समाचार

बागमती प्रदेशमा मानव अधिकारको अवस्था चुनौतीपूर्ण : राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन सार्वजनिक

बागमती प्रदेशमा मानव अधिकारको अवस्था चुनौतीपूर्ण : राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन सार्वजनिक

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित कार्य प्रगतिसम्बन्धी वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई बिहीबार हस्तान्तरण गरेको छ। नेपालको संविधानको धारा २९४ अनुसार संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार प्रदेशस्तरीय प्रतिवेदन प्रदेश प्रमुख समक्ष बुझाउने प्रावधान अनुरूप प्रतिवेदन पेश गरिएको हो। प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले मानव अधिकारका सवालमा प्रदेश सरकार तथा सम्बन्धित निकायहरू संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो। साथै, संवैधानिक निकायहरूलाई नीति सुझाव दिने कार्यमा समेत अग्रसर हुन आग्रह गर्नुभयो। मानव अधिकार हननका २२ उजुरी, ५२७ पुराना मुद्दा थन्किएका बागमती प्रदेश कार्यालयका प्रमुख उपसचिव…
Read More
एकीकृत (समाजवादी) मकवानपुरको आयोजनामा  पुष्पलाल स्मृति  विचार गोष्ठी सम्पन्न

एकीकृत (समाजवादी) मकवानपुरको आयोजनामा पुष्पलाल स्मृति विचार गोष्ठी सम्पन्न

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा बिचार गोष्ठी गरिएको छ । नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी मकवानपुरको आयोजनामा बिचार गोष्ठी गरिएको हो । हेटौंडा ४ नम्बर वडा स्थित शितलमहल चोक नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी मकवानपुरको कार्यालयमा बुधबार भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य घन प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य घन प्रसाद गौतमले जनताले काम गर्ने नेता खोजेको बताए । 'भाषण गर्ने नेता नेपालमा धेरै छन् तर काम गर्ने नेतालाइ आम जनताले मन पराउछ्न्' गौतमले भने । 'भष्टाचार…
Read More
शिवम् सिमेन्ट उद्योगमा चोरी गर्ने तीन जना पक्राउ

शिवम् सिमेन्ट उद्योगमा चोरी गर्ने तीन जना पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योगभित्र चोरी गरेको आरोपमा तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२ साउन ३ गते उद्योगको मेकानिकल वर्कशपभित्र रहेको क्रसरको सापटको बुस (पितलको) लगायतका सामाग्री चोरी भएको उजुरी प्राप्त भएपछि अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न तीन जनालाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सर्लाहीको बसबढिया गाउँपालिका–३ निवासी २५ वर्षीय सुनिल कुमार यादव, रौतहटको गरुडा नगरपालिका–५ निवासी २५ वर्षीय पवन यादव र २१ वर्षीय रितेश कुमार यादव रहेका छन्। उनीहरूलाई हेटौँडा उपमहानगरपालिका–१५ स्थित सडकबाट साउन ५ र ६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि…
Read More
हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयको १९औं अभिभावक भेला सम्पन्न

हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयको १९औं अभिभावक भेला सम्पन्न

हेटौंडा । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को १९औं अभिभावक भेला सोमबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षतामा सम्पन्न उक्त भेलामा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी प्रमुख अतिथि रहनुभएको थियो। भेलालाई सम्बोधन गर्दै मन्त्री खड्गीले विद्यालय तहमै पूर्वव्यावसायिक शिक्षा तथा नैतिक शिक्षालाई अनिवार्य रूपमा समावेश गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्तो शिक्षाले विद्यार्थीको व्यवहार, ज्ञान र भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ललन कुमार पाण्डेले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको आगामी योजना र कार्यक्रमहरूबारे जानकारी दिनुभयो। सोही अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक रमेश प्रसाद…
Read More
समाजवादी मकवानपुरले  कम्युनिष्ट नेता पुष्पलालकाे स्मृतिमा  ‍विचार गोष्ठी गर्ने

समाजवादी मकवानपुरले कम्युनिष्ट नेता पुष्पलालकाे स्मृतिमा ‍विचार गोष्ठी गर्ने

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा विचार गोष्ठी गरिने भएको छ । नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी मकवानपुरको आयोजनामा विचार गोष्ठी हुने जनाइएको छ । हेटौंडा ४ नम्बर वडास्थित शितलमहल चोक नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी मकवानपुरको कार्यालयमा बुधबार साउन ७ गते दिनको १: ०० बजे कार्यक्रम हुने पार्टी सचीव किशोर बर्तौलाले जानकारी दिए । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य घन प्रसाद गौतमको प्रमुख आतिथ्यता रहने र पार्टीका केन्द्रिय नेता प्रदेश नेता, जिल्ला तथा नगर, वडाका पदाधिकारीहरुको पनि उपस्तिथि रहने जनाइएको छ ।
Read More
गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

हेटौंडा । मकवानपुरका युवा गायक जनक लामाको नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक भएको छ। सांगीतिक क्षेत्रमा सक्रिय गायक लामाले आफ्नो आधिकारिक युट्युब च्यानल ‘जनक लामा’ मार्फत गीतको अडियो संस्करण सार्वजनिक गरेका हुन्। कान्छी माया थोकरसँगको युगल स्वरमा सजिएको यो गीतमा प्रेमिल भावना र लोकशैलीको समिश्रण गरिएको छ। गीतका शब्द सुशिल तामाङले लेखेका छन् भने संगीत संयोजन चेतन लामाले गरेका हुन्। गीतलाई जोगलाल लामाले एरेन्ज गरेका छन्। ‘म्हारला व्यापारी’ को मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन् भने रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो। यसअघि प्रकाशित गीतहरूबाट राम्रै चर्चा बटुलेका गायक लामाले यो गीतमार्फत आफ्नो सांगीतिक यात्रा अझ सशक्त बनाउने…
Read More
नेपाल प्रेस युनियन मकवानपुरले कक्षा १२ उत्तीर्णलाई मात्र नयाँ सदस्यता दिने

नेपाल प्रेस युनियन मकवानपुरले कक्षा १२ उत्तीर्णलाई मात्र नयाँ सदस्यता दिने

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले संगठन सुदृढीकरण र सञ्चारकर्मीको संस्थागत सहभागिता विस्तार गर्ने उद्देश्यसहित १०० दिने विशेष सदस्यता अभियान सुरु गर्ने भएको छ। साउन ४ गते काठमाडौँमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार, अभियान सञ्चालन गरिने मकवानपुर शाखाले जनाएको छ। उक्त निर्णयअनुसार, कक्षा १२ उत्तीर्ण गरेका क्रियाशील सञ्चारकर्मीहरूलाई मात्र नयाँ सदस्यता प्रदान गरिने प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले जानकारी दिएका छन्। यस अभियानलाई प्रभावकारी बनाउन मकवानपुर शाखाले सोमबार हेटौंडामा सम्पन्न कार्यसमिति बैठकबाट विभिन्न निर्णयहरू गरेको छ। सो बैठकले जिल्ला उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा सञ्चारकर्मीलाई युनियनमा आवद्ध गराउने उद्देश्यले ‘पत्रकारसँग युनियन’ अभियानसमेत सञ्चालन गर्ने निर्णय लिएको छ। कार्यक्रम अन्तर्गत…
Read More
हेटौँडामा “स्वर समर्पण” जनसाँस्कृतिक साँझको तयारी तीव्र, २७ सदस्यीय स्वयम्सेवक उपसमिति गठन

हेटौँडामा “स्वर समर्पण” जनसाँस्कृतिक साँझको तयारी तीव्र, २७ सदस्यीय स्वयम्सेवक उपसमिति गठन

हेटौंडा । नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको व्यवस्थापनमा यही साउन ७ गते हेटौंडामा आयोजना हुने जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को तयारी तीव्र पारिएको छ। कार्यक्रमलाई सफल बनाउन पार्टी जिल्ला स्वयंसेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्यीय स्वयंसेवक व्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएको छ। उपसमितिमा स्वयंसेवक विभागबाट ७ जना र एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुई/दुई जना गरी २७ जना चयन गरिएका हुन्। संयुक्त बैठकले सुरेश बेरोजगारलाई कार्यक्रम अवधिभर स्वयम्सेवक परिचालनको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। कार्यक्रममा सहभागीलाई समुचित व्यवस्थापन, अनुशासन र सहयोग सुनिश्चित गर्न उपसमिति सक्रिय रुपमा जुट्ने जनाएको छ।…
Read More
हेटौंडा उपमहानगर र वडाको काम जिल्ला प्रशासनको हाताबाट सम्पन्न

हेटौंडा उपमहानगर र वडाको काम जिल्ला प्रशासनको हाताबाट सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका सहित वडाको काम जिल्ला प्रशासन कार्यालय मकवानपुर परिसरबाट उपमेयर राजेश बानिया र वडाध्यक्षहरुले सेवा ग्राहीलाइ प्रदान गरेका छन् । गत असार ४ गते वडाध्यक्ष तथा उपमहानगर पालिकाका प्रवक्ता सबिन न्यौपाने माथी कार्यक्षमै केही आक्रमणकारीले कालो छ्याप्नुका साथै भौतिक आक्रमण गरेका थिए । आक्रमणकारीहरुलाइ एक महिना सम्मपनी कार्वाहीको दायरामा ल्याउन नसकेको भन्दै वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको साङ्केतिक बिरोध जनाउदै वडाको काम प्रशासन कार्यालयको हाताभित्र टेबुल राखेर गरेका थिए । यसैक्रममा उपमहानगर पालिकाले पनि आन्दोलनमा एक्यवद्धता जनाउँदै उपमहानगरको काम पनि उपमेयर राजेश बानियाँले जिल्ला प्रशासन कार्यालयको हाताभित्र बाटै गरिदिएका थिए । जिल्ला प्रहरी कार्यालयका…
Read More
पुष्पलालको स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण – जनसाङ्गीतिक साँझ’ कार्यक्रम हुने

पुष्पलालको स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण – जनसाङ्गीतिक साँझ’ कार्यक्रम हुने

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा हेटौंडामा 'स्वर समर्पण – जनसाङ्गीतिक साँझ' कार्यक्रम आयोजना हुने भएको छ। नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ मकवानपुरको व्यवस्थापनमा यो कार्यक्रम आउँदो साउन ७ गते हुने तय भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा १४ वटा जनवादी गीतहरूको प्रस्तुति दिइने जनाइएको छ। साथै अनेरास्ववियु लगायत अन्य विभिन्न जनसंगठनहरूले पनि सांस्कृतिक प्रस्तुति दिनेछन्। जनसंगठन समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलका अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनले संयन्त्रबारे जानकारी दिँदै भने,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.