Day: २०८२ श्रावण ६, मंगलवार २०:२७ गते

हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयको १९औं अभिभावक भेला सम्पन्न

हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयको १९औं अभिभावक भेला सम्पन्न

हेटौंडा । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को १९औं अभिभावक भेला सोमबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षतामा सम्पन्न उक्त भेलामा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी प्रमुख अतिथि रहनुभएको थियो। भेलालाई सम्बोधन गर्दै मन्त्री खड्गीले विद्यालय तहमै पूर्वव्यावसायिक शिक्षा तथा नैतिक शिक्षालाई अनिवार्य रूपमा समावेश गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्तो शिक्षाले विद्यार्थीको व्यवहार, ज्ञान र भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ललन कुमार पाण्डेले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको आगामी योजना र कार्यक्रमहरूबारे जानकारी दिनुभयो। सोही अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक रमेश प्रसाद…
Read More
समाजवादी मकवानपुरले  कम्युनिष्ट नेता पुष्पलालकाे स्मृतिमा  ‍विचार गोष्ठी गर्ने

समाजवादी मकवानपुरले कम्युनिष्ट नेता पुष्पलालकाे स्मृतिमा ‍विचार गोष्ठी गर्ने

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा विचार गोष्ठी गरिने भएको छ । नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी मकवानपुरको आयोजनामा विचार गोष्ठी हुने जनाइएको छ । हेटौंडा ४ नम्बर वडास्थित शितलमहल चोक नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी मकवानपुरको कार्यालयमा बुधबार साउन ७ गते दिनको १: ०० बजे कार्यक्रम हुने पार्टी सचीव किशोर बर्तौलाले जानकारी दिए । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य घन प्रसाद गौतमको प्रमुख आतिथ्यता रहने र पार्टीका केन्द्रिय नेता प्रदेश नेता, जिल्ला तथा नगर, वडाका पदाधिकारीहरुको पनि उपस्तिथि रहने जनाइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.