समाचार

मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलको जीत

मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलको जीत

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी विजयी भएका छन्। नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट रेग्मीले ७०६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए। यसअघि लामा नै स्ववियु सभापति रहेका थिए। सचिव पदमा नेविसंघका उत्सव ढुंगाना ७११ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का दिपेश कार्कीले ५४४ मत पाए। त्यसैगरी, कोषाध्यक्ष पदमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत प्राप्त गरे। सदस्यतर्फ पनि गठबन्धनकै उम्मेदवारहरू विजयी भएका छन्। विजयी हुनेमा मनोज घलान, उमेश चौधरी, दिवश…
Read More
बनकरियालाई बासको चिन्ता

बनकरियालाई बासको चिन्ता

हेटौँडा । हेटौंडाको मनहरी गाउँपालिकामा पर्ने हाँडिखोलाको ट्वाङ्ग्राखोला मुसिधापमा बसोबास गर्दै आएका संरक्षित जाति बनकरियाहरुलाई बसोबासको चिन्ताले सताउन थालेको छ । नेपाल सरकारले मुसिधापमा कबुलियत बनको रुपमा २० वर्षको लागि बसोबास गर्न दिएको कागजको सम्झौता विक्रम सम्वत २०८२ साल बैशाखदेखि सकिँदैछ । लोपोन्मुख जाति बनकरियाको मकवानपुर जिल्लाको मनहरी गाउँपालिका स्थित ट्वाङ्ग्राखोला मुसिधापमा २५ घरधुरी छ । मकवानपुर जिल्ला बाहेक नेपालको अरु कुनै पनि जिल्लामा यो जातिको बसोबास नरहेको जानकारहरु दाबी गर्छन् । बनमै बस्ने, बनको कन्दमुल खाएर बाँच्ने बनकरियालाई नेपाल सरकारले संरक्षण गर्नुपर्ने लोपोन्मुख जातिको सुचिमा राखेको छ । शहर वरपरका ऐलानी जग्गाहरुमा हुनेखानेले कब्जा जमाएको र गैर नेपालीले समेत…
Read More
हेटौंडाको सडक किनारमा पर्यटकीय गन्तव्य झल्काउने भित्तेचित्र

हेटौंडाको सडक किनारमा पर्यटकीय गन्तव्य झल्काउने भित्तेचित्र

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरलाई सुन्दर बनाउन थालेको अभियान अन्तर्गत नेपाल ट्रस्टको पर्खालमा भित्तेचित्र कोर्ने कार्य अघि बढाइएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१० को सडक छेउमा रहेका उक्त पर्खालमा उपमहानगर क्षेत्रभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई चित्रकलामार्फत प्रस्तुत गरिंदैछ। नगर प्रमुख मीनाकुमारी लामाले चित्रकलाको अवलोकन गर्दै थप सुधारका लागि सुझावसमेत दिएकी छिन्। पहिलो चरणमा १७ सय स्क्वार फिट क्षेत्रमा १५ वटा चित्र बनाइने योजना छ। नगरको खरिद समितिमार्फत विभिन्न वडाका पर्यटकीय स्थलहरूलाई चित्रमा उतार्ने जिम्मा कलाकारहरूलाई दिइएको छ। यस भित्तेचित्र निर्माणका लागि उपमहानगरपालिकाले ४ लाख ६८ हजार ३५३ रुपैयाँको ठेक्का लगाएर काम अगाडि बढाएको छ। यस अभियानले हेटौंडाको सौन्दर्य अभिवृद्धि गर्दै आन्तरिक तथा…
Read More
बागमती प्रदेशमा स्वास्थ्य प्रणाली सुधार भएको मन्त्री थापाको दाबी

बागमती प्रदेशमा स्वास्थ्य प्रणाली सुधार भएको मन्त्री थापाको दाबी

हेटौंडा । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठी सुरु भएको छ। प्रदेशभरका स्वास्थ्य संस्थाहरूको मूल्यांकन गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति निर्माण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशमा स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सरकारले विशेष काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, "हामीले स्वास्थ्य सेवा सहज, सर्वसुलभ र प्रभावकारी बनाउन प्रतिबद्ध छौं। समिक्षा गोष्ठीहरूले हाम्रो कार्यक्षमताको मूल्यांकन गर्न र आगामी वर्षका लागि ठोस योजना बनाउन मार्गनिर्देशन गर्छ। यस वर्ष स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्रविधि सुधारमा…
Read More
अध्यक्ष मगर र अधिकारीलाई भरतपुरमा सम्मान र बधाई

अध्यक्ष मगर र अधिकारीलाई भरतपुरमा सम्मान र बधाई

भरतपुर । नेपाल पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारीलाई भरतपुर महानगरपालिका मेयर रेणु दाहालले बधाई र शुभकामना दिनुभएको छ । नवनिर्वाचित प्रदेश अध्यक्ष द्वय मगर र अधिकारीलाई आज महानगरपालिकामा आयोजित एक कार्यक्रममा उहाले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका सधै मिडिया मैत्री भएको बताउदै मेयर दाहालले पत्रकारहरुको हकहितका लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । समग्र भरतपुरको विकासमा मिडियाको महत्वपूर्ण भुमिका रहेको स्मरण गर्दै मेयर दाहालले पत्रकार महासघ, प्रेस सेन्टर नेपाल लगायतका सञ्चार संस्थाहरु सङ्ग हातेमालो गर्दै महानगरपालिका अघि बढ्न तयार रहेको पनि…
Read More
नव सर्जकको पहिलो जिल्ला समिति मधेस प्रदेशमा

नव सर्जकको पहिलो जिल्ला समिति मधेस प्रदेशमा

रौतहट । नवसर्जक साहित्य चौतारी नेपालको मधेस प्रदेश समितिको आयोजनामा रौतहटमा पहिलो जिल्ला समिति गठन भएको छ । होली(फागु)को अवसरमा गरिएको यस कार्यक्रममा रचना वाचन तथा फागु गीतसमेत प्रस्तुत गरिएको थियो । राजन गुप्ताको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा रोशनी यादव र श्वेता यादव, सचिवमा नितेश साह, कोषाध्यक्षमा गुड्डी यादव, तथा सदस्यहरूमा मुस्कान सिंह, मनोरमा साह तथा अञ्जना यादव रहेका छन् । कार्यक्रममा वृजकिशोर यादव, सञ्जय साह मित्र, दीपक गौतम, बिन्दा साहनी, रमेशमोहन अधिकारी, रेनु गुप्ता, डी.बी. बर्तौला, राजकुमार लामिछाने, किसुनदयाल यादव, प्रभा पौडेल, रामशरण रिजाल, धनदेव जोशी, हरि जी.सी., सरोजकुमार साह, पोनाहाङ्मा लोबा, स्वस्तिका दाहाल, रोशन गडतौला, प्रविना प्रयासी, प्रतिमा…
Read More
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडा नगरको अधिवेशन सम्पन्न

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडा नगरको अधिवेशन सम्पन्न

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौंडा नगरको अध्यक्षमा प्रकाश प्रसाद देवकोटा चयन भएका छन् । संगठनको शुक्रबार मकवानपुरको हेटौंडामा सम्पन्न नगर अधिवेशनले देवकोटाको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा डेविट श्रेष्ठ, सचिवमा दिक्षान्स खड्का चयन भएका छन् । अधिवेशनले कोषाध्यक्ष भने चयन गरेको छैन । सदस्यहरुमा बिनय थापा, कुस्ण केसी, दिपेश राना मगर, रमेश लामा, किशोर श्रेष्ठ र जित सिं भण्डारी चयन भएका छन् ।
Read More
सरकारी हेटौंडा अस्पताल जोगाउन माग गर्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

सरकारी हेटौंडा अस्पताल जोगाउन माग गर्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

मकवानपुर । सरकारी हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने सरकारी निर्णयको विरोध गर्दै हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानले गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको हो । अभियानका संयोजक विशालराज महतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हेटौंडा अस्पतालको सम्पूर्ण जमिन, भवन, संरचना, उपकरण तथा स्रोतसाधनलाई पूर्ण रूपमा सरकारी स्वामित्वमै राख्नुपर्ने माग गरिएको छ। संविधान र संघीय कानुनअनुसार सरकारी अस्पतालको सम्पत्ति कुनै संस्थामा गाभ्न नमिल्ने भन्दै अभियानले सरकारको निर्णय फिर्ता लिन आग्रह गरेको छ। अभियानले २०८१ फागुन ११ गतेदेखि एक सातासम्म हेटौँडामा नागरिकहरुबाट संकलन गरिएको ४ हजार हस्ताक्षर समर्थनसहित ज्ञापनपत्र बुझाएको उल्लेख गरिएको छ।…
Read More
‘होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक’-प्रदेश प्रमुख देवकोटा

‘होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक’-प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताउनु भएको छ । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्ताे बताउनु भएको हो। ‘हाेलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ । होलीलाई आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रुपमा लिइने उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ । चाडपर्वहरू विशिष्ट मौलिक पहिचानका निरन्तरता भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभएको छ ‘नेपाल सभ्यता र संस्कृतिमा धनी छ, शिष्टता, सद्भाव, मौलिकता र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन…
Read More
गैरसरकारी संस्था महासंघमो केन्द्रीय सचिवमा पूनः बुद्धशरण लामा

गैरसरकारी संस्था महासंघमो केन्द्रीय सचिवमा पूनः बुद्धशरण लामा

मकवानपुर । गैरसरकारी संस्था महासंघ (एनजीओ फेडेरेसन) नेपालको केन्द्रीय सचिवमा मकवानपुरका बुद्धशरण लामा पुनः चयन भएका छन् । महासंघको काठमाडौंमा भएको ११ औं राष्ट्रिय महाधिवेशनबाट उनलाई बागमती प्रदेशबाट दोस्रो पटक सचिव पदको जिम्मेवारी दिएको हो । गैरसरकारी संस्था महासंघको निवर्तमान केन्द्रीय सचिव एवं पूर्व केन्द्रीय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज रहेका लामा गैरसरकारी संस्था महासंघ मकवानपुरको पूर्व अध्यक्ष समेत हुन् । केन्द्रीय सचिवमा पुनः चयन भएपछि लामाले सहयोग एवं समझदारीको लागि सबै केन्द्रीय कार्यसमिति र प्रतिनिधि सदस्यहरुलाई फेसबुकमार्फत् धन्यवाद व्यक्त गरेका छन् । ‘गैसस महासंघ नेपालको केन्द्रीय कार्यसमितिको ३० औं साधारणसभा तथा ११ औं महाधिवेसनबाट मलाई केन्द्रीय सचिवमा पुनः निर्वाचित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.