स्वास्थ्य

हेटौंडा ११ पूर्ण खोपयुक्त वडा घोषणा

हेटौंडा ११ पूर्ण खोपयुक्त वडा घोषणा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा पूर्ण खोपयुक्त वडा घोषणा भएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा शहरी स्वास्थ्य केन्द्रको आयोजनामा गरिएको कार्यक्रममा वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । स्वास्थ्य केन्द्र हेटौंडा ११ को सभाहलमा सोमबार भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । वडामा भएको बालबालिकाहरुले खोपको पुर्णता पाएकोले पुर्णखोप युक्त वडा घोषणा गरिएको स्वास्थ्य केन्द्र प्रमुख मिना कुमारीले बताइन् । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, टोलबिकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, टोल बिकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, सिमलटार टोल बिकास संस्थाका अध्यक्ष देवकृष्ण थोकर, स्वास्थ्यकर्मी , विभिन्न संघसंस्थाका…
Read More
भैँसेमा बेडसोरको समस्याबाट पीडित वृद्धालाई एयर म्याट्रेस

भैँसेमा बेडसोरको समस्याबाट पीडित वृद्धालाई एयर म्याट्रेस

भीमफेदी । लामो समयदेखि बेडसोरको समस्याबाट पीडित ९७ वर्षीया अशक्त वृद्धालाई सहजीकरण गर्न भीमफेदी गाउँपालिका–२, भैंसे स्वास्थ्य चौकी अन्तर्गत प्रशामक सेवा समूहले एयर म्याट्रेस प्रदान गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशामक सेवा टोली, मकवानपुर जिल्ला प्रशामक सेवा टिम, तथा भीमफेदी गाउँपालिका प्रशामक सेवा समूहको समन्वयमा सहयोग प्रदान गरिएको हो। प्रशामक सेवामार्फत घरमै पुगेर स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रयास अन्तर्गत यो कार्य सम्पन्न गरिएको जनाइएको छ। यस सेवाका लागि विशेष समन्वय र प्रेरणा प्रदान गरेको भन्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाप्रति प्रशामक सेवा समूहले विशेष आभार प्रकट गरेको छ। जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित गरिएको यस कार्यले वृद्ध…
Read More
हेटौंडा–११ मा लागुपदार्थ दुर्व्यसन, साइबर क्राइम तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना सम्पन्न

हेटौंडा–११ मा लागुपदार्थ दुर्व्यसन, साइबर क्राइम तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ मा लागू पदार्थ, दुर्व्यसन, साइबर क्राइम तथा आत्महत्या न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोगमा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा तथा सामुदायिक सेवा केन्द्र, हेटौंडा–११ र टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–११ को व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको छ । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । प्रमुख अतिथि जुना दाहालले युवावर्गलाई लागूपदार्थ, दुर्व्यसन र साइबर अपराधबाट जोगाउन सामुदायिक तहबाट नै सचेतनामूलक गतिविधिहरू आवश्यक रहेको बताउनुभयो। समाजमा बढ्दो दुर्व्यसन र मानसिक असन्तुलनले…
Read More
हेटौँडा ११ मा किशोर किशोरीलाई आधारभूत स्वास्थ्यबारे सचेतना

हेटौँडा ११ मा किशोर किशोरीलाई आधारभूत स्वास्थ्यबारे सचेतना

हेटौंडा । हेटौंडा ११ नम्बर वडास्थित श्री आनन्द भैरव सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ६–७ र ८ का विद्यार्थीहरुलाई सेनिटरी प्याडको महत्व, प्रयोग र डिस्पोजबारे सचेतना गराईएको छ । विद्यार्थीहरुलाई कस्तो प्याड प्रयोग गर्ने, कस्तो नगर्ने, गलत प्याडको प्रयोगले के समस्या हुन्छ र प्रयोग गरेको प्याड कहाँ फाल्ने लगायतका विविध विषयका बारेमा र अन्य स्वास्थ्य सम्बन्धि विषयहरुमा सिकार्इएको हेटौंडा ११ कि नवलपुर आधारभूत स्वास्थ्य केन्द्र प्रमुख जनस्वास्थ्य निरीक्षक मिना कुमारीले जानकारी दिइन् । विद्यालयका ६० जना विद्यार्थी सहभागी रहेको उक्त एक दिवसीय सचेतना कार्यक्रममा जनस्वास्थ्य निरीक्षक मिना कुमारीले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनाल लगायत शिक्षकशिक्षिका, विद्यार्थीहरुको उपस्थिति…
Read More
हेटौंडामा सरसफाई

हेटौंडामा सरसफाई

हेटौँडा,३१ बैशाख । हेटौंडामा सरसफाइ कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवस र महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फूटप्रिन्ट हटाउने अभियान अन्तरगत हेटौंडामा पनि सरसफाइ कार्यक्रम गरिएको हो । विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीले आयोजना गरेको कार्यक्रम मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । हेटौंडाको हुप्राचौरदेखि शुरु भएको सरसफार्इ, फरेष्ट्री क्याम्पस वरपर, भैरहवरोड, कान्तिलोकपथ, महेन्द्रराजमार्ग लगायत हेटौंडा बजार क्षेत्रको ३ किलोमिटर वरपर सरसफाइ गरिएको मण्डलीका सदस्य नेत्रमणी इटनीले जानकारी दिए । कार्यक्रम पर्शुराम तिम्सिनाको संयोजकत्वमा भएको हो ।
Read More
हेटौंडामा २१८ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण

हेटौंडामा २१८ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण

हेटौंडा । हेटौंडामा गरिएको निशुल्क स्वास्थ्य शिविरमा २१८ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित डाक्टर टोनी हेगन पार्क स्थित एक दिवसीय मुटु रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा मुटुरोगको परिक्षण गरिएको हो । हेटौंडा उपमहानगर पालिका १० नम्बर वडा र नेपाल हृदय रोगनिवार प्रतिष्ठान मकवानपुरको संयुक्त आयोजनामा गरिको स्वास्थ्य शिविरमा मुटुरोगको साथै इसिजी, इको र पिसाबको प्रोटिन टेष्ट, प्रेसर, सुगर लगायतको परिक्षण गरिएको वडा सदस्य गोमा सुनारले जानकारी दिइन् । सुनारका अनुसार मुटुरोग २१८ जना, पिसाबको प्रोटिन टेष्ट २१८ जना, इसिजी १९८, इको १०५, प्रेसर, सुगर टेष्ट २१८ जनाले गराएका थिए । शिविरमा सहिद गङ्गालाल…
Read More
‘राइड हेटौंडा टु सौराहा–२०८२’ सुरु, ५६१ जना साइकलयात्रीको सहभागिता

‘राइड हेटौंडा टु सौराहा–२०८२’ सुरु, ५६१ जना साइकलयात्रीको सहभागिता

हेटौंडा । ‘राइड हेटौंडा टु सौराहा–२०८२’ नामक साइकल यात्रा शुक्रबार बिहानबाट सुरु भएको छ। स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइक्ल सिटी हेटौंडाको मुख्य आयोजनामा कार्यक्रम सुरु गरिएको हो। यात्रामा १४ वर्षभन्दा माथिको उमेर समूहका ५६१ जना साइकलयात्रीले सहभागिता जनाएका छन्। हेटौंडाको बुद्धचोकबाट सुरु भएको यात्रा धार्मिक र पर्यटकीय स्थलको परिक्रमा गर्दै सौराहा पुग्नेछ। साइकलयात्रीहरूले हेटौंडादेखि चितवनसम्मको करिब ७५ किलोमिटर दूरी तय गर्नेछन्। आयोजकका अनुसार कार्यक्रम सञ्चालनका लागि अनुमानित खर्च २४ लाख ४५ हजार रुपैयाँ रहेको छ। कार्यक्रमको उद्घाटन साइक्ल सिटी हेटौंडाका अध्यक्ष लेखनाथ ढकालको सभाध्यक्षता र बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न…
Read More
‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८०’ औपचारिक रूपमा सार्वजनिक

‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८०’ औपचारिक रूपमा सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८०’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शुक्रबार हेटौंडामा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री किरण थापा मगरले संयुक्त रूपमा निर्देशिका सार्वजनिक गर्नुभयो। यो निर्देशिका प्रदेश सरकारको २०८० फागुन ८ गतेको मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भई २०८० चैत्र ८ गते प्रदेश राजपत्रमा प्रकाशित भएको हो। मुख्यमन्त्री लामाले सार्वजनिक कार्यक्रममा बोल्दै सबै तहले नीति निर्माण गर्दा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य सबै मन्त्रालयसँग जोडिएको विषय हो, त्यसैले सबै नीतिहरू स्वास्थ्यमैत्री हुन जरुरी छ।” उहाँले एकल मन्त्रालयबाट मात्र सुधार सम्भव नहुने…
Read More
हेटौंडा अस्पताल जोगाउन नागरिक दबाब, ९ वटा संगठनको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक

हेटौंडा अस्पताल जोगाउन नागरिक दबाब, ९ वटा संगठनको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णयविरुद्ध ९ वटा विभिन्न राजनीतिक र सामाजिक संघसंस्थाहरूले संयुक्त रूपमा विरोध जनाएका छन्। वैशाख १ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले हेटौंडा अस्पताललाई स्वतन्त्र अस्तित्वमा सञ्चालन गर्न माग गरेका छन्। अखिल (समाजवादी) मकवानपुरका अध्यक्ष सुबास सी, समाजवादी विद्यार्थी युनियन मकवानपुरका अध्यक्ष सोम गोले, अनेरास्ववियु मकवानपुरका अध्यक्ष अरुण बर्तौला, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्ध अर्याल, युवा संघ नेपाल मकवानपुरका अध्यक्ष किरणमान बल, युवा संगठन नेपाल मकवानपुरका अध्यक्ष रमेश सी, RAT मकवानपुरका संयोजक महेशकुमार श्रेष्ठ, नेपाल तरुण दल हेउनपा मकवानपुरका उपाध्यक्ष हेमन्त थापा र समाजवादी युवा संघका सचिव ज्ञानबहादुर…
Read More
हेटौंडा अस्पताललाई एकलौटी बनाउन खोजेको भन्दै दलहरूको विरोध

हेटौंडा अस्पताललाई एकलौटी बनाउन खोजेको भन्दै दलहरूको विरोध

हेटौंडा । हेटौंडा अस्पतालको नाम फेरेर बागमती प्रदेश सरकार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल नाम राखेपछी नेकपा एमाले बाहेक अरु दलहरुले यस विषयमा बिमती राख्दै आएका छन् । आइतबार केहि दलका युवाहरूले हेटौंडा अस्पताल पुगेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम हटाएर हेटौंडा अस्पताल लेखिएको ब्यानर टागेर सान्केतिक बिरोध जनाएका थिए । युवाहरूले हेटौंडा अस्पताल साझा भएको र यो कुनै एक पार्टीको मात्र हुन नहुने भन्दै थोरै समय नाराबाजी समेत गरेका थिए । युवाहरुले अस्पतालमा बिरामी उपचार गर्न आउछन् त्यस कारण यो हाम्रो शान्तिपुर्ण साङ्केतिक विरोध हो यसलाई सानो रुपमा नलिन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.