समाचार

मकवानपुरगढीका ३ वडामा नमूना कृषि उत्पादनको अनुगमन

मकवानपुरगढीका ३ वडामा नमूना कृषि उत्पादनको अनुगमन

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका ३ वटा वडाहरुमा नमूना कृषि उत्पादनको अनुगमन गरिएको छ । युएनडिपि र विश्व वातावरण कोषको आर्थिक सहयोगमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २,३ र ४ का किसानहरुको जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत नमुना उत्पादनको अनुगमन गरिएको हो । अनुगमनमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिनसहितको टोली सहभागी भएको थियो । कार्यक्रमले उदेश्य अनुरुप सफलता हासिल गरेको र धेरै हदसम्म किसानहरुको आर्थिक जिवनमा सुधार आएको उपाध्यक्ष मानकुमारी पाख्रिनले जानकारी दिएकी छिन् । युएनडिपी र विश्व वातावरण कोषको आर्थिक सहयोगमा मकवानपुरगढीका ३ वडाहरुमा जुलाई २०२३ देखि डिसेम्बर २०२४ सम्मका लागि नमूना उत्पादन सुरु गरिएको हो । परियोजनाबाट…
Read More
हेटौँडामा बाल यौन दुर्व्यवहार विरुद्ध प्रदर्शनी

हेटौँडामा बाल यौन दुर्व्यवहार विरुद्ध प्रदर्शनी

मकवानपुर । पछिल्लो समय बालबालिका माथि यौन दुर्व्यवहार बढेकोमा जिल्लाका बालबालिकाहरुले प्रर्दशनी थालेका छन् । अन्तरदृष्टि नेपाल मकवानपुर शाखाको संयोजनमा बालबालिकाहरुले आइतबारबाट नागरपालिका रोडमा प्रदर्शनी गरेका हुन् । ‘यौन दुव्र्यवहार एक सामाजिक अपराध हो’ जस्ता नारा लेखिएको प्ले कार्ड लिएर उनीहरुले यस्तो व्यवहारको विरोध गरेका हुन् । संस्थाले आइतबारबाट साताव्यापि कार्यक्रम थालनी गरेको बताइएको छ । देशभरका शाखाबाट विरोध कार्यक्रम थालिएको अन्तरदृष्टि नेपाल मकवानपुर अध्यक्ष कल्पना शर्माले बताइन् । एक सातासम्म विभिन्न स्कुलहरुमा पनि सचेतनाको लागि यस्तो विरोध कार्यक्रम गर्ने उनले बताइन् । परिवार भित्रैबाट यस्ता व्यवहारको अन्त्य हुनेपर्ने सहभागी बालिकाहरुले बताए । महिला तथा बालिकाहरुलाई परिवार भित्र नै सुरक्षित…
Read More
हेटौँडामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभात फेरी

हेटौँडामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभात फेरी

मकवानपुर । हेटौँडामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभात फेरी कार्यक्रम गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औँ राष्ट्रिय दिवसका अवसरमा बिहीबार प्रभात फेरी कार्यक्रम गरिएको हो । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको प्रभातफेरीमा बागमती प्रदेश सामाजिक विकास मन्त्री हरी प्रभा खड्गी श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतको सहभागिता रहेको थियो ।
Read More
तडकभडक र खर्चिलो तीज नमनाउन अर्थमन्त्री काफ्लेको आग्रह

तडकभडक र खर्चिलो तीज नमनाउन अर्थमन्त्री काफ्लेको आग्रह

मकवानपुर । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन मन्त्रालयका महिला कर्मचारीहरुलाई आग्रह गरेका छन् । हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा महिला कर्मचारीहरुलाई लक्षित गर्दै मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री काफ्लेले अनुशासित ढंगले पर्व मनाउन आग्रह गरेका हुन् । ‘विगतको तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, मन्त्री काफ्लेले भने, ‘हाम्रो परम्परा जोगाउने हामीले नै हो । त्यसैले अर्थ मन्त्रालयको कर्मचारीले देशमा देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै अनुशासित र तडकभडक बिना तिज मनाउँदा सर्वसाधारणमा राम्रो सन्देश जान्छ ।’ कार्यक्रममा…
Read More
सिमलटारमा बिजुली घट्ट संचालन

सिमलटारमा बिजुली घट्ट संचालन

मकवानपुर । मकै, कोदो, फापर लगायतका अन्न पिनेर पिठो, मैदा बनाउन गाउँ घरको पानीबाट चल्ने घट्टमा पुर्याउने चलन थियो । खोलाको बगरमा त्यस्ता घट्टहरु कुलोको पानीले चल्थ्यो । जब विकासले फड्को मार्यो तब गाउँ शहरमा बद्लिन थाल्यो । बाटो, पानी, बत्तीको सुबिधा भएसङसङ्गै इलेक्ट्रोनिक राइस मिल, पिठो पिन्ने मिल आविस्कार भएर बजारमा आउन थालेपछी घट्टहरु विस्थापित हुन पुगे तर घट्टमा पिसाएको मकै, कोदो, फापरका पिठोका परिकारहरु पुराना मानिसहरुको जनजिब्रोमा त्यसका स्वादहरु बसिरहेकै छ । यस्तै हेटौंडा ११ सिमलटार निवासी विकास तितुङ्ग लामा बिजुलीबाट घट्ट चल्छकी चल्दैन भनेर अनुसन्धानमा निस्के । उनले खोजी गर्दा मकवानपुर जिल्लामा २०–२५ वटा बिजुलीबाट चल्ने घट्ट…
Read More
बागमती प्रदेश प्रमुख तथा मकवानपुरे संचारकर्मीबिच भेटघाट

बागमती प्रदेश प्रमुख तथा मकवानपुरे संचारकर्मीबिच भेटघाट

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले हेटौंडाका संचारकर्मीहरुसँग आइतबार आनौपचारिक भेटघाट गरेका छन् । प्रदेश प्रमुखको कार्यालय हेटौंडाको सभाहलमा उनले पत्रकारहरुसँग भेटी परिचय आदानप्रदान गरेका हुन् । राजनीति विषयवस्तुको कुराकानी भन्दा पनि चिनाजानी गर्ने र हेटौंडामा आफू नयाँ भएकोले यहाँका सबल पक्ष, सुधारका पक्ष बारे जान्ने मनसायले भेटघाट कार्यक्रम राखिएको प्रमुख देवकोटाको भनाइ थियोे । राजनैतिक विषयमा त्यति बोल्न नचाहेका देवकोटाले पत्रकारहरुबाट प्राप्त रचनात्मक सल्लाह, सुझावको अपेक्षा राख्दै त्यसलाई मार्ग निर्देशनको रुपमा ग्रहण गरेर अघि बढ्ने बताए । कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका कार्यालय सचिव, प्रमुखका प्रमुख स्वकीय सचिव, प्रेस संयोजक लगायत पत्रकारहरुको उपस्थिति रहेको थियोे ।
Read More
तिज भड्किलो भएकोमा समाजवादीको चिन्ता

तिज भड्किलो भएकोमा समाजवादीको चिन्ता

मकवानपुर । नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तिज भड्किलो भएकोमा एकीकृत समाजवादीका नेताहरुले चिन्ता व्यक्त गरेका छन् । अखिल नेपाल महिला संघ जिल्ला तथा नगर कमिटीको संयुक्त आयोजनामा हेटौंडामा गरिएको तिज शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेताहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । अरुको देखासिखी गर्ने, अश्लिल गितहरुमा नाच्ने, अर्धनग्न हुनेगरी पोशाक लगाउने, अचाक्ली मदिरा सेवन गर्ने जस्ता गतिविधिले गर्दा तिजको गरिमा गिराएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले तिज दिदीबहिनीहरुको दुःखसुख , मनको बह पोख्ने पर्व भएको बताउँदै यसलाई भड्किलो बनाउन नहुने बताउनुभयो । तिजको शुभकामना दिँदै उहाँले…
Read More
हेटौँडा १६ मा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

हेटौँडा १६ मा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा महिला हिंसा विरुद्ध सचेतनामुलक तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण समुहले हरीतालिका तिजको पुर्व सन्ध्यामा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानिया र वडा अध्यक्ष रामकृष्ण कोईराला लगायतको आतिथ्यता रहेको थियो ।
Read More

चुरियामाईबाट गाँजासहित २ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-४ बस्ने २१ वर्षीय सुसिल बल र ३२ वर्षीय हिमाल ब्लोन रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१४ च ३८५५ नम्बरको बोलेरो जिपलाई जाँच गर्ने क्रममा बर्नटमा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको हो । लागुऔँषध फेला परेपछि बलेरो चालक सुसिल र बोलेरोमा सवार हिमाललाई पक्राउ गरेको हो ।
Read More
श्रम मन्त्री र सचिवबिच १७ बुँदे कार्यसम्पादन करार सम्झौता

श्रम मन्त्री र सचिवबिच १७ बुँदे कार्यसम्पादन करार सम्झौता

मकवानपुर । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र सोही मन्त्रालयका सचिव बलराम निरौला बीच कार्यसम्पादन सम्झौता भएको छ । बुधबार मन्त्रालयमा मन्त्री महर्जन र सचिव निरौला बीचमा बागमती प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०८० अनुसार कार्यसम्पादन सम्झौता गरिएको हो । मन्त्रालयको कार्यक्षेत्रको आधारमा चालु आर्थिक बर्ष २०८१–०८२ को बार्षीक स्वीकृत कार्यक्रमहरुको कार्यसम्पादन थप प्रभावकारी, नतिजामुलक तथा नागरिकमैत्री बनाउन प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ र नियमावलि, २०७७ को नियम ९९१० बमोजिम करार सम्झौता गरिएको मन्त्री महर्जनले जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट हुने कामहरुलाई पारदर्शी र नतिजामुखी बनाउने उदेश्यका साथ कार्यसम्पादन करार सम्झौता गरिएको हो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.