हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा विचार गोष्ठी गरिने भएको छ । नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी मकवानपुरको आयोजनामा विचार गोष्ठी हुने जनाइएको छ ।
हेटौंडा ४ नम्बर वडास्थित शितलमहल चोक नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी मकवानपुरको कार्यालयमा बुधबार साउन ७ गते दिनको १: ०० बजे कार्यक्रम हुने पार्टी सचीव किशोर बर्तौलाले जानकारी दिए । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य घन प्रसाद गौतमको प्रमुख आतिथ्यता रहने र पार्टीका केन्द्रिय नेता प्रदेश नेता, जिल्ला तथा नगर, वडाका पदाधिकारीहरुको पनि उपस्तिथि रहने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्



























