ष पार्वती थामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी थामीले हामी सक्रिय रहे मंच सक्रिय रहने र भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको स्थाइ रुपमा बसोबासको ब्यवस्था हुने बताइन् । हेटौंडा ११ सिमल्टारमा भएको २ दिने…
Read More
थानाभर्याङको ३ हजार घरधुरीमा खानेपानीको लाइन बिस्तार हुँदै, खानेपानीको ट्याङ्की निर्माण सम्पन्न

थानाभर्याङको ३ हजार घरधुरीमा खानेपानीको लाइन बिस्तार हुँदै, खानेपानीको ट्याङ्की निर्माण सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाको थानाभर्याङ्मामा खाने पानीको लाइन बिस्तार बिगत केही महीनादेखि हुँदै आएको छ । पानीको पाइप कतिठाउमा बिछ्याइसकिएको छ भने कति ठाउँमा बिछ्याउन बाकी छ हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डका इन्जिनियर बिपिनराज वाग्लेले बताए । खानेपानीको ओभर हेड ट्याङ्कीको भने निर्माण सम्पन्न भैसकेको छ । ओमसाइ निर्माण सेवाको ठेक्कामा निर्माण भएको ट्याङ्कीको क्षमता ४ लाख ५० हजार लीटरको रहेको छ । हेटौंडा ११ सिमलटारमा निर्मित ट्याङ्कीको निर्माण लागत १ करोड ८७ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको इन्जिनियर वाग्लेले जानकारी दिए । बागमती प्रदेश सरकार खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय अन्तरगत खानेपानी तथा…
Read More
मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव हेटौंडामा पनि

मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव हेटौंडामा पनि

हेटौंडा । मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ । बङ्गालको खाडीमा विकसित मोन्था चक्रवात मङ्गलबार भारतको आन्द्रप्रदेशमा सरेको संचारमाध्यमहरुले जनाएको छ । भारतको बङ्गालहुदै नेपाल प्रवेश गरेको मोन्थाले केहि प्रदेश लुम्बिनी, बागमती, गण्डकी, मधेस प्रदेश, कोशी प्रदेश, कर्णालीमा कतै भारी वर्षा हुने, कतै भारी हिमपात हुने, कतै मध्यम हिमपात हुने जनाइएको छ । संचार माध्यमले जनाए अनुसार समुद्री आँधी २ सयदेखि ३ सय किलोमीटरको रेडियस बनाएर घुम्छ र यो शक्तिशाली हुन्छ । मौसम पुर्वानुमान महाशाखाले मोन्थाको प्रभाव नेपालमा शनिबारसम्म रहने भएकोले अति आवश्यक कामबाहेक २ दिनसम्म घरबाट बाहिर यात्रा नगर्न आग्रह गरेको छ ।…
Read More
व्यवसायी र सुरक्षानिकायबीच हेटौंडामा समन्वयमूलक भेटवार्ता सम्पन्न

व्यवसायी र सुरक्षानिकायबीच हेटौंडामा समन्वयमूलक भेटवार्ता सम्पन्न

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार हेटौंडामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठ र नवागन्तुक प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरासँग व्यवसायी तथा सुरक्षानिकायका प्रतिनिधिहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ। संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, सुरक्षानिकायका अधिकारीहरू तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्ष रानाभाटले मकवानपुर उद्योग वाणिज्य संघसँगको सहकार्यका क्रममा प्रजिअ स्किम श्रेष्ठबाट उल्लेखनीय सहयोग प्राप्त भएको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भारतीय सवारी साधनलाई बाइपास सडक प्रयोग गर्न बाध्य बनाउँदा थप झन्झट सिर्जना भएको र यसले पर्यटन क्षेत्रलाई पनि असर पारेको भन्दै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। साथै, २५ मिटर…
Read More
५ ठाउँमा तिहार बजार तोकिएकोमा ३ ठाउँमा मात्र बजार बस्यो

५ ठाउँमा तिहार बजार तोकिएकोमा ३ ठाउँमा मात्र बजार बस्यो

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले तिहार लक्षित बजार भनेर ५ ठाउँलाई तोकेको भएतापनी ब्यापारीहरु ३ ठाउँमा बसेर ब्यापार गरिरहेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ परिषर, सङ्गम चोकमा फुल तथा फलफुल, हेटौंडा अस्पताल अगाडि म्याजिक पार्कमा सबैखाले तिहार सम्बन्धित बजार राखिएको छ । हुन त तिहार लक्षित बजार हेटौंडा १० स्थित तिलगंगा आँखा अस्पताल पछाडीको खुला चौर र फरेष्ट्री क्याम्पसको पर्खाल अगाडिको खाली ठाउँमा तोकिएको भएतापनी अपाएक पर्ने भन्दै त्यहाँ ब्यापारीहरु नगएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले बताए । उनका अनुसार तिहार बजार ब्यवस्थापन गर्न उपमहानगरपालिका लागिपरेको छ, फुल खेतीलाइ प्रोत्साहन गर्ने उद्देश्यले बाहिरबाट आउने प्लास्टिकका फुलमाला प्रयोगमा रोक लगाइएको छ…
Read More
हेटौंडा ११ मा वडाको सबै काम एउटै कोठाबाट

हेटौंडा ११ मा वडाको सबै काम एउटै कोठाबाट

हेटौंडा / हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाले एउटै कोठाबाट सेवा प्रदान गरेको छ । भदौ २४ गते जेन्जी आन्दोलनको बेलामा वडा कार्यालयमा आगजनी भएपछि वडाको सम्पुर्ण कागजात , सूचनाका फाइल , फर्निचर , भवन कामै नलाग्ने गरि डढेर नष्ट भएको थियो , अहिले हामीले असोज १ गते देखि सेवा दिदै आएका छौं । असोज १ गते प्रतिक्षालयमा बसेर सेवा दियौं भने २ गते नवलपुर आधारभूत स्वास्थ्य केन्द्रको माथिल्लो तलामा एउटा कोठाबाट सेवा दिदै आइरहेका छौं वडाध्यक्ष जुना दाहालले जानकारी दिइन् । उनका अनुसार राजस्वको काम उपमहानगर पालिकाबाट भैरहेको छ भने अन्य सेवा वडाबाटै प्रदान भैरहेको छ । क्षती यति…
Read More
राक्सिराङमा ‘बागीभूगोल’ साप्ताहिक पत्रिका विमोचन

राक्सिराङमा ‘बागीभूगोल’ साप्ताहिक पत्रिका विमोचन

राक्सिराङ्ग- मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा आइतबार 'बागीभुगोल साप्ताहिक' पत्रिकाको औपचारिक विमोचन गरिएको छ । पत्रिकाले अबदेखि मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाका २८ वटै वडाका समाचार र विषयहरू समेट्नेछ । पत्रिकाले ग्रामीण जीवन, स्थानीय संस्कृतिको संरक्षण र उपेक्षित समुदायको आवाज बुलन्द गर्ने लक्ष्य राखेको जनाएको छ । सहरका चिल्ला भवन र भव्य कार्यक्रमका समाचारभन्दा अलग, राक्सिराङ्ग र कैलाशका चेपाङ समुदाय, मनहरीका बनकरिया, गाउँका चिउरी, गिठ्ठा, भ्याकुर र कन्दमूलका विषयहरूलाई प्राथमिकता दिने पत्रिकाको प्रतिवद्धता रहेको छ। बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राक्सिराङ्ग गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ्गले अहिलेको पत्रकारिता कार्यक्रम र उद्घाटनमै सीमित भएको भन्दै आलोचना गरे । उनले भने, 'पत्रकार भनेको खोजपत्रकारितामा आधारित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.